मोटरहेडको नयाँ अफर सार्वजनिक, बाइक खरिदमा १ लाखसम्म छुट पाइने

काठमाडौं । मोटरहेड ब्राण्डका मोटरसाइकलको लागि आधिकारि विक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘विग विगर विगेष्ट’ नामक स्कीम सार्वजनिक गरेको हो । कम्पनीले असार १३ गतेबाट लागु हुने गरी सार्वजनिक गरेको नयाँ स्कीममा नयाँ बाइक खरिदमा स्क्रयाच कुपन र बमपर मा सहभागीको २ वर्षको वार्षिक कर निशुल्क हुने जनाएको छ । यस्तै, १ लाख रुपैयाँ छुट पाउन सकिने र बम्परमा २ लाख ७ हजार ९०० रुपैयाँ नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले पुराना बाइक सट्टापट्टा गरी खरिदर गर्नै ग्राहकलाई बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ र दुई वर्षको कर छुट दिने जनाएकोे छ । कम्पनीले उक्त अफर सिमित अवधिका लागि ल्याईएको भन्दै हाल बाइकहरु पुरानै मूल्यमा बिक्री वितरण भैरहेको जनाएको छ । कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।

पोखराबाट धाम्पुससम्म टीभीएसको एओजी राइड

काठमाडौं । टीभीएसले एओजीको दोस्रो संस्करण पोखरामा आयोजना गरेको छ। कम्पनीले यही असार ११ गते ग्राहकको लागि अपाचे अनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरुमाझ रोमाञ्चक राइड सम्पन्न गरेको हो। सो क्रममा पोखराका ३० अपाचे जना ग्राहकहरुलाई पोखराबाट धाम्पुस हुदै सुइखेत रेसोर्टसम्म पुर्याएको कम्पनीले उल्लेख गरेको छ। विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजी मा सहभागीको लागि सयभन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३० जनाको चयन भएका थिए। गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी राइडरहरूलाई टीभीएस ले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ। टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो। नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्ने कम्पनीको भनाइ छ।

महिन्द्राले नेपालमा ल्यायो अल–न्यू स्कर्पियो, लोगो पनि नयाँ

काठमाडौं । महिन्द्राले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ । महिन्द्राकाे नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक गरिएकाे हाे । एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ । अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने जनाईएको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ । कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखेको छ । ‘ट्विन पिक’ लोगोले साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अहिले स्कर्पियो नेपालको हरेक ठाउँमा पुगेको बताउँदै ८० भन्दा बढी सर्भिस सेन्टर रहेको जानकारी गराए । उनले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको ल्याएको बताउँदै सुरूमा विक्री अप्ठारो भएपनि संविधानसभापछि स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए । नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ । भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ । एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न गरिएको बताए । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । ‘‘यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो”अध्यक्ष नाकरा भने । कम्पनीको अनुसार नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । ‘हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ’ कम्पनीले भनेको छ । द स्कर्पियो–एनमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ । प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ । द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।