साढे १ लाखमा धनगढीका विद्यार्थीले बनाए विद्युतीय कार

सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।’ गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । रासस

क्रिसमस र न्यु इयरभित्र निसानको गाडी किन्दा साढे २ लाखसम्म छुट पाइने

काठमाडाैं । क्रिसमस र न्यु इएरको उपलक्ष्यमा निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ सुरु गरेको छ । २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २ लाख ५० हजारसम्मको डिस्काउन्ट पाउन सकिने छ । यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधापनि उपलब्ध गराएको छ। ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुम बाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन् । साथ साथै हरेक ग्राहकहरुले १ वर्षको निःशुल्क बिमा, १ वर्षको निःशुल्क सडक कर, ३ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ वर्षको वारेन्टी, लोएल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यो अफर देशभर रहेका हरेक निसान शोरुम हरुमा लागू हुनेछ ।

बेनेली पानरको स्कुटर नेपाली बजारमा, ३ लाख ३४ हजार पर्ने

काठमाडौं । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले नेपालमा बेनेली पानरको स्कुटर सार्वजनिक भएको छ । कम्पनीले इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीको नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो । ४ वटा रङमा स्कुटर उपलब्ध रहेको उक्त स्कुटरमा १ सय २५ सिसिको इएफआइको इन्जिन र ४.५ लिटरको ट्याङ्की रहेको छ । कम्पनीले स्कुटरकाे मूल्य ३ लाख २४ हजार ताेकेकाे छ । सो स्कुटरले प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने केटिएम इन्टरनेशनका सेल्सका निर्देशक उदिप श्रेष्ठले जानकारी दिए ।