काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धरनमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुमको उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धरनमा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएकाे छ ।
कम्पनीले ‘अर्ब्रिन एण्ड ब्रदर्स प्रा. लि’ फिदिमका प्रोपराइटर अर्ब्रिन तामाङलाई उक्त शाेरुमकाे डिलरसीप प्रदान गरेकाे छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ ।