एभरेष्ट बैंककाे अफर: ६.८८ प्रतिशत ब्याजदरमै गाडी कर्जा

<p>काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै &#8216;एभरेष्ट उत्सवमय अफर&#8217; ल्याएको छ । यस अवसरमा बैंकले  घर भाडा भन्दा सस्तो &#8216;घर कर्जा&#8217;, स्वरोजगार तथा उद्यमीको लागी &#8216;साना तथा मझौला उद्योग कर्जा&#8217;, आफ्नै सावारी साधनको लागि &#8216;गाडी तथा मोटरसाइकल कर्जा&#8217; तथा व्यक्तिगत प्रायोजनको लागि &#8216;व्यक्तिगत कर्जा&#8217; योजना ल्याएको छ । भदाै २७ देखि लागु भएको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।

यस अवसरमा बैंकले  घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको छ ।

भदाै २७ देखि लागु भएको यस कर्जा योजनामा ७.४८ प्रतिशतमा घर कर्जा, ७.२४ प्रतिशतमा साना तथा मझौला उद्योग कर्जा, ६.८८ प्रतिशतमा गाडी कर्जा, ७.९९ प्रतिशतमा मोटरसाइकल कर्जा र ७.९९ प्रतिशतमा व्यक्तिगत कर्जा ब्याजदरमा उपलब्ध हुनेछ ।

 

Share News