वर्षाका कारण आईतबार खुलेको लाइसेन्सको ट्रायल परीक्षा रोकियो

<p>काठमाडौं । करिब ५ महिना बन्द भएर पुनः सञ्चालनमा आएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) परीक्षा स्थगीत भएको छ । आईतबार रातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भएको भन्दै बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले एक सूचना जारी गर्दै आजका लागि तय भएका ट्रायल परीक्षा बन्द गरिएको जनाएको हो । ‘उपत्यकामा परेको भारी वर्षाको कारण [&hellip;]</p>

काठमाडौं । करिब ५ महिना बन्द भएर पुनः सञ्चालनमा आएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) परीक्षा स्थगीत भएको छ ।

आईतबार रातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भएको भन्दै बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले एक सूचना जारी गर्दै आजका लागि तय भएका ट्रायल परीक्षा बन्द गरिएको जनाएको हो ।

‘उपत्यकामा परेको भारी वर्षाको कारण प्रयोगात्मक परीक्षा सञ्चालन हुने स्थलसमेत प्रभावित भएकोले यस कार्यालयबाट सोमबार र मंगलबार सञ्चालन हुने भनिएका प्रयोगात्मक परीक्षाहरु वर्ग ए के तर्फको भदौ २३ गते बुधबार र वी वर्गको तर्फको भदौ २५ गते शुक्रबार हुनेछ’, सूचनामा भनिएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणको दरमा बृद्धि भएको भन्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । निषेधाज्ञा लागुभएसगैँ यातायात कार्यालयले लाइसेन्सको लिखित, प्रयोेगात्मक तथा अनलाईन आवेदन बन्द गरिएको थियोे ।

स्वास्थ्य मापदण्डको पालना गर्दै आईतबारदेखि बागमित प्रदेशका यातायात कार्यालयले ट्रायल परीक्षा सञ्चालन गरेका थिए । वर्षाका कारण खुलेको एक दिनमा नै लाइसेन्सको ट्रायल परीक्षा रोकिएको हो ।

Share News