अब अनलाइनबाट टोकन लिएर मात्र मोटरसाइकल कार्यालयको सेवा लिन पाइने

<p>काठमाडौं । अब मोटरसाइकल कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा लिनका लागि टोकन लिनुपर्ने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय माताहतमा रहेको यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली अनिवार्य बनाउन लागेको हो । यातायात व्यवस्था कार्यालय मोटरसाईकलले आईतबारदेखि (साउन ३१ गतेबाट) कार्यालयमा कुनैपनि सेवा लिन आउँदा भेटघाट व्यवस्थापन प्रणाली मार्फत अनलाईन टोकन लिएर मात्र [&hellip;]</p>

काठमाडौं । अब मोटरसाइकल कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा लिनका लागि टोकन लिनुपर्ने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय माताहतमा रहेको यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली अनिवार्य बनाउन लागेको हो ।

यातायात व्यवस्था कार्यालय मोटरसाईकलले आईतबारदेखि (साउन ३१ गतेबाट) कार्यालयमा कुनैपनि सेवा लिन आउँदा भेटघाट व्यवस्थापन प्रणाली मार्फत अनलाईन टोकन लिएर मात्र आउनुपर्ने जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै आईतबारदेखि टोकन नलिई आएमा सेवा प्रदान गर्न नसकिने भन्दै अनिवार्य रुपमा टोकन लिन आग्रह गरेको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरु प्रदेश अन्तरगतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा अनलाइन टोकन सिष्टमलाई अनिवार्य गरिएको बताउँछन् ।

पासमा भरिए बमोजिमको परिचय–पत्र बिना यातायात कार्यालय प्रवेश निषेध गरिएको छ । यदि परिचय–पत्र देखाउन नसकेमा या परिचय पुष्टि नभएका खण्डमा यातायात कार्यालय प्रवेश गर्न पाइने छैन ।

Share News