रेनोको नयाँ शोरुम अब लाहानमा 

काठमाडौं । रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलिएको जनाएको छ । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ । कम्पनीका सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने जानकारी दिए । लाहानको नयाँ शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।

दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ का विजेताहरु घोषित

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयाच कुपनमार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् । ‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट (एपिटिसी विराटनगर) रबिना चौधरी, प्रदेश २ बाट (मिसिका इन्टरप्राइजेज) राम प्रकाश यादव , प्रदेश ३ बाट (एसटिसी टेकु) अनिना मानन्धर, प्रदेश ४ बाट (कुंवर ब्रदर्स) जमुना मुडभरी, प्रदेश ५ बाट (अमृत इन्टरनेशनल)अन प्रसाद काफ्ले, प्रदेश ६ बाट (न्यु बलुबले अटो सेल्स) तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी साबित्रा श्रेष्ठ एसटी (अटो प्रदेश नं ५) ले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् । यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन पाएका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजारसम्मको क्यास ब्याक पाएका छन् ।

अफरोड रुट पहिचान गर्न ‘जिप क्लब नेपाल’ काे स्थापना

काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् । ‘जिप एसयुभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने । त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत् सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताउनु भयो । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले भने । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु संचालनमा छन् ।