काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ ।
भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइनेछ ।
त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गरिने कम्पनीको भनाइ छ । कम्पनीको सो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ ।
कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ ।
भाद्र महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशै अगावै राजमार्गका अति व्यस्ता दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।