काठमाडौं । अंग्रेजी वर्ष २०२२ आउन अब एक दिन मात्र बाँकी छ । मानिसहरु सन् २०२१ लाई बिदाई गर्दै २०२२ को स्वागत गर्ने पखाईमा छन् ।
नयाँ वर्षको अवसर पारेर विश्व अटो बजार निकै तात्ने गरेको छ । नयाँ वर्षको अवसर पारेर नयाँ गाडी खरिद गर्नेहरुको चहल पहल पनि निकै बढेको देखिन्छ ।
कम्पनीहरुले ग्राहकलाई आकर्षण गर्नको लागि स्वरुमहरुमा बिक्री देखि देखाउनकै लागि पनि कन्सेप्ट कार राख्ने गरेका छन् । वर्षेनी गाडी उत्पादक कम्पनीहरुले नयाँ वर्षका लागि उत्कृष्ट कारहरु सार्वजनिक गर्ने गरेका छन् ।
अहिले पनि २०२२ का लागि नयाँ कारहरु सार्वजनिक भइरहेका छन् । अहिले विश्व अटो बजारमा इलेक्ट्रीक कारको माग र चर्चा पनि बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा इलेक्ट्रिक कार तथा सवारी साधनको चर्चा चुलिँदो छ ।
मानिसहरु अहिले इलेक्ट्रिक सवारी साधनमै केन्द्रित भएका छन् । हामीले २०२२ का लागि उत्पादन भएका उत्कृष्ट १० इलेक्ट्रिक कारहरुको चर्चा गरेका छौं ।
यस्ता छन् २०२२ का उत्कृष्ट १० इलेक्ट्रिक कार
लुसिड एयर
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बिक्री केही मात्रामा सुस्त रहेको लुसिडले सन् २०२२ का लागि विद्युतीय नयाँ गाडी बजारमा ल्याउने बताएको छ । कम्पनीले नयाँ विद्युतीय सुडान कार बजारमा ल्याउने प्रतिवद्धा गरेको हो । जसको मूल्य ७७ हजार ४०० अमेरिकी डलर पर्न सक्ने कम्पनीको भनाई छ । यो कारले ४०६ किमी माइलेज दिने कम्पनीको दावी छ ।

एस्टोन मार्टिन भ्यान्क्विस
एस्टोन मार्टिन कार भारतीय अटो बजारमा उपलब्ध छ । कम्पनीले यसको मूल्य मूल्य ४ लाख ५० हजार अमेरिकी डलर तोकेको छ । कम्पनीले नाम पूरानै राखे पनि नयाँ प्रविधि र इक्विपमेन्टहरु राखेर नयाँ गाडीहरु सार्वजनिक गरेको हो ।
हुण्डाई यूनिक
प्रख्यात गाडी उत्पादक कम्पनी हुण्डाईले केही महिना अगाडि मात्रै ‘हुण्डाई यूनिक ५’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने कम्पनीको दावी छ । यो गाडी नेपालमा पनि भित्रिसकेको छ ।
यसमा २८ किलोवाट लिथियम–वाट पोलिमर ब्याट्रीसहित ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसलाई एकपटक चार्ज गरेपछि गाडी २५० किलोमीटरसम्म गुडाउन सकिन्छ ।

सेमी अटोमेटिक ट्रान्समिशन विशेषताको यो गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाई छ । ‘यूनिक’मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता छन् ।
ड्राइभिङ डाइन्यामिक्सका साथ ‘यूनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ ।
इन्फिनिटी फ्ल्यागसिप
इन्फिनिटी फ्ल्यागसिपले विद्युतीय अटो बजारमा नयाँ भविश्य सिर्जना गर्ने उद्धेश्यका साथ नयाँ इन्फिनिटी सेडान नामक कार सार्वजनिक गर्ने योजना बनाएको छ । सन् २०२२ को सुरुमै यो कार सार्वजनिक गर्ने कम्पनीको तयारी छ । जसको मूल्य ७५ हजार अमेरिकी डलर पर्ने कम्पनीको प्रारम्भिक अनुमान छ ।
निशान–४०० जेट
निशानले पनि नयाँ विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ । निशान–४०० जेट नामक नयाँ कारले विद्युतीय अटो बजारमा नयाँ उत्साह दिने कम्पनीको दावी छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने अनुमान गरेको छ । यो कारको १ पटक चार्ज गरेमा ४०० किमि माइलेज दिने कम्पनीको भनाई छ ।