देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरीले बढायो खोजी कार्य

काठमाडौं । नेपाल प्रहरी र प्रशासनले नक्कली पाटपुर्जाहरुको अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य बढाएको छ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएको सुराकी पाएपछि प्रशासनले खोजी कार्य तिव्र बनाएको हो । यसैक्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्कीलाई प्रहरीले सचेत गराएको छ । यस्तै, प्रहरीले उपत्यकाबाहिर पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई पनि सचेत गराएको छ । यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको नेपालका लागि टाट मोटर्सका टेरिटरी पार्टस् म्यानेजर मनिस कुमार बताउँछन् । ‘यसले गर्दा वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्,’ उनले भने । अवैध कारोवारमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।

नयाँ वर्षमा हुन्डाईको गाडी किन्दा साढे ८ लाखसम्मको छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको हो । यो योजना चैत १३ देखि सुरु भएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउँनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । हुण्डाईले गएको महिना मात्रै भेन्यु र यनआइओयस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याटब्याक, कम्प्याक्ट, यसयुभि तथा इभि गाडी खरिद गरि फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

निसान गाडीको लागि पायोनियर मोटो कर्पले ल्यायो ‘सुरक्षा प्याकेज’

काठमाडाैं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज ल्याएकाे छ । कम्पनीकाे निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागि आफ्टर-सेल्स सेवाकाे रुपमा याे प्याकेज ल्याएकाे हाे । यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने कम्पनीले बताएकाे छ । पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ । कम्पनीकाे अनुसार यो प्याकेज गोल्ड र सिल्भरमा उपलब्ध छ । सिल्भर प्याकेजमा नि:शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन् । यस्तै, दुवै प्याकेजहरूमा नि:शुल्क २४-घण्टे रोड साइड असिस्टेंस, बडि पार्टस् र  शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ । यो सेवा नेपाल अधिराज्य भरी रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।