हुन्डाई नयाँ वर्ष योजना: ७८ हजारसम्मको अतिरिक्त छुटदेखि एक वर्षको बीमा सुविधा
काठमाडाैं । हुन्डाईकालागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्नेछन् । कम्पनीकाे अनुसार यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नु सकिनेछ । साथसाथै हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ ।
यामाहा नेपालको एफआई योजना, भाग्यशाली विजेताले २० लाख ७८ हजार रुपैयाँ पाउने
काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना अघि ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली विजेताले बम्पर पुरस्कार वापत् २० लाख ७८ हजार रुपैयाँ पाउने भएका छन् । साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २ लाख ७ हजार रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकलाई थप सुविधा दिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिन्छ । नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिँदै यामाहा नेपालको सीईओ चिरञ्जिवी शाह भन्छन् “कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित बातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँवर्ष २०७८मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्रा ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथावर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रासवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआइप्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यै हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।” यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ ।
मोटरहेड ‘टेक्केन २५०’, पछिल्लो समय युवामाझ झन् बढ्दै क्रेज
काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जनर र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकुल्ड इञ्जिनले १९ बीएचपीको पावर र २० एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा हेभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्सँग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ । कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मुल्य तीन लाख ९५ हजार रुपैयाँ तोकेको छ ।