काठमाडौं । टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारुले टीभीएस अपाचे आरआर ३१० जितेका छन् । उनले टीभीएस आरटिआर अपाचे १६० टुभि खरिद गरेका थिए ।
टिभिएस, वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टिभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक १५ दिनमा टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा विजेता घोषणा गरिने छ ।
यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको “वा“ अफर रहेको छ । साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहार स्वरूप पाउनेछन् ।
यो योजना यतिमामात्र सिमित नभएर “वा“ बाट “वाह्“ हुँदै “वाह्ह्” सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्टयाण्डर्ड एमटि भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथा मार्फत पक्का प्राप्त गर्नेछन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।