विकासन्युज

विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवद्र्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गरिन् । उनले हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको बताउँदै स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको प्रष्ट पारिन् । जलस्रोतको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न विद्यमान क्यु ४० को डिजाइन व्यवस्थालाई हटाई जलविद्युत् आयोजना विकास गर्ने व्यवस्था लाइसेन्स र पिपिएमा मिलाउन खोजिएको उनको भनाइ थियो । नदी प्रवाह आयोजनाहरुको पिपिए पुनःसुरु गर्नेतर्फ गृहकार्य सुरु गरिएको पनि उनले जानकारी दिइन् । उनले भारतले नेपालका विभिन्न छ आयोजनाको करिब ३६५ मेगावाट विद्युत् भारतीय एक्सचेञ्ज बजारमा निर्यात गर्नसक्ने गरी स्वीकृति प्रदान गरेअनुसार नेपालले सो बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गरिरहेको र थप आयोजनाको विद्युत् निर्यात स्वीकृति प्राप्त गर्न राजनीतिक तथा कूटनीतिक प्रयास भइरहेको जानकारी दिइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्नाथ पौडेलले नेपालको विद्युत्को आन्तरिक खपत बढाउन र निर्यात गर्नका लागि विद्युत् उत्पादन, प्रशारण र वितरणको लागतलाई घटाउन आवश्यक रहेको बताउँदै यी तीनै क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र जल तथा शक्ति आयोगकको सचिवालयका सचिव दिनेश घिमिरेले विद्युत्को आन्तरिक खपतमा वृद्धि र विद्युत् निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले बढीभन्दा बढी विद्युत् उत्पादन र प्रसारण लाइनको विस्तारमा जोड दिनुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारबाट प्राधिकरणले छोटो समयमै राम्रो आम्दानी गर्न सकेको् तथ्याङ्क प्रस्तुत गर्दै आन्तरिक रुपमा विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय भान्छा र उद्योगधन्दामा विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा डा रामप्रसाद धिताल र मनोज खड्काले ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य निर्धारणका सैद्धान्तिक पक्ष र नेपालको सन्दर्भमा उपयुक्त ढाँचाका बारेमा प्रकाश पारेका थिए । सो प्रस्तुतीकरणमाथि विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थ, वित्तीय क्षेत्र दिगो कार्यक्रमका टोली प्रमुख सूर्यप्रसाद आचार्य, राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवाली र आइआइडिएस संस्थाका कार्यकारी निर्देशक डा विश्वास गौचनले पनि विभिन्न धारणा राखेका थिए । सेजोनका अध्यक्ष जनार्दन बराल र महासचिव भागवत भट्टराईले विद्युत्को आन्तरिक खपत बढाउन र अन्तरदेशीय विद्युत् व्यापारलाई विस्तार गर्न सरकार र निजी क्षेत्रबाट गरिनुपर्ने पहलका बारेमा बोलेका थिए ।

सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक : निर्माण व्यवसायी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्राैं संशोधन सकारात्मक भएको बताएका छन् । एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे । प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको  बाह्राैं संशोधन आएसँग सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेशालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ’ अध्यक्ष सिंहले भने । समृद्धिका सारथी निर्माण व्यवसायीहरू विना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनले बताए । महासंघका मानार्थ सदस्य समेत रहनु भएका संघीय सांसद् जीप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । त्यस्ता विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाख भन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने तर्क गरे । निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायीहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीहरूका समस्याबारे चर्चा गरेका थिए । यसैबीच महासंघको विधान बमोजिम एसोसिएट उपाध्यक्ष स्वत एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधान अनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरेको छ । सचिवद्धयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भए । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । भेलामा महासंघको कार्य समितिमा एशोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीको विभिन्न सेवामा छुट (सूचीसहित)

