टिभिएस अपाचे आरटिआर २०० फोरभि सार्वजनिक गर्दै जगदम्बा मोटर्स
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटिआर २०० फोरभि मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले भोली ९भदौ २४ गते० फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न डिजिटल माध्यमबाट उक्त बाइक सार्वजनिक गर्न लागेको हो । टिभिएस् अपाचे आरटिआर २०० विथ फर्स्ट इन् क्लास राइडिङ्ग मोड्समा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ । यसैगरी यस मोटरसाइकलको अर्को राम्रो पक्ष भनेको आरटिएफआइ टेक्नोलोजी युक्त बिएसभिआइ कम्पलियान्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त बिएस(भिआइ कम्पलियान्ट इन्जिन अरु कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ। यसले टिभिएसको रेसिंग डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ । यसैगरि यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पुरै ग्राफिक्स रेसिंगलाई नै आधार मानेर डिजाइन गरिएको छ । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
मोटरहेड मोटरसाइकलको अफर: बाइक किन्दा १२ हजारदेखि ३ जनालाई १ लाखसम्म नगद छुट
काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ । भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइनेछ । त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गरिने कम्पनीको भनाइ छ । कम्पनीको सो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ । कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ । भाद्र महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशै अगावै राजमार्गका अति व्यस्ता दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।
हुन्डाई फेस्टीभ अफर: हरेक गाडीकाे खरिदमा भारी छुट
काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहिबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ ल्याएकाे छ । हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाईले उत्कृष्ट डिजाइनका कारका साथ ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ ।