काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघले आयोजना गरिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत मात्र सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार यो विशेष योजना साउन २६ देखि ३१ गतेसम्म अर्थात् ११ देखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर लागू हुनेछ ।
सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउने बैंकले विश्वास लिएको छ ।
विशेष योजनासम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।