माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । विभागले गत मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उनका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भएनभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उनले भने, ‘नयाँ र पुरानो सबैमा गरी २५/२६ सवारीसाधन सबैमा अनिवार्य गरिनेछ ।’ नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता डा भुषालले बताए । कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको छ । उनले भने, ‘अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसकिने योजना छ ।’ पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको हो । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । गत जेठमा अवधि सकिएकामा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपाराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचनाप्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ । त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा गेट निर्माण गरिनेछ । काठमाडौं उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा गेट निर्माण हुनेछ । संविधानअनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै विसं २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्गेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । भाषाविद्हरुले सो नम्बर प्लेट नेपाली भाषामा नै हुँदा उपयुक्त हुने बताउँदै आएका छन् । रासस
इन्द्र नारायण चोङबाङ्ग भए यामाहा ‘रेस फर द एस’का विजेता
काठमाडौं । यामाहा मोटरसाइकलका दसैं स्किम ‘रेस फर द एस’ को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् । यामाहाकाे लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैँलाई लक्षित गरी उक्त स्किम संचालन गरेकाे थियाे । ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ हजारदेखि १ लाखसम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्किम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई कम्पनीले ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गर्ने स्किम थियाे । नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनौट गरिएको यस ‘रेस फर द एस’ स्किमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।
यामाहाको रेजेडआर १२५ एफआइ र्याली, अधिकारी बने पहिलो बिजेता
काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्दै आएको हो । कम्पनीले उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली पुस २१ गते आयोजना गरेको थियो । महाराजगंजदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली यामाहा शोरुम महाराजगंजबाट सुरु भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, महाराजगंजमा बिहान ९ बजे र्याली सुरु गर्न बिहान ८ बजे आइपुग्न भनिएको थियो । यस पटकको र्यालीको बिजेता विज्ञान अधिकारी बनेका छन् । उनी प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विजेता बनेका हुन् । त्यसैगरी, प्रतिलिटर ७४ केमीका साथ भिम बहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भएकी छिन् । यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर(कूल्ड, फ्युल(इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ । ूनेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौं यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।ू एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयम्लाई संलग्न गरी यस किसिमका र्याली निरन्तरता दिइरहनेछ ।