असाेज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ गर्दा जित्नुहाेस् उपहार

काठमाडाैं । निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतिय बाहन ’निसान लिफ’ अब काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक विक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफ को टेस्ट ड्राइभको लागि यहि भदाै २८ गते देखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गइरहेको छ । यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गतेसम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ । नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ । निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए।बी।यस , इ।बी।डी तथा बी।ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीले जानकारी दिएको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेण्टी प्रदान गरिरहेको छ । निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमि सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ । त्यस्तै गरी निसान लिफ ० देखि १०० किमि/घण्टा ७.५ सेकेन्ड मा जान सक्छ र यसको अधिकतम गति १४० कि मि/घण्टा रहेकाे छ । नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ ५९.९९ लाखमा उपलब्ध गराइरहेकोे छ ।

मोटरसाइकल किन्नेलाई धक्का, मूल्य बढ्ने

काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेसँगै अब दुई पाँग्रे सवारी साधनहरुको मूल्य पनि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएसँगै अब मोटरसाइकलको मूल्य पनि बढ्ने भएको हो । यसले अब नयाँ मोटर साइकल खरिद गर्नेहरुलाई बढी आर्थिक भार पर्ने देखिएको छ । सरकारले यो निर्णयले नयाँ मोटरसाइकल खरिद गर्न चाहनेका लागि मर्का परेको छ । सरकारले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुलक वृद्धि गरेको छ । यसअघि यस्तो मोटरसाइकलमा लागि ४० प्रतिशत मात्रै कर अन्तःशुल्क लाखग्थ्यो । अब ५० प्रतिशत लाग्ने भएको छ । २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । यसअघि यस्तो बाइकमा ५० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, ५ सयदेखी ८ सय सीसी क्षमतासम्मका मोटरसाइकलको अन्तःशुल्कमा २० प्रतिशतको वृद्धि गरेको हो । यसअघि ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ । विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले अहिले दशैं तिहार अफरमा विभिन्न किसिमका छुटका अफरहरु ल्याएका छन् । उनीहरुले अब मूल्य बढाएर अफरहरु सार्वजनिक गर्नेछन् । सरकारले कर बढाएपछि व्यवसायीहरुले पनि स्वतः वस्तुको मूल्य बढाउने भएकोले पनि मोटरसाइकलको मूल्य बढ्ने देखिएको हो । धेरै मानिसहरुको चाडपर्वको समयमा विशेष छुटमा गाडी वा मोटरसाइकल खरिद गर्ने चाहना हुन्छ । यही समयमा सरकारले अन्त:शुल्क बढाएर नयाँ मोटसाइकल खरिद गर्न चाहना हुनेहरुलाई थप आर्थिक भार व्यहोर्न बाध्य बनाएको छ ।

नेपालमै पहिलाेपटक महिन्द्राकाे सेकेण्ड ह्याण्ड गाडीकाे शाेरुम संचालन

काठमाडाैं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूम संचालनमा ल्याएकाे छ । कम्पनीले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ उक्त शाेरुमकाे उद्घाटन गरी संचालनमा ल्याएकाे हाे । कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको जानकारी दिएकाे छ । नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । याेसँगैं अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् । अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने कम्पनीले जानकारी दिएकाे छ । ‘आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय छन् तर यो नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं,’ अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले भने । शाेरुमबाट ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्न वैधले जानकारी दिए ।