काठमाडौं । सिभिल बैंकले कुल ४० वटा कम्पनीको सेवामा आफ्ना ग्राहकहरुको लागि छुटको व्यवस्था भएको बताएको छ । बैंकले हालसम्म आफ्ना ग्राहकलाई अस्पताल, रेष्टुरेन्टदेखि लिएर ब्युटी पार्लरसम्म छुटको व्यवस्था गरेको जानकारी दिएको छ । बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ग्राहकलाई सो स्थानहरुमा छुटको व्यवस्था हुनेछ । कारोबार नगदरहित बनाउन विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको बैंकले जनाएको छ । साथै, आगामी दिनहरुमा यसको अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए । करीब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ । Vendor Location Province Offer Birat Medical College and Teaching Hospital Tankisinwari, Morang 1 10% Nims National Hospital Pvt. Ltd Damak, Jhapa 1 10% Birta Eye Care Birtamod, Jhapa 1 OPD: Free Optical:20% Medicine:5% Operation: 10% Lab: 5% Birta Green palace Birtamod, Jhapa 1 10% Discount food & Beverage 10% Room Hotel Easton Blue  Fikkal, Ilam 1 8% Dadaghare Restura Arjundhara-7, Jhapa 1 Food: 15%; Room 10%; Beverage 10% Surya Hospital Pvt. Ltd. Chhapakaiya 2, Birgunj, Parsa Madhesh (Pharmacy 10%); (Bed charge, Lab Charge, Radiology, Operation/Procedures: 15%); (Whole Body Check-up Package: 20%) Note: Special 3% addition discount if payment made through QR Sanepa Delight Fast Food & Café Lalitpur Bagmati Food:10% Laxmee Hair and Beauty Studio Lalitpur Bagmati Flat:10% Bagaicha Steak & Grill Bar Khasi bazar, Kathmandu Bagmati Flat: 5% Gamala Ghar Pvt. Ltd. Kupondole- Lalitpur, Bansbari- Kathmandu, Maharajgunj- Kathmandu Bagmati Flat: 10% Be Humble Sorakhutte, Kathmandu Bagmati 15% Discount using Promo Code on Website “CIVIL” Galaxy Specialty Clinic Pvt. Ltd Maharajgunj, Kathmandu Bagmati X-ray, USG, ECG, ECHO & all other services provided by galaxy clinic: 10% OPD services provided by galaxy: 25% Cake Station Nepal Baneshwor, Kathmandu Bagmati 10% Kathmandu PathLab and Diagnostic Center Pvt.Ltd Maharajgunj, Kathmandu Bagmati In-house Lab Test: 25% Outsourced Lab Test: 10% Culture Test: 10% Rupse Holidays Hattisar, Kathmandu Bagmati Tour Packages 5% (Fixed Departure Only) Maku Chhen Kalanki, Kathmandu Bagmati Flat 15% off Coffee Ghar CTC Mall, Sundhara, Kathmandu Bagmati 10% Pumori Journeys Pvt. Ltd Sanepa, Lalitpur Bagmati International Tour 6% and Domestic Tour 7% Encode Genetic & Diagnostic Lab Pvt Ltd Thado Dunga, Lalitpur Bagmati 15% Tesla Pharmacy Pvt. Ltd. Baluwatar, Kathmandu Bagmati Up to: 7% Clinic One Kathmandu Pvt. Ltd Maharajgunj, Kathamadu Bagmati Lab Test: 10% USG: 10% X-Ray: 10% ECHO: 10% Endoscopy: 7% Medicine: 7% ECG: 15% Vintuna Newa Kitchen Lalitpur Bagmati Food:10% Room & Beverage: 15% Valley Fish Nayabazar, Sorhakhutte, Kathmandu Bagmati Flat: 10% Akama Hotel Pvt. Ltd. Dhumbarahi, Kathmandu Bagmati Food: 10% Beverage:10% Charak Memorial Hospital Pokhara, Kaski Gandaki 5% Pharmacy, 10% Bed charge, lab Charge, Radiology and 20% whole body Check Up Annapurna Cable Car  Pokhara, Kaski Gandaki 10% Discount Atithi Resort & Spa Pokhara, Kaski Gandaki Food:15% Spa:20% Beverage:15% Bar Peepal Resort Pvt. Ltd. Pokhara, Kaski Gandaki FOODS AND BEVERAGE- 10%; SPA- 20% Chautari Boutique Hotel Pokhara, Kaski Gandaki 10% Galaxy Hospital Pvt. Ltd. Pokhara, Kaski Gandaki Bed Charge:12% Lab Charge: 10% Radiology: 10% Pharmacy: 7.5% Operation/Procedure: 10% Hotel Pauwa Siddharthanagar-6, Bhairahawa, Rupandehi Lumbini 10% discount on food and beverages 20% discount on boating and Swimming Corporate discount on room Karnali Rafting & Adventure Pvt. Ltd Tikapur-1, Kailali Sudurpaschim Nisarga Hospital and Research Center Pvt. Ltd. Dhangadi – 05, Kailali. Sudurpaschim General Bed 15%, Cabin 10%, I.C.U 12.50%, N.I.C.U 12.50%, Laparoscopic Surgeries 7.50%, Lab Investigation 20%, USG,X-ray ,Echo, Endoscopy 10%, Pharmacy 5%,  OPD/ER Ticket 12.50%, General surgery, Orthopedic And Gynea obs 10% Hotel New Anand Kanchanpur Pvt. Ltd. Galli No 3 Mahendranagar, Bhimdatta 04, Kanchanpur Sudurpaschim 10 % Discount on Food & Beverage 20 % Discount on Lodging. United Diagnostic Laboratory and Research Center Galli No 4 Mahendranagar, Bhimadatt 04, Kanchanpur Sudurpaschim Basic Health Package (Whole Body Package) I -15 % Basic Health Package (Whole Body Package) II -15 % Basic Health Package (Whole Body Package) III -15 % Basic Routine Test -10 % Rosyo Hospitality Dhangadhi, Kailali Sudurpaschim Flat:5% Maya Metro Hospital Dhangadhi-4, Kailali Sudurpaschim Bed Charge (Normal/Cabin) 10%; OT 10%; USG 10%; Lab 10%; Endoscopy 10%; Pharmacy 5%; Echo 10% Navjeevan Hospital Pvt. Ltd. Dhangadhi-3, Kailali Sudurpaschim O.P.D 10%; OT 10%; AC Bed 10%; ICU, NICU 10%; Lab 10%; X-Ray 10% The Rubus Hotel Pvt. Ltd Dhangadhi-4, Kailali Sudurpaschim Bed Room 10%

