काठमाडौं । आउँदै गरेको दशैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ‘टीभीएस ६ प्राइजको सर्पाइज’ योजना ल्याएको छ। यो योजनामा ६ पटकसम्म उपहार जित्न मिल्ने छ ।
यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । भदौ १६ बुधबारबाट शुरू भएको यो योजना छठ समापन पछि समाप्त हुनेछ भने कम्पनीले जनाएको छ । साथै, यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ ।
चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी tvsnepal.com/dashain मा गएर १ लाख रूपैयाँसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक रियलमी सी20 स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ।
यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ । यस योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज नै रहेको छ, जहाँ ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सगा कार घर लैजाने छन् । यति मात्र नभई इन्क्वाइरी मार्फत रियलमी स्मार्ट फोन र अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन् ।
योजना अवधी भरि १० लाखसम्मको नगद, शतप्रतिशत क्यास ब्याक, टीभीएस अपाचे आरआर ३१० र प्रोटोन सगा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६स्४५ बजे हिमालयन टी।भी बाट प्रशारण गरिनेछ।
जगदम्बा मोटर्स प्रा।लि। नेपालमा टिभिएस टू(ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।