टिभिएसकाे नयाँ वर्ष अफर: १० हजारसम्म पक्का डिस्काउन्टका साथै कार जित्ने माैका

<p>काठमाडाैं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस &#8216;वा, वाह्, वाहह्&#8217; ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा सुरु भएको यस योजना बैशाख ३१ गतेसम्म चल्ने छ । यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरकोे खरिदमा १० [&hellip;]</p>

काठमाडाैं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस ‘वा, वाह्, वाहह्’ ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा सुरु भएको यस योजना बैशाख ३१ गतेसम्म चल्ने छ ।

यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरकोे खरिदमा १० हजारसम्म पक्का डिस्काउन्टको साथै शून्य प्रतिशत ब्याजदर भएको “वा“अफर रहेको छ ।

साथै यस योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत एउटा नयाँ टिभिएस आरआर ३१० उपहार स्वरूप प्रदान गरिनेछ ।

योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्याण्डर एमटी  भर्जनको नयाँ प्राेटाेन सागा फेसबुक लाइभ मार्फत प्राप्त गर्नेछ ।

यस योजना माथी उल्लेखित समयावधीभित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागु हुने कम्पनीले जनाएकाे छ ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सक्षम भएको छ ।

 

Share News