बाइकभन्दा साइकल महँगो !
काठमाडौं । पछिल्लो समय साइकल प्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै मानिसहरूको साइकलप्रतिको क्रेज बढ्दै गएको हो । डिजेल तथा पेट्रोलका सवारी साधनबिक्री गर्दै आएका ठूला व्यवसायीहरूले समेत विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् । सडकमा पनि साइकल चढेर हिड्नेको संख्या दिनप्रतिदिन बाक्लो छ । भर्खर हिँड्न सुरु गरेको बालकदेखि बुढासम्ममा साइकल रोजाइको केन्द्रमा पर्छ । समय अनुसार फरक–फरक ब्राण्डका साइकल नेपाली बजारमा उपलब्ध छन् । पछिल्लो समय हाइकिङमा निस्किदा होस् वा कतै एकान्त रमाइलो ठाउँमा जाँदा किन नहोस् मानिसहरू साइकल यात्रामा जान रमाउँछन् । अहिले युवाहरूले सबैभन्दा रूचाएको ब्राण्डको साइकल हो जायन्ट । जायन्ट ट्रान्स मोडलको उक्त साइकलको मूल्य ३ लाख ८० हजार रूपैयाँ पर्छ । जायन्ट ट्रान्स मोडलको साइकल अमेरिकाबाट नेपाल आयात हुन्छ । असनमा लामो समयदेखि सो ब्राण्डको साइकल बिक्री गर्दै आएका उत्तम मानन्धरले अहिले जायन्ट ब्राण्डको साइकलको धेरै माग भइरहेको बताउँछन् । सञ्चालक मानन्धरका अनुसार यो साइकल युवा र बुढापाका बिचमा लोकप्रिय बन्दै गएको छ । ‘यस ब्राण्डका साइकल आयात गर्ने कम्पनी अर्को छ, हामीले डिलरको रूपमा रहेर साइकलको बिक्री वितरण गर्दै आएका छौं,’ उनले भने । युवाहरुले यस साइकल स्टन्ट, डाउन हिल, अफ रोड र बुढाले यसलाई सवारी र लक्जरीको हिसाबले प्रयोग गर्ने पनि मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार प्रायः ४५ वर्ष माथिका उमेर समूहको बीचमा पनि यो साइकल रोजाइको केन्द्रमा पर्छ । गियर ससेप्शन, उच्च प्रदर्शन ब्रेक, स्मुथ हब, पहाडको बाटोमा पनि मज्जाले कुद्न सक्ने, सिडी भएको बाटोबाट पनि मजाले झार्न सकिने, अफ्ट्यारो बाटोको ओरालो झार्दा यसले अन्य साइकल भन्दा ३ गुणा सपोर्ट गर्ने जस्ता फिचर कारण यो साइकल लोकप्रिय बनेको छ । त्यसैले पनि यो सायकल महँगो पर्छ । ‘यस साइकलको विशेषता बारेमा जति बणन गरे पनि सकिँदैन, किनेर प्रयोग गर्नेहरूलाई सोध्दा पनि साइकल मध्येको सबै भन्दा राम्रो यस ब्रान्डको साइकललाई बताउनु हुन्छ, म व्यापारीमात्र नभई साइकललिस्ट पनि हो, म पनि साथीहरूसँग यो साइकललाई लिएर धेरै ठाउँमा घुम्न गएको छु, यसलाई चलाउँदाको मज्जा बेग्लै छ,’ उनले भने । यो साइकल पहाडको बाटोमा पनि उपयुक्त हुने पनि मानन्धरले बताए । चलाउन सजिलो, यसको लचकता देखेर विदेशीहरू पनि नेपालमा यही साइकल प्रयोग गर्ने गरेको उनी बताउँछन् । साइकलमा विपन्न वर्गदेखि उच्च वर्गका ग्राहकसम्म आकर्षित गर्ने भएको र स्वास्थ्यको लागि पनि साइकल उपयोग हुने उनको भनाइ छ । ‘राजधानीमा साइकलको व्यापार राम्रो छ, बच्चादेखि वृद्धसम्मले साइकलको आवश्यकतालाई मध्यनजर गरेर प्रयोग गर्छन्, सामानको ढुवानीदेखि आवतजावत पनि प्रयोग गर्न साइकल मिल्छ, त्यसैले साइकलको खपत बढ्दो नै छ,’ उनले भने । साइकल चलाउँदा आनन्द पनि बेग्लै हुन्छ । आवश्यकता पर्याे भने अन्य नयाँ फिचरहरू पनि यस साइकलमा लगाउन सकिने उनले