अण्डरराइटिङमा एकपछि अर्को कमजोरी बाहिरिएपछि समितिले सबै सीईओलाई बोलायो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएको छ । बीमा समितिका अनुसार आइतबार ३ बजेका लागि कम्पनीहरूका सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुकाे अण्डरराइटिङमा विभिन्न त्रुटीहरू बाहिरिन थालेपछि समितिले सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । बीमा समितिका अनुसार छलफलमा अण्डरराइटिङको विषयमा वृहत छलफल हुनेछ । पछिल्लाे समय अण्डरराइटिङमा कमजाेरी भएकाे विषयहरु धेरै मात्रामा बाहिरिन थालेका छन् । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलाे त्रुटी गरेकाे घटना बाहिरिसकेकाे छ । साे अपराधिक घटनापछि समिति सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेकाे हाे । स्रोतका अनुसार आज बीमा कम्पनीहरुको अण्डराइटिङमा हुने गरेकाे कमजोरीलाई न्यूनीकरण गर्ने उपायसहितको छलफल हुनेछ । समितिले अब अण्डरराइटिङमा कडाइ गर्ने तयारी गरेको पनि बुझिएको छ ।

बैंकहरूले अटो क्षेत्रलाई फाइनान्सिङको सुविधा रोके, बाइक बिक्री हुन छाडेपछि धमाधम स्कीम ल्याइँदै

काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल्स बजार नकारात्मक दिशातिर लागेको छ । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन आयातमा कडाइ गर्दा अटोमोबाइल्स क्षेत्र नकारात्मक दिशातर्फ लाग्न थालेको व्यवसायीहरु बताउँछन् । यसअघि गत बैशाख १३ गते सरकारले सूचना जारी गर्दै असार मसान्तसम्मका लागि २५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे तथा चार पाँग्रे कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । उक्त समयमा २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयातमा पूर्ण रुपमा रोक लगाइयो । साउन लागेसँगै सरकारले आयातमा सहजीकरण गर्ने आशमा रहेका अटो व्यवसायीहरुलाई सरकारले पुनः आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे सवारी आयातमा झनै कडाई गर्दै प्रतिबन्ध लम्ब्यायो । सरकारले १५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे सवारी आयातमा रोक लगाउँदा हाल बजारमा मोटरसाइकलको अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । लामो समयदेखि आयात नहुँदा र भएका साधन समेत पर्याप्त मात्रामा बिक्री नहुँदा अटोमोबाइल्स व्यवसायीहरु लगानी डुब्ने खतरा बढेको भन्दै आतिन थालेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल सरकारका कारण बजारमा मोटरसाइकल अभाव हुन थालेको बताउँछन् । हाल अधिकाशं उपभोक्ताको रोजाइमा पर्ने १५० सीसी क्षमताका मोटरसाइकल आयातमा रोक लगाउँदा समग्र अटो व्यवसाय नकारात्मक दिशातर्फ लागेको उनकोे भनाइ छ । उनले नयाँ आयातसँगै व्यवसायीसँग मौज्दातमा रहेका मोटरसाइकल समेत बैंकले फाइनान्सिङको सुविधा नदिँदा बिक्री नभएको बताए । ‘विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै आयातमा रोक लगाइएको छ, भएका साधन बिक्रीमा समेत बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङको सुविधा उपलब्ध नगराउँदा मोटरसाइकलको बिक्री लगभग ठप्प जस्तै भयो’, उनले भने । उनले मौज्दातमा रहेका साधन बिक्री गर्न केही कम्पनीले स्कीम सार्वजनिक गर्न थालेको बताए । आफ्नै फाइनान्स सुविधा भएका केही कम्पनीले मौज्दात बाइकको बिक्री बढाएर बजारलाई चलायमान बनाउन स्कीम ल्याएका हुन् । यसअघि पनि विभिन्न कम्पनीले स्कीम ल्याउने गरेको भन्दै निरन्तर मोटरसाइकल बिक्रीका लागि गरिने प्रमोसन मात्रै भएको उनको भनाइ छ । बिक्री बढाउन स्कीम १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्धसँगै बजारमा रहेका समेत बिक्री हुन छाडेसँगै केही कम्पनीहरुले स्कीम ल्याएका छन् । यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले फाइनान्ङिको स्कीम सार्वजनिक गरेका हुन् । उक्त दुई कम्पनीले हाल बिक्री गर्दै आएको विभिन्न मोडलका मोटरसाइकल बिक्रीका लागि ४० प्रतिशत डाउनपेमेन्टदेखि मासिक किस्ता भुक्तानीका लागि स्कीम सार्वजनिक गरेका हुन् । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले फजेड–एक्स रेट्रो, एमटी १५, जेड आर स्कुटर लगायतका मोडलका बाइक बिक्रीमा स्कीम सार्वजिनक गरेको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधिमध्ये उपयुक्त एउटा छनोट गरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने गरी स्कीम सार्वजनिक गरेको हो । एफजेट एक्स मोडलको बाइकमा ४० प्रतिशत डाउनपेमेन्टदेखि १८ महिनाका लागि मासिक रुपमा १५ हजार २२९, २४ महिनाका लागि मासिक किस्ता ११ हजार ८२८ र ३० महिनाका लागि मासिक किस्ता ९ हजार ८८८ रुपैयाँ तोकेको छ । यस्तै, एमटी १५ मोडलका बाइकमा ५० प्रतिशत डाउनपेमेन्ट, १८ महिनाका लागि मासिक रुपमा १४ हजार ३७९, २४ महिनाका लागि मासिक रुपमा ११ हजार १६८ र ३० महिनाका लागि िमासिक किस्ता ९ हजार ३३६ रुपैयाँ तोकिएको छ । जेडआर स्कुटरमा समेत कम्पनीले फाइनान्ङिको सुविधा दिएको छ । जेडआर मोडलका स्कुटर खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्टसँगै १८ महिनाका लागि मासिक ९ हजार १५०, २४ महिनाका लागि मासिक ७ हजार १०६ र ३० महिनाका लागि मासिक रुपमा ५ हजार ९४१ रुपैयाँमा फाइनान्स सुविधा दिने कम्पनीले जनाएको छ । यस्तै, हिरो मोटरसाइलको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले समेत मोटरसाइकल बिक्रीका लागि फाइनान्स स्कीम सार्वजनिक गरेको छ । कम्पनीले एक्सपल्स २०० फोर भी मोडलका बाइक ९ प्रतिशत व्याजदरमै खरिद गर्नसकिने गरी स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ४० प्रतिशत डाउनपेमेन्ट र ९ प्रतिशत ब्याजदरमा विभिन्न मोडलका मोटरसाइकल खरिद गर्न सकिने गरी स्कीम सार्वजनिक गरेको हो ।

स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए

वालिङ । स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् । तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य ९पसल, व्यवसाय०तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो रहेको छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ । आव २०७७/७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए । आव २०७७/७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नेक्रम घटेको कार्यालयले जनाएको छ । कार्यालयले गत आव मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य ९पसल, व्यवसाय० को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य ९पसल, व्यवसाय० दर्ता भई सञ्चालनमा रहेका छन् । कार्यालयले गत आव २०७८/७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताए । रासस

बैतडीबाट तीन वर्षमा २०० जना हराए

बैतडी । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन् । सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् । हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् । पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । रासस

राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

काठमाडाैं । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए । सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।