काठमाडौं । नेपालमा हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपालका प्रतिष्ठित मिडिया हाउसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही आयोजित कार्यक्रममा अल न्यू आई२० का विशेषताहरु माथि ध्यान आकर्षण गराइएको थियो । एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको उक्त गाडीलाई बजारमा सकारात्मक प्रतिकृया प्राप्त भईरहेको छ । नेपाली अटो बजारमा अल न्यू आई२० ले नयाँ आयाम कायम गर्ने विश्वाश कम्पनीले लिएको छ ।
हुन्डाई आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेडमा उपलब्ध हुनेछ । नेपालमा मग्ना र स्पोर्टिज भेरीएन्ट पाइने छ, जस्को मुल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ रहने छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १४ शोरुमहरु तथा १८ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।