टीभीएसका यी १२ माेडलका बाइक र स्कुटर: बिना व्याज ६ हजार मात्रै किस्ता, कुनको मूल्य कति ?

<p>काठमाडौं । नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरमा विभिन्न छुटहरु दिएर नयाँ मूल्य तोकेको छ । हालै काठमाडौंको भृकुटी मण्डपमा ‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’मेलागरेको कम्पनीले विभिन्न मोटरसाइकल तथा स्कुटरहरुमा छुटसहितको मूल्य सार्वजनिक गरेको हो । कम्पनीले अपाचे र एनटर्क लगायतका मोटरसाइकल तथा स्कुटीमा न्यूनतम २ लाख १५ [&hellip;]</p>

काठमाडौं । नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरमा विभिन्न छुटहरु दिएर नयाँ मूल्य तोकेको छ । हालै काठमाडौंको भृकुटी मण्डपमा ‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’मेलागरेको कम्पनीले विभिन्न मोटरसाइकल तथा स्कुटरहरुमा छुटसहितको मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले अपाचे र एनटर्क लगायतका मोटरसाइकल तथा स्कुटीमा न्यूनतम २ लाख १५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८४ हजारसम्मका मोटरसाइकल सार्वजनकि गरेको छ ।

कम्पनीले २९ महिनाको किस्ता अवधि राखेर मासिक ५ हजार ९ सयमै मोटरसाइकल तथा स्कुटी खरिद गर्न सक्ने जनाएको छ ।

ग्राहकले सबैभन्दा बढी रुचाएको १२५ सिसीको एनटर्क स्कुटरदेखि अपाचे आरटीआर २०० फोर भीसम्म सार्वजनिक गरेको थियो । अहिले पनि सो सुविधा रहेको कम्पनीले जनाएको छ ।

Share News