विद्युतीय बस किन्न बागमती प्रदेशले छुट्यायो ५० करोड

<p>काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय सवारी साधन खरिद गर्नको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, बागमती प्रदेश सरकारले मुग्लिन, नारायणघाट हेटौडा सडकखण्डको उपयुक्त स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन स्थापना गर्ने भएको [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय सवारी साधन खरिद गर्नको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, बागमती प्रदेश सरकारले मुग्लिन, नारायणघाट हेटौडा सडकखण्डको उपयुक्त स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । यसको लागि निजी क्षेत्रको पनि सहकार्य खोजिने मन्त्री ढुंगेलले जानकारी दिए ।

Share News