हुन्डाईको अघिल्लाे वर्षका चाडपर्व अफरकाे दुई विजेताले पाए गाडी

<p>काठमाडाैं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले अघिल्लो वर्षको चाडवर्प स्किममा विजेता चेतनारायण सापकोटा र श्यामप्रसाद पौडेललाई गाडीकाे चाबी हस्तान्तरण गरेकाे छ । सापकाेटाले लक्की ड्र मार्फत हुन्डाई अउरा र पाैडेलले ग्राण्ड आई १० नियोस म्याग्ना जितेका थिए । उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत बिजेता छनोट गरिएको थियो । कम्पनीकाे अनुसार [&hellip;]</p>

काठमाडाैं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले अघिल्लो वर्षको चाडवर्प स्किममा विजेता चेतनारायण सापकोटा र श्यामप्रसाद पौडेललाई गाडीकाे चाबी हस्तान्तरण गरेकाे छ ।

सापकाेटाले लक्की ड्र मार्फत हुन्डाई अउरा र पाैडेलले ग्राण्ड आई १० नियोस म्याग्ना जितेका थिए ।

उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत बिजेता छनोट गरिएको थियो । कम्पनीकाे अनुसार कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजिवन नै अस्तव्यस्थ भएकोले गत वर्षको लक्की ड्र केही ढिलागरी भएको हाे ।

विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ । विश्वभर करोडौं सन्तुष्ट ग्राहक, न्यून मर्मत सम्भार खर्च र उत्कृष्ट डिजाइनका कारले ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News