चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपालमा सार्वजनिक गर्दै

<p>काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई जनवरी २०२२ सम्म नेपालमा सार्वजनिक गर्ने जनाएको छ । हन्टरमा १।९ टर्बोचार्ज्ड इन्जिन रहेको छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ। हन्टरको ३९१० [&hellip;]</p>

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई जनवरी २०२२ सम्म नेपालमा सार्वजनिक गर्ने जनाएको छ ।

हन्टरमा १।९ टर्बोचार्ज्ड इन्जिन रहेको छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ। हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र यो २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँदछ जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको कम्पनीले दावी गरेको छ । कम्पनीको अनुसार यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ ।

हन्टरमा पुष इन्जीन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधा युक्त बनाउन हन्टरमा क्रूज कन्ट्रोल सुविधा रखिएको  छ । क्रूज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पीड ,सुनिस्चित गर्न मदत गर्दछ ।

हन्टर ६(स्पीड अटोमेटिक गेयर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आँफै नै रोडको कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ ।

यस प्रिमियम पिकअपले इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम मार्फत तपाईंको र तपाईंको गाडीको उचित खयाल राख्दछ । येसमा अटो स्टप क्लाईम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट नपर्ने कम्पनीले जनाएको छ ।

Share News