एमजी माेटर्सकाे हेक्टर नेपाली बजारमा, मूल्य ६० लाख पर्ने

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टर सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार आफ्नाे नक्साल शाेरुममा साे कार सार्वजनिक गरेकाे हाे । १.५ लिटरको टर्बोचार्ज इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटिको मूल्य ६९ लाख ९९ हजार रहेको छ । सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट चर्चित छ । एसयुभि क्याटेगरिमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस आर १७ सिल्भर एलोइज इलेक्ट्रिक, सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ, ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरु छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरिएकाे कम्पनीले जनाएकाे छ ।   एसयुभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीले जनाएकाे छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पुर्ण डिलरशिप उपलब्ध रहेको छ । कम्पनीको अनुसार एमजी हेक्टर नेपालमा अत्याधिक माग भएको बहु प्रतिक्षित एसयुभी हो । एमजी हेक्टरको डिजाइन र स्मार्ट सुविधाहरुले ग्राहकको अपेक्षा पुरा गर्ने कम्पनीले दावी गरेको छ । उक्त कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र प्यारामाउन्ट मोटर्सबीच सहकार्यको लागि सम्झौता पनि भएको थियो । प्यारामाउनेटले सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ट क्लबलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । जोन्ट क्लब अफ काठमाडौंले उक्त रकम घरेलु हिंसा कार्यस्थलमा हुने हिंसा सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाहविरुद्ध आवाज उठाउनुपर्ने कुरामा अभियान संचाल गर्नेछ ।

राष्ट्र बैंकलाई नाडा अध्यक्षको प्रश्नः सवारी साधनको खरिदमा लगाएको क्याप खोल्ने बेला भएन ?

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । देश विकासिल राष्ट्रको सूचीमा गइसकेपछि पनि सवारी साधनको खरिदमा ५० प्रतिशतको सीमा तोक्नु देशका लागि नै दुर्भाग्य भएको उनको भनाई छ । उनले यो व्यवस्थाको पुनरावलोकनमा राष्ट्र बैंकले ध्यान दिनु पर्ने बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको छ, यस्तो बन्दीको अवस्थामा यो व्यवस्था कति न्यायोचित छ ? यसबारे पुनरावलोकन गर्ने समय आइसकेको छ, यस बारे राष्ट्र बैंकले सोच्नु पर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकले ४ वर्ष पहिले सवारीसाधनको आयात बढेकाे कारण नेपालको वित्तीय क्षेत्रमा तरलताको स्थिति आएकाे भन्दै सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको थियो । अटो लोन एउटा बैंकले दिने र अर्को बैंकमा जम्मा हुने प्रकृतिको लोन भएको र एउटा ग्राहकको लागि सानो सानो रकम प्रवाह हुने भएकोले नै यसबाट तरलतामा नकारात्मक प्रभाव नपर्ने उनको भाई छ । यस्तै, उनले उपत्यकाको सडक जाम हुनुमा सडक विस्तार हुन नसक्नु, विस्तार भएको सडकले पूर्णता नपाउनु, ट्राफिक लाइटको उपयुक्त व्यवस्था नहुनु, ट्राफिकको संख्या कम हुनु, फ्लाइ ओभरको कमि हुनु, जनचेतनाको कमी हुनु र करीडोरको सडकले पूर्णता नपाउनु आदि मुख्य कारक तत्वहरु रहेको पनि बताएका छन् ।

सातै प्रदेशमा टिभिएसले रेडर बाइकलाई सप्तरंगमार्फत लञ्च गर्दै

काठमाडौं । सातै प्रदेशमा टिभिएस रेइडर सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो । कम्पनीको अनुसार ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको हो । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा समापन हुने छ । कम्पनीको अनुसार काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर सम्पन्न हुनेछ । ‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहने कम्पनीले जनाएको छ । सप्तरंग–३ लाई  टीभीएसले मुख्य प्रायोजन गर्देछ । कम्पनीले आफ्नो नयाँ मोटरसाइकल रेडर मार्फत्  सप्तरंग–३ मा सामेल हुन लागेको जनाएको छ ।