४० लाख पर्ने नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा

<p>काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले न्यु स्टाइल, न्यु स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मीले हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको बताएको छ । हुन्डाई भेन्यूको पछिल्लो भागमा विस्तारित कनेक्टिङ्ग एलइडी [&hellip;]</p>

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले न्यु स्टाइल, न्यु स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मीले हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको बताएको छ ।

हुन्डाई भेन्यूको पछिल्लो भागमा विस्तारित कनेक्टिङ्ग एलइडी लाइट ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै, हुन्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ ।

नयाँ हुन्डाई भेन्यूको फराकिलो बनावट र टु टोन ब्ल्याक ग्रेज इन्टेरियरका कारण निकै नै आरामदायी रहेको कम्पनीको दावी छ ।

नयाँ हुन्डाई भेन्यूमा विस्तारित बुट स्पेस सहितको ६०ः४० स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ्ग सिट, इर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, वाएरलेस फोन चार्जर, कन्ट्रोल एसी र स्मार्ट सनरुफ लगाएतका सुविधा रहेको छ ।

तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख रुपैयाँ कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

Share News