फक्सवागनले ल्यायो एक्सचेन्ज अफर, ५० हजारसम्मका एक्सेसरिजका साथै लायल्टी बोनस पनि

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले फक्सवागन मनसुन एक्सचेन्ज याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत ग्राहकहरुले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । कम्पनीकाे अनुसार ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन् । अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउने कम्पनीले जनाएकाे छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ । यति मात्र नभएर ५० हजारसम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेसन जित्न सक्नेछन् । हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केएम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् । पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ ।

निसान बेच्न थालेपछि पायोनियरको आम्दानी ३ अर्ब ७४ करोड, यसपालीको दशैंतिहारमा धक्का लाग्ने

काठमाडौं । निसान गाडी बेच्न थालेपछि पायोनियर मोटो कप प्रालि (पीएमसी)को आम्दानी बढेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको थियो । पायोनियर मोटो कर्प प्रा.लि (पीएमसी) शारदा ग्रुप अन्तरगतको कम्पनी हो । यस कम्पनीमा सन्दीप कुमार शारदाको मात्र सेयर लगानी रहेको छ । पायोनियर मोटो कर्प निसान र ड्याटसनको गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो । सन् २०१४ मा स्थापना भएको यस कम्पनीले पहिला ड्याटसन मात्र बिक्री गर्दथ्यो भने सन् २०१७ पछि निसानको पनि आधिकारिक विक्रेता बनेको छ । अहिले पीएमसीका कुल कारोबारमा निसानको मात्र ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । निसानको किक्स र म्याग्निट सेगमेन्ट नेपालमा बढी बिक्री भईरहेको छ । सन् २०२१ मा राम्रो गरेपनि कम्पनीको लागि सन् २०२२ निकै चुनौतिपूर्ण हुने भएको छ । विदेशी मुद्रा संचितिमा परेको असर र सरकारले कार जीप आयातमा लगाएको प्रतिबन्धले यस कम्पनीको तरलता र नाफामा असर पर्ने रेटिङ कम्पनी एक्रा नेपालले जनाएको छ । सवारी व्यापारको मुख्य समय दशैंतिहार जस्ता महत्वपूर्ण चाडवाडको पूर्वाद्धमा नयाँ गाडी आयात प्रतिबन्द भएकोले आगामी आर्थिक वर्ष कम्पनीको लागि चुनौतिपूर्ण हुनेछ । मौद्रिक नीतिमा कम्तिमा ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा संचिति बनाउने लक्ष्य रहेको तर हाल ६.७ महिनालाई मात्र धान्न सक्ने विदेशी मुद्रा संचिति भएकोले तत्काल सरकारले आयात खुला गर्ने सम्भावना नभएको एक्राले औल्याएको छ । बैंकमा तरलताको अभाव, कर्जाको उच्च व्याजदर र सवारी खरिदकर्तामा पर्ने उच्च लागतको कारण निकट भविष्यमा गाडी आयात खुला भए पनि यसको माग पक्ष कमजोर हुने इक्राले जनाएको छ । राष्ट्र बैंकको नीतिले पनि प्यासेन्जर भेइकल आयातमा क्यास मार्जिन राख्नुपर्ने देखि जोखिमभार वृद्धि गरिदिएकोले पनि कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने भएको छ । प्यासेन्जर भेइकल कर्जामा जोखिम भार पहिला ७५ प्रतिशत राखिएकोमा त्यसलाई बढाएर १५० प्रतिशत जोखिमभार राख्नु पर्ने नीति राष्ट्र बैंकले लिएको छ । त्यस्तै क्यास मार्जिन १० प्रतिशत राख्दा हुने पुरानो व्यवस्था संशोधन गरी ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिकूलताको बीचमा एक्रा नेपालको रेटिङमा सर्ट टर्मको लागि कम्पनीले ‘ए फोर प्लस’ पाएको छ । सर्ट टर्म लोन र नन फण्डिङ सपोर्टको लागि कम्पनी उत्कृष्ट रहेको संकेत गर्दछ । कम्पनीको प्रवद्र्धक राम्रो भएको, अघिल्ला वर्षहरुको तुलनामा सन २०२१ को व्यापार राम्रो भएको, निसानको गाडीप्रति उपभोक्ताको रुची भएकोले पनि रेटिङ राम्रो पाएको देखिएको छ ।

टिभिएसको आयोजनामा अपाचे ओनर्स ग्रुप राइड विराटनगरमा सम्पन्न

काठमाडौं ।  टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ । उक्त एओजी राइड टीभीएसको ३५ अपाचे राइडरहरुको सहभागीता थियो । कम्पनीले वर्षौंदेखि उक्त राइड आयोजना गर्दै आएको छ । टीभीएसले अपाचे बाइक हुनेहरुको एओजी ग्रुप बनाएर राइडमा लाग्दै आएको छ।राइड साउन १४ गते शनिबार विराटनगरको महेन्द्र चोकबाट सुरु भएर नेता चोक, विराट चोक, इटहरी, इनरूवा र कोशीटप्पुस्थित अक्वा बर्ड रिसोर्ट पुगेर सकिएको थियो । विभिन्न पेसामा रहेका सहभागीले भाग लिएको एओजीमा २०० भन्दा धेरैले आवेदन दिएका थिए । तर आयोजकले आवेदन दिएका मध्येबाट ५३ जना राइडरहरुलाई मात्रै छनोट गरेको जनाएको छ। विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई कम्पनीले विराटनगरमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने भएको छ । टीभीएसले ग्राहकलाई विभिन्न कार्यक्रम र एडभेन्चर राइड सञ्चालन गरिरहेको छ। कम्पनीले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको बताएको छ । एओजी राइडमा सहभागी हुने राइडरहरुले यस्तै खालका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ । यस एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाइ कम्पनीले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो ।