विकासन्युज

डीएचआई गुणस्तरमा नम्बर वान छ : सीईओ पौडेल

नेपाली इलेक्ट्रोनिक्स बजारमा डिजिटल होम इन्टरनेशनल (डीएचआई) एक परिचित ब्राण्ड हो । छोटो समयमा नै लोकप्रिय बन्दै गएको उक्त ब्रान्डले विद्युतीय घरायसी उपकरण (होम अप्लाएन्स) को उत्पादन तथा वितरण गर्दै आएको छ । नेपाली ब्रान्ड रहेको डीएचआईले उच्च प्रविधिको प्रयोग गरी इलेक्ट्रोनिक्स सामानहरूको उत्पादन गरी बिक्री गरिरहेको छ । डीएचआई ब्राण्डको उत्पादन ठूला सहरका मानिसहरुले उपभोग नगरेको सायद विरलै होलान् । अब गाउँगाउँमा पनि डीएचआईको प्रडक्ट पुर्याउने योजना कम्पनीको छ । डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरू बजारमा ल्याउँदै आएको छ । अत्याधुनिक र नवीनतम् प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरूको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरूको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने कम्पनीको दाबी छ । कम्पनीको काम, यसले उत्पादन गर्ने सामान, भावी योजना लगायतका विषयमा होम इन्टरनेसनल (डीएचआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकान्त पौडेलसँग राजिव न्यौपानेले कुराकानी गरेका छन् । डिजिटल होम इन्टरनेसनल (डीएचआई) कस्तो कम्पनी हो, यसले कस्ता सामानको उत्पादन गर्छ ? डीएचआई होम अप्लाएन्सको प्रिमियम सेक्टरको कम्पनीमात्र नभई यो एउटा ब्रान्ड हो । यसले विद्युतीय घरायसी उपकरणहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीको स्थापना सन् २०१९ मा भएको हो । त्यस पश्चात् २०२१ को अन्त्यसम्म सेटप बक्सको एसेम्बल गर्याे । यो डिजिटल टेलिभिजन हेर्ने डिभाइस हो । त्यसको काम सकिसकेपछि यसलाई होम अप्लाएन्समा पनि एसेम्बल गर्नुपर्छ भन्ने मनसायले यस कम्पनीको स्थापना गरेका हौं । नेपालमा बिद्युतको उपलब्धता बढ्दै छ । भविष्यमा होम अप्लाएन्सको आवश्यकता बढ्नछ । यस्तो अवस्थामा होम अप्लाएन्सको उत्पादन तथा बिक्री गर्नुपर्छ भन्ने मनसाय थियो । त्यो पश्चात् इन्टरनेट र डीटीएच सेवा प्रदायक कम्पनी डिस होमसँग आफ्नो भगिनी सम्बन्ध कायम गरी कम्पनी डिजिटल होम इन्टरनेशनल प्रालिमार्फत् विद्युतीय घरायसी उपकरण (होम अप्लाएन्स) को उत्पादन तथा वितरण अघि बढायौं । १ अर्बको लगानी गरेर यो कम्पनीको सुरुवात गरेका हौं । अहिले हामीले नेपालको मुख्य ठाउँमा मेजर डिलरको मातहतबाट उपभोक्ताहरूलाई डीएचआइ ब्रान्डका सामानको बिक्री गर्दै आएका छौं । डिएचआईका विभिन्न उत्पादन जस्तै, टेलिभिजन देखि कपडा धुनी मेसिन लगायतका सामान्य घरमा प्रयोग हुने इलेक्ट्रोनिक्स होम अप्लाएन्सको यो प्रदायक कम्पनी हो । नेपालको मेजर सिटी र कतिपय पहाडका इलाका पनि यस ब्रान्डका उत्पादनहरू उपलब्ध छन् । घरायसी कामलाई छिटो, छरितो र झन्झटरहित तरीकारले सक्न घरायसी विद्युतीय उपकरणहरूको उत्पादन र वितरण सुरू गरेका हौं । डीएचआई ब्रान्डका सामानहरू कुन–कुन ठाउँमा उपलब्ध छन्, सामानको मूल्य कस्तो छ ? डीएचआइका सामानहरू इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण हुने ठाउँमा पाइन्छ । यसका ब्रान्डको सामानहरू सजिलै उपलब्ध गर्न सकिन्छ । २ सय भन्दा बढी हाम्रो डिलरहरू छन् । ती पसलमा गएर पनि यो ब्रान्डका सामानहरू किन्न सकिन्छ । यसका साथसाथै अनलाइनबाट पनि अडर गर्न सकिन्छ । डीएचआई ब्रान्डका सामानहरू प्रीमियम रेन्जको प्रडक्ट हो । अहिले हामीले लञ्च पेज भएको कारणले गर्दा यसलाई बजेट मूल्यमा नै राखेका छौं । जुन चाहिँ नेपाली उपभोक्ताहरूले किन्न सक्ने मूल्य भित्र पर्छ । हामीले सामानको बजेट हेरेर मूल्यको निर्धारण गरेका छौं । डिलर विस्तार गर्ने योजना के छ ? हामी आफै इलेक्ट्रोनिक्स घरायसी उपकरणको उत्पादन तथा बिक्री गर्ने कम्पनी भयौं । नेपालको मेजर २०/-२२ वटा सिटीमा हाम्रो सर्भिस नेटवर्क छ । डिलरको विस्तारलाई पनि हामीले बढाउने योजना बनाएको छौं । हाम्रो पहिलो प्राथमिकता सर्भिस हो ।सुरुवात देखिनै सर्भिस सेन्टर हुनुपर्छ बिक्री पछिको सेवा दरिलो हुनपर्छ भन्ने हाम्रो मान्यता हो । सर्भिस बिना अहिलेको समयमा हामी टिक्न सक्दैन । सर्भिस भइसकेपछि हामीले उत्पादन भएका सामान जति बिक्री गछौं, त्यति नै हामी बिक्री पछिको सेवालाई फोकस गर्छौं । ताकी उपभोक्ताले हाम्रो सामान लिइसकेपछि ढुक्क भएर चलाउन सकुन् । विश्वसनियताको आधार पनि हाम्रो सर्भिस नै हो । हाम्रो प्रडक्ट प्रायः नेपालमा नै उत्पादन हुन्छ । यहाँ उत्पादन हुन नसकेका सामानहरू भारत र चीनबाट ल्याउँछौं । उपभोक्ताहरूले डीएचआई इलेक्ट्रोनिक्सको कुन सामान बढी रुचाउँछन्, अथवा बढी माग र खपत कुन सामानको बढी हुन्छ ? माग र खपत समय अनुसार हुन्छ । अहिलेको अवस्था हेर्ने हो भने विद्युतिय चुलोको माग बढी आइरहेको छ । अहिले नेपालका दुर्गम ठाउँमा पनि बिजुली पुगिसकेको छ । त्यसैले इलेक्ट्रोनिक्स सामानहरु प्रयोग गर्ने मासिनको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विद्युतीय चुलोको माग उच्च भएका कारण विशेष अहिले हामीले विद्युतीय चुलो उत्पादनमा नै फोकस गरेर काम गरिरहेका छौं । हाम्रो