उपाय सिटी कार्गाेले काठमाडौंमा सुरु गर्याे  बाइकमा कार्गो ढुवानी सेवा

काठमाडौं । डिजिटल कार्गो सेवा प्रदायक ’उपाय सिटी कार्गो’ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष बोकेको उपाय सिटीकार्गोले दुई पाङ्ग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरूको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने बताइएको छ। ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ बिषयमा अन्तरक्रिया गर्दै सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरूमा लैङ्गिक समानताका साथै वातावरणीय सचेत रही अघि बढ्ने बताए। सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले २ हजार ड्राइभर÷दुई पाङ्ग्रे राइडर साझेदारहरूलाई डिजिटल साक्षरता, ई–बैंकिंग र ग्राहक सेवाहरूमा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने बताइएको छ। विद्युतिय सवारीको प्रयोग र दिगो कुलिङ अन्वेषण गर्दै पर्यावरण–मैत्री कम्पनीको रूपमा देखा पर्ने रायमाझी बताउँछन् । उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर/दुई पाङ्ग्रे राइडर–साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको बताइएको छ । भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेबसाइट मार्फत आवस्यक चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन्। सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिन्छ । उपाय सिटीकार्गो इंट्रासिटीको लागि एक अनलाइन बजार हो जहाँ व्यक्ति र व्यवसायलाई यसको पिकअप ड्राइभर पार्टनरहरूको साथसाथै दुई पाङ्ग्रे राइडर पार्टनरहरूसँग जोड्दछ र नेपालको विभिन्न शहरहरूमा साना र थोक सामानहरूको छिटो र सजिलो ढुवानी सेवा प्रदान गर्दछ। उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर र दुई पाङ्ग्रे राइडर(साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको छ।

चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम, चार्डपर्व लक्षित छुट योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेशको चितवनको मिलनचोकमा आफ्नो डिलर विस्तार गरेको छ । नेटवर्क–बतास ब्रदर्स प्रा लि को नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको हो । महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरूसहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त सो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले संयुक्त रुपमा सोरुमको उद्धघाटन गरेका हुन । कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ । सो घोषणा अनुसार एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार रहेको छ । चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको उक्त योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गते (नोभेम्बर २०२१) सम्म ३ महिनाको लागि लागू हुनेछ । कम्पनीले चितवन क्षेत्रमा नयाँ महिन्द्रा ट्रयाक्टर शोरूम र सर्भिस सेन्टरको स्थापनाले आगामी दिनहरूमा ग्राहक र कम्पनी बीचको विश्वासलाई अझ बलियो बनाउन तथा हालका एवं नयाँ उद्यमी र कृषकहरूलाई लाभान्वित हुने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

हिरो मोटरको दशैं मेला अफर, ६ हजार डिस्काउन्टदेखि लक्की ड्र मार्फत १ लाख उपहार

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली दशै अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना सार्वजकि गरेको हो । सो योजना अन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख तथा बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउनेछन् । साथै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराएको छ ।