उपाय सिटी कार्गाेले काठमाडौंमा सुरु गर्याे  बाइकमा कार्गो ढुवानी सेवा

<p>काठमाडौं । डिजिटल कार्गो सेवा प्रदायक ’उपाय सिटी कार्गो’ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष बोकेको उपाय सिटीकार्गोले दुई पाङ्ग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरूको लागि मात्र नभई साना वस्तुहरू र पार्सल [&hellip;]</p>

काठमाडौं । डिजिटल कार्गो सेवा प्रदायक ’उपाय सिटी कार्गो’ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ ।

डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष बोकेको उपाय सिटीकार्गोले दुई पाङ्ग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरूको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने बताइएको छ।

‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ बिषयमा अन्तरक्रिया गर्दै सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरूमा लैङ्गिक समानताका साथै वातावरणीय सचेत रही अघि बढ्ने बताए।

सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले २ हजार ड्राइभर÷दुई पाङ्ग्रे राइडर साझेदारहरूलाई डिजिटल साक्षरता, ई–बैंकिंग र ग्राहक सेवाहरूमा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने बताइएको छ।

विद्युतिय सवारीको प्रयोग र दिगो कुलिङ अन्वेषण गर्दै पर्यावरण–मैत्री कम्पनीको रूपमा देखा पर्ने रायमाझी बताउँछन् । उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर/दुई पाङ्ग्रे राइडर–साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको बताइएको छ ।

भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेबसाइट मार्फत आवस्यक चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन्। सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिन्छ ।

उपाय सिटीकार्गो इंट्रासिटीको लागि एक अनलाइन बजार हो जहाँ व्यक्ति र व्यवसायलाई यसको पिकअप ड्राइभर पार्टनरहरूको साथसाथै दुई पाङ्ग्रे राइडर पार्टनरहरूसँग जोड्दछ र नेपालको विभिन्न शहरहरूमा साना र थोक सामानहरूको छिटो र सजिलो ढुवानी सेवा प्रदान गर्दछ। उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर र दुई पाङ्ग्रे राइडर(साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको छ।

Share News