क्वालिटी राम्रो भएको कारणले पनि ग्राहकले रुचाएका छन् । समग्रमा ग्राहकले हाम्रो सबै सामान रुचाएका छन् । हामीले ग्राहकले कुन सामान बढीरुचाए भनेर थाहा पाउनको लागि त्यसको सेल्स र डिमाण्ड नै हेर्ने हो । उपभोक्ताहरूले तपाईंको सामान किन प्रयोग गर्ने ? यसको विषेशता के कस्ता छन् ? अहिले हामीले दुई वटा कुरा उत्पादनको गुणस्तर र बिक्रीपछि सेवामा फोकस गरेर काम गरिरहेका छौं । यस ब्रान्डबाट उत्पादन भएको सामानलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । यसमा हामीले कुनै पनि कम्परमाइज्ड गरेका छैनौं । विद्युतीय सामान हो । कहिले काहिँ समस्या नआउला भन्न सकिन्न । तर, यी समस्याको समाधान गर्ने पनि हाम्रो कम्पनीको दरिलो नेटवर्क छ । त्यो नेटवर्कले सामानको मर्मत सम्भार गर्छ । हाम्रो उत्पादनको सामानहरू उपभोक्ताको बजेटले नै आउँने गरी मूल्यको निर्धारण गरेका छौं । बिक्री पछिको सेवा पनि हाम्रो दरिलो नेटवर्क भएको कारणले हाम्रो उत्पादन अन्य प्रडक्ट भन्दा उत्कृष्ट छ । त्यही भएर डीएचआईका सामानहरूको प्रयोग गर्न आग्रह गर्छु । हामीले बनाएको प्रडक्ट विश्व गुणस्तरीय छन् । डीएचआई इलेक्ट्रोनिक्सको आगामी योजना के छ ? आगामी दिनमा नेपालमा नै बढी भन्दा बढी गुणस्तर सामानको उत्पादन गर्ने सोचमा छौं । नेपाली उपभोक्ताहरूलाई नयाँ टेक्नोलोजीसँगै अगाडि बढाउने काम अहिले पनि गरिरहेका छौं र अझैँ पनि गर्नेर्छौं । अहिले हामी जुन प्रडक्ट दिइरहेका छौं त्यसको परिस्कृत रूप र झन् बढी गुणस्तर दिने काम हामी गर्छौं । हाम्रो मुख्य लक्ष्य भनेको प्रत्येक नेपालीको घरमा डीएचआईका प्रडक्ट पुर्याउनु हो । बजारमा प्रतिस्पर्धी हुनलाई स्थानीय स्तरमा मुल्याङकन धेरै हुनुपर्छ । सामानको मुल्य घटाउनको लागि भनेर गुणस्तर कमी आउन दिने छैनौं । यो एक नेपाली ब्रान्ड हो । यस कम्पनीमा विदेशी केही पाटर्नरहरु छन् । उनीहरूसँग हामीले प्रविधि सहयोग माग गरेका छौं । अहिले नै यसलाई ग्लोबल ब्रान्ड भन्ने नभनौं भोलिको दिनमा हुन पनि सक्ला । आगामी दिन होम अप्लाएन्सको सामानहरू यहिनै उत्पादन गर्छौं । प्रविधिका हिसाबलअहिले हामीलाई चाइनाको टिमले सहयोग गरिरहेको छ । यो टिमबाट यहाँका कर्मचारीलाई पनि त्यो ज्ञान बारेमा सिकाइरहेका छौं । सधै भरी विदेशी नै आएर सामान बनाउँछ सकिँदैन । त्यस कारणले गर्दा दक्ष जनशति अहिलेको आवश्यकता पनि हो । केही समयपछि नेपाली जनशक्तिले नै गुणस्तर सामानको उत्पादन गर्ने सक्ने किसिमले काम गरिरहेका छौं । हाम्रो कम्पनीबाट अहिले