अशोक लेल्यान्डले पोखरामा लञ्च गर्यो नयाँ शोरुम र सर्भिस सेन्टर, थप ४ आउटलेट सञ्चालनमा ल्याउने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट-इन-क्लास शोरुम र स्टेट-अफ-द-आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ । ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो । नयाँ सुविधायुक्त सेवा पोखरा-बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् । अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् । आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ । स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउँछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् । कम्पनीले आफ्ना ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको हो । शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’ ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आइएमई मोटर्सरअशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिवद्ध छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट-इन-क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ हुन् । आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनेछ । साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल (भेन्चर हायर पर्चेज प्रा.लि) र नबिल बैंकसँग सम्झौता गरिसकेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ । नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

अब मारुतीको सबैभन्दा सस्तो कार नपाइने, कम्पनीद्वारा अल्टो-८०० को उत्पादन बन्द

एजेन्सी । मारुती सुजुकी इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन अल्टो-८०० को उत्पादन बन्द गरेको छ । कम्पनीले अहिलेसम्म कुनै अफिसियल घोषणा गरेको छैन, तर, इन्डिया टुडेको रिपोर्टमा हैचबेक सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने वाला कारको उत्पादन बन्द गरेको छ । अल्टो-८०० सन् २००० देखी बजारमा बिक्री हुँदै आएको थियो । कम्पनीले सन् २०१० सम्म १८ लाख वटा कार बिक्री गरेको थियो । सो पश्चात कम्पनीले अल्टो के-१० लन्च गरेको थियो । सन् २०१० देखि अहिलेसम्म अल्टो-८०० १७ लाख र अल्टो के-१० नौ लाख ५० हजार थान बिक्री गरेको जनाएको छ । कम्पनीले प्रत्येक एक घण्टामा एकसय वटा कार बेच्दै आएको छ । कम्पनीले अल्टो के-१० ६ लाख र अल्टो-८०० सवा पाँच लाख भारुमा बिक्री गर्दै आएको थियो ।

सिप्रदीले अब बाग्लुङबाट पनि सेवा दिने

काठमाडौं । टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि हुने भएको छ । सिप्रदी ट्रेडिङ्गले बागलुङमा २६औं शाखा संचालनमा ल्याएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरेको हो । सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्ने प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । साथै, टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिए । टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ, यदि नभएमा प्रति दिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ, उनले भने । ‘त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित बीमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ, ग्राहकहरुको गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको एएमसि सुविधाहरु पनि प्रदान गर्नेछ, अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ,’ उनले थपे । उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरु भएकाे छ ।