यामाहाको एसेम्बलिङ उद्योग भैरहवामा खुल्दै, एक वर्षभित्रै सञ्चालन हुने

<p>काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज कम्पनीले भैरहवामा यमाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका विष्णु अग्रवालले भैरहवामा यामाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्न लागेका हुन् । हाल यामाहाको एसेम्बलिङ उद्योग स्थापना गर्नको लागि तयारी भइरहेको अग्रवालले बताए । त्यसकाे लागि जग्गा प्राप्तिदेखि अन्य काम [&hellip;]</p>

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज कम्पनीले भैरहवामा यमाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका विष्णु अग्रवालले भैरहवामा यामाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्न लागेका हुन् ।

हाल यामाहाको एसेम्बलिङ उद्योग स्थापना गर्नको लागि तयारी भइरहेको अग्रवालले बताए । त्यसकाे लागि जग्गा प्राप्तिदेखि अन्य काम भइरहेको पनि उनले बताए ।

‘नेपालमा पनि विस्तारै अटो बजार बढ्दै गइरहेको छ, हरेक देशले आफ्नो इको सिस्टम बनाउँछ, केही कम्पनीले एसेम्बलिङको काम सुरु गरिसकेका छन्, त्यसैले पनि हामीले यसमा हात हालेका हौं, उनले भने ।

एमएडब्लुले विश्वका चर्चित अटो ब्राण्डहरु भित्र्याएर बिक्री वितरण गर्दै आएको छ । यामाहा मोटरसाइकलको व्यापारबाट अटोमोवाईल क्षेत्रमा प्रवेश गरेको यस कम्पनीले स्कोडा, जीप, जेसीवी, स्कोटस्, फोटोन, विएण्डटी लगायत ब्राण्डको नेपालको आधिकारिक बिक्रेता भएर काम गर्दै आएको छ ।

उनका अनुसार हालसम्म लगानी कति लाग्छ भन्ने यकिन भइसकेको छैन । तर, ठूलै लगानीमा उद्योगको स्थापना हुने उनको भनाई छ ।

संसारभर अटोमोवाइल उद्योगको विकास एसेम्बलिङ उद्योगबाट नै हुने र नेपालमा पनि त्यसको शुरुवात भएको उनले बताए ।  हाल नेपालमा २ वटा कम्पनीले  माेटरसाइकल एसेम्बलिङ गरिरहेका छन् । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटरसाइलकको एसेम्बल गरिहरेको छ भने गोल्छा अर्गनाइजेशनले बजाजको मोटरसाइकल एसेम्बल गरिरहेको छ ।

Share News