काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्न जमाना गएको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फिन इलेक्ट्रो टेक मेलामा उनले विद्युत बेच्न जमान गएर हाइड्रोजन बनाउने समय आएको बताएका हुन् ।
उनले पिपिए गर्ने कुरालाई ढिलाई नगरी सम्बन्धित निकायले छिटो गर्नुपर्ने बताए । ‘नेपालको समृद्धिको आधार भनेको उर्जा क्षेत्र हो, नेपालको अर्थतन्त्रलाई समृद्धिको दिशातिर अगाडि बढाउने पर्याप्त सम्भावना छ, सोही अनुसारको बजेट छ निति छ, हामी सबै मिलेर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
यस्तै, उनले ब्याजदरको विषय समाधान गर्ने क्रममा सरकार रहेको बताए । उनले व्यवसायीले सडक रोज्नुभन्दा पनि सरकारसँग छलफलमा आउनुपर्ने बताए । ‘व्यवसायीले सडक रोज्ने होइन, तपाईंको सरकार हो आउनुस, निजी क्षेत्र बिना सरकार चल्ने अवस्था छैन, तर केही दवाब र चाप छ,’ उनले भने ।
उनले अर्थतन्त्रलाई समस्या पर्न नदिनेगरी व्यवसायीहरुसँग छलफल गर्न सरकार तयार रहेको बताए ।