एक सय जनाले रोजगारी पाइरहेका छन् । तपाईंहरुको प्रडक्टकहरु प्रयोग गर्ने उपभोक्ताबाट कस्तो प्रतिक्रिया आइरहेको छ ? हामीलाई राम्रै र सकारात्मक प्रतिक्रिया नै आइरहेको छ । हाम्रो प्रडक्ट उपभोक्ताले लिइसकेपछि हामीले उनीहरूलाई कल गर्छौं । उपभोक्ताले हाम्रो सामान प्रयोग गरेपछि उनीहरूको सुझाव लिनको लागि सो कल गर्ने गरेका हौं । कतिपय अवस्थामा उभोक्ताहरुबाट कस्तो सुझाव आउँछ भन्ने विषयमा थाहा पनि हुन्छ । उनीहरूको सुझावलाई कलेक्ट गरी हाम्रो सामानहरूको गुणस्तर अझै राम्रो बनाउने प्रयास गर्छौं । उपभोक्ताबाट राम्रो प्रडक्ट चाहियो मूल्य चाहिँ बेस्ट हुनु पर्याे चाहि कम हुनु पर्याे भन्ने सन्देश आउँछ । त्यो दुबैलाई समेटेर लग्ने योजना बनाएका छौं । मूल्यलाई पनि समायोजन गर्ने नै छौं । यो एकै चाटोमा हुँदैन बिस्तारै हुने भएको निश्चित मूल्यको किटान अवश्य नै गर्ने छौं । जनरल ग्राहकहरू डीएचआई ब्रान्डप्रति विश्वस्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले बजार विस्तारको रणनीति कसरी अपनाइरहेको छ ? सबैभन्दा पहिला ब्रान्डको ‘इस्टाबिलिस’ नै महत्वपुर्ण छ । अहिले अनलाइनबाट बजारिकणको उपयाहरु अपनाइरहेका छौं । हाम्रो प्रडक्टको गुणस्तर नम्बर वान छ । बजारमा मात्रै फोकस गरेर गुणस्तरतर्फ ध्यान दिएनौं भने धेरै समय हामी टिक्दैनौं । लामो समयसम्म हामी सफलता हासिल गर्नको लागि गुणस्तर सामान उपभोक्ता बीच पुर्याउने काम गर्छौं । अब तत्कालै ल्याउने कुनै नयाँ प्रडक्ट छ ? अहिले हाम्रो प्रडक्टको रेन्ज १५ वटा छ । अहिले त्यसलाई २८ देखि ३० वटा पुर्याउने लक्ष्यमा छौं । प्रडक्टको रेन्ज घरायसी उपकरणहरू नै हुन् । कम्पनीले हाल फ्रिज, वासिङ मेसिन, वाटर फिल्टर, वाटर हिटर, इन्डक्सन, इन्फ्रारेड स्टोभ, राइस कुकर, भ्याक्युम क्लिनर, ग्रान्डरजस्ता १५ भन्दा बढी घरायसी उपकरणको उत्पादन तथा बिक्री गरिएको छ । अझैँ हामी उपकरणहरू थप्ने तयारीमा नै छौं । अन्त्यमा, यस कम्पनीको उत्पादन प्रयोग गरिरहेका उपभोक्ताहरूलाई डीएचआई ब्राण्डको सन्देश केही छ ? तपाईंले गर्ने एउटा राम्रो निर्णय मध्ये डीएचआईको प्रोडक्टहरु उपभोग हुन सक्छ । यस प्रडक्टको सामानहरू खरिद गरेपछि मैले राम्रो सामान नै किने रहेछु भने फिल सामान प्रयोग गरेपछि थाहा हुन्छ । सामान प्रयोग गर्दै गर्दा आउने समस्यालाई हामी हेर्छौं । त्यस कारणले उपभोक्ताहरूको लागि होम अप्लाएन्सका सामानहरू किन्दा राम्रो हुन्छ । तपाइलाईको बजेटको हिसाबले हामीले यसको डिजाइन गरेका छौं ।

