काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा ठूलो ब्याट्री क्षमता, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको नयाँ टाटा पन्च ईभी सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ ।
नयाँ टाटा पन्च ईभीमा प्रिमियम इन्टेरियर, आधुनिक कनेक्टिभिटी फिचर्स तथा आरामदायी ड्राइभिङ अनुभवलाई प्राथमिकता दिइएको छ ।

उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो सवारी नेपाली सडकको विविध भूगोल र यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
सुरक्षालाई समेत प्राथमिकतामा राखिएको यस विद्युतीय एसयूभीले ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले चालक र यात्रुको सुरक्षासँगै विश्वसनीय प्रदर्शन सुनिश्चित गर्नेछ ।
लामो रेन्ज, ठूलो ब्याट्री क्षमता र एसयूभीको आकर्षक डिजाइनका कारण नयाँ टाटा पन्च ईभी नेपाली बजारमा विद्युतीय सवारीको विकल्पका रूपमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।
आरामदायी इन्टेरियरका साथै अझै धेरै स्मार्ट तथा प्रिमियम फिचर्सहरू समावेश गरिएकाले यसले चालकलाई उत्कृष्ट एवं सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्नेछ।
