यस्तो छ ६ करोडभन्दा बढी पर्ने औडीको विद्युतीय कार
काठमाडौं । भारतीय कम्पनी औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी गाडी सार्वजनिक गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार सो गाडी अहिलेसम्मकै सबैभन्दा बढी सुविधा तथा लक्जरी हुने गाडीमध्येमा पर्छ । सो गाडी पूर्ण रुपमा विद्युतीय भएको र इ–ट्रोन जिटी सबैभन्दा शक्तिशाली विद्युतीय कार भएको बुझिएको छ । बुधबार सार्वजनिक विद्युतीय इ–ट्रोन जिटी निकै आरामदायी गाडी हो जुन लक्जरी कारमध्ये पर्छ । नयाँ इ–ट्रोन जिटी ९३ किलोवाट प्रति घण्टाको लिथियम आयन ब्याट्री प्याकबाट चल्ने बताइएको छ । यसको इ–ट्रोन जिटी क्वाट्रो बुस्ट मोडमा हुँदा गाडीले अधिकतम ५३० एचपी पावर उत्पादन गर्छ । गाडी शून्यदेखि सय किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाउन जम्मा ४.१ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी एक पटकको पूरा चार्जमा ३८८ किलोमिटरदेखि ५ सय किलोमिटरसम्मको माइलेज दिन्छ । गाडीमा २० इन्चको अलोय ह्विल हुनेछ । सो कारको २२ मिनेट चर्चा गर्दा ८० प्रतिशतसम्म हुन्छ । २२ मिनेटको चार्जले ४ सय किमिसम्म गाडी कुद्ने कम्पनीको भनाई छ । कम्पनीले एलईडी टेल लाइट्स, १२.३ इञ्चको भच्र्युअल ककपिट, १०.१ इञ्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार प्रविधि, अटोमेटिक एसी, क्लाइमेट कन्ट्रोल सिस्टम लगायका विशेषता रहेको उल्लेख गरेको छ । यसका साथै कारमा दुईटा ड्राभिङ मोड्स (एउटा इको र अर्को डाइनामिक) रहेको बताइएको छ । यो कार ९ वटा रङमा उपलब्ध रहेको बताइएको छ । सेतो, निलो, खैरो, कालो, रातो लगायतका ९ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इ–ट्रोन जिटीको मूल्य २ करोड ५ लाख भारतीय रुपैयाँ पर्ने जनाएको छ । नेपालमा भने सो गाडीको मूल्य तीन गुणासम्म पर्न सक्छ । हाल विद्युतीय गाडी नेपालमा भित्र्याउन ७० प्रतिशत भन्सार महसुल लाग्छ । भारतीय २ करोड ५० लाख रुपैयाँको नेपाली रुपैयाँ ३ करोड २८ लाख रुपैयाँ पर्न जान्छ । ३ लाख २८ लाख रुपैयाँको ७० प्रतिशत भन्सार महसुल २ करोड २९ लाख रुपैयाँ पर्न सक्छ । भन्सार महसुल र भारतीय रुपैयाँ जोड्दा नेपाली रुपैयाँ कुल ५ करोड ५७ लाख ६० हजार रुपैयाँ हुन जान्छ । व्यवसायीले भारतबाट यो कार आयात गर्दा विभिन्न शुल्क तथा नाफा जोडेर यो कारको मूल्य ६ करोड रुपैयाँ बराबर पर्न सक्छ ।
अशोक लेलैण्डकाे अफर: सुन, बुलेट बाइकेदेखि युराेप टुरसम्म जित्न सकिने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । यस याेजना अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् । चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार याे योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् । अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा ग्राहकले १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी जित्न सक्नेछन् । यस्तै ग्राहकहरुले प्रत्येक आइसिभी हलऐ, एमसिभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टिभिएस एनटोर्क स्कुटर जित्न सक्नेछन् भने माथि उल्लेखित गाडीहरु मध्ये आइसिभी हलऐज, एमसिभी टिपर वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी जित्न सक्नेछन् । साथसाथै कुनै पनि एचसिभी साथै आइसिभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टिभिएस एनटोर्क स्कुटर जित्न सकिनेछ । त्यस्तै गरी दुई वटा एचसिभी र आइसिभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी बुलेट बाइक पनि जित्न सक्नेछन् । एचसिभी तथा आइसिभी टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ । यो योजना अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुनेछ ।
वाग्मती प्रदेशको सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडाैं । वाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो । यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नविकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सक्नेछन् ।