काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ ।
कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
२००/३०० किलाेमिटर माइलेज रहेको यस गाडीमा ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले बताएकाे छ ।
नक्शालमा रहेको उक्त शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहने बताइएकाे छ ।