बताए । यस ब्राण्डको साइकल फोलडिङमा हुन्छ भने जायन्ट नाम अन्य मोडलका साइकल पनि उनिसँग उपलब्ध छन् । यस ब्रान्डको साइकलको मूल्य नेपालमा ४५ हजार रुपैयाँबाट सुरु हुन्छ । विद्युतीय साइकल पनि उपलब्ध जायन्ट ब्रान्डका विभिन्न मोडलका विद्युतीय साइकल पनि नेपालमा आउने तयारीमा छ । मानन्धरका अनुसार कम्पनीले ग्राहको रोजाइ र अर्डर अनुसार नेपाल पठाउने गरेको छ । मानिसहरू अर्डर गरे अनुसार इभीका साइकलहरू पनि उपलब्ध गराउँदै आएको मानन्धरले जानकारी दिए । यो साइकलको पनि बजारमा उच्च नै माग छ । जायन्ट ब्रान्डका इभीका साइकलहरूको मूल्य ४ लाख रुपैयाँ भन्दा माथि पर्न जाने पनि मानन्धरले बताए । अर्डरको सामान आउन चाहिँ केही समय लाग्छ । ७० किलोमिटरभन्दा बढी दूरी यात्रा गर्न सकिन्छ । यसमा भएकाे ब्याट्रीको २ वर्ष वारेन्टी हुन्छ । ‘यो साइकल लक्जरी हुन्छ, डाँडाकाँडा जता पनि लिएर जान सकिन्छ, लामो यात्राको लागि पनि यो साइकल उपयुक्त हुन्छ,’ उनले भने ।
साझाका बिजुली बस आजदेखि सञ्चालनमा, यी रुटमा गुडछन्
काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौंमा बिजुली बस सञ्चालन गर्ने भएको छ । चीनबाट पहिलो चरणमा काठमाडौं आइपुगेका तीन थान बसबाट साझाले आजदेखि सञ्चालनमा ल्याउन लागेको हो । चीनबाट आएका उक्त बसको सडक भार परीक्षण, नम्बर प्लेट जडान तथा रुट निर्धारण गरेर सञ्चालनमा ल्याउन लागिएको हो । साझाको पुल्चोकस्थित कार्यालबाट उक्त तीन थान बसले बिहीबार ११ बजेदेखि औपचारिक रुपमा सेवा सुभारम्भ गर्ने साझाका सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए । उनका अनुसार तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्नेछ । यस्तै, अर्काे बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्नेछन् । संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो । सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेपछि सञ्चालन गर्न लागेको हो । अब बाँकी ३७ वटा बस विस्तार काठमाडौं ल्याईने जनाईएको छ । उक्त सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । साझाले विद्युतीय गाडीमा महिला चालकलाई प्राथमिकता दिने
नेपाल भित्रियो विद्युतीय माईक्रो बस, फुल चार्जमा २५० किलोमिटर चल्ने
काठमाडाैं । जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । श्री इकाे भिजनरी प्रालिले यसलाई नेपाल भित्र्याएकाे हाे । १४ सिट क्षमताकाे याे माइक्राेबसमा ५० किलाेवाट आवरकाे ब्याट्रि जडान गरिएकाे छ भने यसमा जडान गरिएकाे ८० किलाेवाटकाे माेटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ ।एकपटककाे फुल चार्जमा २५० किलाेमिटर चलाउन सकिने याे माइक्राे बस फास्ट चार्जिङकाे माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यस विद्युतिय माइक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ । सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरूको रूपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्वाधिक ठूलो उत्पादकको रूपमा परिचित छ ।