काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ ।
कम्पनीले सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट दिएको थियो ।
यस्तै कम्पनीले कोभिडको कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुन्डाइ गाडी जित्ने मौका दिएको थियो ।
‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत काठमाडौं मैतीदेवीका श्याम प्रसाद पौडेलले हुन्डाई ग्रान्ड आई १० माग्ना जितेका छन् भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत चितवनका चेत नारायण सापकोटाले हुन्डाई औरा एस जित्न सफल भएका छन् ।
सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।