विदेशी निर्माण व्यवसायीसँग प्रतिस्पर्धा गर्ने स्तरमा पुगिसक्यौंः आचार्य
लुना कन्स्ट्रक्सनका कम्पनी प्रवन्धक अंशुल आचार्य सात वर्षदेखि निर्माण व्यवसायीका रूपमा परिचित छन् । परिवार नै निर्माण व्यवसायमा संलग्न रहेकाले यस क्षेत्रमा लागेको बताउने आचार्यले एमबीए गरेका छन् । निर्माण क्षेत्रका विविध गतिविधिबारे आचार्यसँग गरिएको कुराकानीः के कुराले तपाईं निर्माण व्यवसायतिर लाग्नुभएको हो ? बाल मस्तिष्कमा पाइलट, डाक्टर बन्ने सोच भए पनि घरका सदस्य निर्माण व्यवसायमा आबद्ध रहेकाले यतातिर लाग्ने प्रेरणा मिलेको हो । सानै उमेरदेखि बुबाको काम हेर्न साइटमा गइरहन्थें । यसले पनि यो क्षेत्रमा लाग्ने प्रेरणा जुटेजस्तो लाग्छ । मुख्य कुरा निर्माण क्षेत्रमा बढी चुनौती हुने र त्यसको सामना गर्ने चाहना भएकाले पनि यो क्षेत्रमा आकर्षित भएको हूँ । तपाईं संलग्न भएर सञ्चालन गरिरहेका ठूल्ठूला परियोजना के–के छन् ? फिदिम–पाँचथर खण्डको मध्यपहाडी लोकमार्ग मेरा लागि महत्वपूर्ण परियोजना हो । २७ किलोमिटर सडक निर्माणका लागि ९३ करोड रुपैयाँमा जिम्मा लिएको यो काम लगभग हामीले सकिइसकेका छौं । अब ३ प्रतिशत जति बाँकी छ । त्यो काम पनि चाँडै सकिँदै छ । यो आयोजनामा पनि पक्कै चुनौती सामना गर्नुभयो होला, केही अनुभव बाँड्न चाहनुहुन्छ ? निर्माण क्षेत्रमा लागिसकेपछि चुनौती सँगसँगै आइहाल्छ । यो आयोजनामा पनि थुप्रै समस्या थिए । सरकारले यो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखेकाले समयमै सक्नुपर्ने चुनौती छ । अर्कोतर्फ स्थानीयको खेतबारी हुँदै सडक लैजानुपर्ने– त्यो पनि १०–१० मिटरको राजमार्ग । स्थानीयको अवरोध हामीले पनि सामना ग¥यौं । तर, हामीले ४ सयमध्ये ३ सय कर्मचारी यहीका स्थानीयलाई रखेका थियौं । यसले गर्दा स्थानीयलाई दोहोरो फाइदा भयो । ३ सय जनाले रोजगारी पाउँदा गाउँमा पैसा भित्रियो भने अर्कोतर्फ विकासले छुन नसकेको उक्त क्षेत्रमा सडक पुगेसँगै धमाधम बिजुलीका पोल गाड्ने काम भइरहेको छ । अहिले यस क्षेत्रका स्थानीयको जीवनस्तर नै फेरिएको छ । यहाँको मिन्दुङ खोलामा रहेको झरना सडक नहुँदा आझेल परेको थियो । अहिले सडक पुगेसँगै यस क्षेत्रमा पर्यटकको ओइरो लागेको छ । धरानदेखि यो झरना हेर्न पर्यटक आउने गरका छन् । त्यहाँका स्थानीय झरना छेउछाउ होटल, रेस्टुँरा सञ्चालन गरेर स्वरोजगार भएका छन् । प्रत्यक्ष रूपमा समुदायलाई नै फाइदा हुने गरी निर्माण कार्य गर्दा सोही स्थानको स्रोत–साधन प्रयोगमा जोड दिइनुपर्छ । यसले त्यहाँका स्थानीयले रोजगार त पाउँछन् नै, त्यस ठाउँमा खेर गइरहेका स्रोत–साधन बेचेर पैसा पनि कमाउन सक्छन् । सडक निर्माणले नागरिकको जीवन सहज बनाएको छ । उपचार गर्न धरान पुग्नुप¥यो भनेपनि इलामको बाटो हुँदै ९ देखि १० घन्टा लगाएर अस्पताल जानुपर्ने बाध्यता थियो । अहिले यो सडक बनेपछि ४ घन्टामै धरान पुग्न सकिन्छ । सायद सडकले ल्याएको विकास यही नै होला । अचम्म के भने त्यहाँका कतिपयको जमिन भिरालो । हामीले त्यस्ता जमिनबाट ढुंगा लियौं र बिना पैसा उनीहरूको जमिनलाई सम्म पारिदियौं । भीरलाई सम्याएपछि अहिले आलुर गोलभेडा जस्ता बाली फलिरहेको छ । यस्ता आयोजनाले समाजमा पु¥याएको योगदान एउटा पाटो भयो, तपाईंहरूले कसरी समाज सेवामा प्रत्यक्ष योगदान दिइरहनुभएको छ ? यो विषय निर्माण व्यवसायीको क्षमतामा भर पर्छ । कसैले विद्यालय बनाइदेलान्, कसैले अस्पताल बनाउलान् । यो फरक पाटो हो । सकेसम्म हामीले पनि यस्ता काम गर्दै आएका छौं । तर, प्रत्यक्ष रूपमा समुदायलाई नै फाइदा हुने गरी निर्माणको काम सोही स्थानको स्रोत–साधन प्रयोगमा जोड दिनु हो । यसले त्यहाँका स्थानीयले रोजगार त पाउँछन् नै, त्यस ठाउँमा खेर गइरहेका स्रोत–साधन बेचेर पैसा कमाउन सक्छन् । नेपाल जस्तो देशको लागि प्रगतिको अवसर नै पूर्वाधार विकास हो । गुणस्तरीय निर्माणका लागि के–के कुरामा ध्यान दिनुपर्दो रहेछ ? पहिलो त दक्ष जनशक्ति नै हो । त्यसपछि निर्माण सामग्री ढुंगा, गिटी, बालुवा, सिमेन्ट र छड । यसको प्रयोग गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नुहुँदैन । यति भए कुनै पनि आयोजनालाई गुणस्तरीय बनाउन सहज हुन्छ । सरकारले ठूला परियोजनामा विदेशी कम्पनीलाई नै गुहार्छ । नेपाली निर्माण व्यवसायीसँग त्यो स्तरको प्राविधिक क्षमता नभएरै हो ? आजभन्दा एक दशक अघिको कुरा गर्नुहुन्छ भने तपाईंले भनेको ठीक हो । तर, अहिलेको सन्दर्भमा यो उपयुक्त छैन । नेपाली निर्माण व्यवसायी सक्षम भइसके । । नेपालमा यस्ता निर्माण व्यवसायी पनि छन्, जो विदेशी निर्माण व्यवसायीसँग प्रतिस्पर्धा गर्न पछि हट्दैनन् । प्रविधिककै कुरा गर्दा पुल्चोक इन्जिनियरिङ क्याम्पस पढेका विद्यार्र्थीहरू विश्वका कुनै पनि देशका इन्जिनियर भन्दा कम छैनन् । निर्माण व्यवसायीप्रति सरकारको दृष्टिकोण कस्तो पाउनुहुन्छ ? निर्माण व्यवसायप्रति सरकारको दृष्टिकोण सकारात्मक भए पनि व्यवस्थापन पक्ष कमजोर देखेको छु । निर्माण व्यवसाय र सरकारबीच सुमधुर सम्बन्ध भए मात्र यो क्षेत्रले फस्टाउन पाउने हो । पूर्वाधार निर्माणमा उत्कृष्ट कार्यक्षमता देखाउने मेसिनरी कुन–कुन हुन् जस्तो लाग्छ तपाईंलाई ? हामीले सडक निर्माण गरिरहँदा पुटमाइजर र सुमीका उत्पादनको कार्यक्षमता उत्कृष्ट लाग्यो । एक्जाभेटरको कुरा गर्दा दूशान उत्कृष्ट लाग्यो । किनकि यसको सेवा अत्यन्तै राम्रो छ । कुनै समस्या आयो भने त्यहाँका कर्मचारीले तत्कालै सम्बोधन गर्ने गरेका छन् । दिगो विकासमा गुणस्तरीय मेसिनरीले कत्तिको असर गर्छ जस्तो लाग्छ तपाईंलाई ? यो विषयमा मेसिनरीसँगै जनशक्ति पनि जोडिएर आउँछ । राम्रा उपकरण छन् तर त्यसलाई चलाउन जान्ने जनशक्ति दक्ष भएन भने कुनै अर्थ राख्दैन । दिगो विकासका लागि पूर्वाधार निर्माण कस्तो हुनुपर्छ जस्तो लाग्छ ? सर्वप्रथम सरकारी आयोजनाका लागि आर्थिक स्रोत बलियो हुनुपर्छ । दिगो विकासका लागि यो एउटा पहिलो खम्बा नै हो । अर्को कुरा अन्तर निकाय समन्वय र व्यवस्थापन चुस्त दुरुस्त हुन जरुरी छ । योसँगै निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी छ । यति भयो भने मात्र दिगो विकास सम्भव छ । सरकारले भटाभट आयोजना मात्र निकाल्ने तर काम हुन नसके त्यसले कुनै अर्थ राख्दैन । पूर्वाधार विकासमा सरकारको लगानी अझै कम भए जस्तो लाग्छ । कतिपय क्षेत्रमा सडक नपुग्नाले किसानले आफ्नो उत्पादन बारीमै खेर फालेको म आफैंले देखें । ती ठाउँमा सडक मात्र पुग्न सके एकातर्फ किसानले आफ्नो उत्पादन उचित मूल्यमा बेच्न पाउने थिए भने अर्कातिर स्वदेशमै उत्पादित कृषि उपज उपभोग गर्न पाउने सम्भावना हुन्थ्यो ।
होण्डा चाडपर्व अफर: प्रत्येक प्रदेशबाट एक जनाले १ लाख रुपैयाँका साथै थुप्रै उपहार
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डाको साथ ७’ दशैं तथा तिहार स्किम ल्याएकाे छ । कम्पनीले नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरेकाे यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाा पाउनेछ । यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयाच कुपन मार्फत हात खाली नजाने गरी १ लाखसम्म नगद उपहारका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट र ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यासब्याक पाइनेछ । यति मात्र नभई यस योजनामा ग्राहकले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् । यसका साथै बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार पाउनेछन् ।
याे चाडपर्वमा रेनोकाे गाडी किन्दा ३ लाखसम्म फाइदा
काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्सड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’ को शुरुवात गरेको छ । दशैंतिहारलाई लक्षित गर्दै कम्पनीले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ याेजनाकाे सुरुवता गरेकाे हाे । यस अवसरमा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाखसम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरु पाउनेछन् कम्पनीकाे अनुसार यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।