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको उनले बताए । ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,’ उनले भने,’गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो ।’ अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए ।    

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीले संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कडेल बताए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ अकाउन्टेन्टस द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ । बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा र २ हजारभन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

चेम्बर भन्छ : मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । चेम्बरले आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुुपात तीनबाट चारमा पु¥याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य एवं मूल्यवृद्धि सात प्रतिशतमा नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएकोमा त्यसलाई घटाएर चालु वर्षका लागि १२ प्रतिशतमा सीमित गर्न खोजिएको छ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात पनि बढाइएको छ । यसले आर्थिक गतिविधिलाई थप सङ्कुचित पार्नेछ ।’ नगद प्रवाहलाई सङ्कुचन एवं कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको आठ प्रतिशतको लक्ष्य र मूल्यवृद्धि सात प्रतिशतमा सीमित गर्न कठिन हुने चेम्बरको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि मौद्रिक नीतिका कारण सङ्कुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरले बताएको छ । कोभिड महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुर्नकर्जा दिने व्यवस्थामा यसलाई नीतिगत लचकतासहित सुरक्षित अवतरण गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

भरतपुर आँखा अस्पताले पायो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो । आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन् । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताइन् । उनले भनिन्, ‘यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।’ भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उनले भनिन्, ‘अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धताअनुसारको त्यो जिम्मेवारी पूरा गर्नेर्छाैं ।’ कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न खुसीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौँ, भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच छ ।’ नेपालको आँखा उपचारको क्षेत्रमा सङ्घद्वारा सञ्चालित अस्पतालको सेवा ९० प्रतिशत रहेको जानकारी दिँदै चन्दले अस्पतालको स्तरोन्नतिका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘गुणस्तरीय व्यवस्थापन रहेकै कारण हामीले यो चिह्न प्राप्त गरेका हौँ ।’ उनले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहनुहुने नेपाल नेत्रज्योति सङ्घका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताप्रति विशेष धन्यवाद ज्ञापन गरे । सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले अस्पताल र सेवा केन्द्रबाट प्रत्यक्षरुपमा सेवा पाएका छन् । रासस

अब भरतपुर अस्पतालमा बहिरङ्ग सेवा शुल्क नलाग्ने

चितवन । भरतपुर अस्पतालले आजदेखि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको ३० शुल्क आज(आइतबार)देखि नलिने निर्णय गरेको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो । यसबाट बिरामी प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । उनले भने, ‘टिकटका लागि पालो कुर्नुपर्ने समस्याको केही हदसम्म समाधान हुन्छ ।’ पछिल्ला वर्षहरुमा अस्पतालले बिरामीको उपचारमा सहयोग हुने गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आएको उनी बताउँछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले महिला र बीमामार्फत आउनेहरुलाई यसअघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।’ पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उनको भनाइ छ । अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो । सङ्घीय अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क गरिएको पहिलो हो । अस्पतालले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिकामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए । ‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छाैं’, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ ।’ गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए । ‘यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो बाध्यता हटेको छ ।’ वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए । ‘यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ’, प्रमुख खनालले भने, ‘तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ ।’ अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगरे सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्नसक्ने अवस्था सिर्जना भएको प्रमुख खनालको भनाइ छ । ‘सेवा सुरु गरेको छोटो अवधि दुई जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्नसकेका छौँ,’ उनले भने, ‘एक जना महिलाको तत्काल शल्यक्रिया गर्नुपर्ने र एक जना महिलाको शिशुको स्वास्थ्य अवस्था ठीक नभएको पाइएपछि आमाको सुरक्षाका लागि गर्भपतन गर्न सुझाव दिएकाले समयमा गर्भपतन गर्दा ज्यान खतराबाट जोगिएको छ ।’ गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । रासस

एनसीसी बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार, ५२ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २ अर्ब २ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५१.८७ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको नाफा कमाएको थियो । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १२.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८.१५ रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ३२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै, बैंकको जगेडा कोषको रकम २२.९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २६.४२ र २८.७२ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । निष्कृय कर्जा (एनपीएल) १.७६ प्रतिशतबाट बढेर १.९३ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो पनि ७८.१४ प्रतिशतबाट ८६.५८ प्रतिशत पुगेको विवरणमा उल्लेख छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.९६ प्रतिशत पुगेको छ ।