मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन्। तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए। त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।
करोडमा नाफा गर्ने सिभिल बैंक १६२ प्रतिशत बढेर अर्ब क्लबमा प्रवेश, ईपीएस ९.१५ रुपैयाँ बढ्यो
काठमाडौं । सिभिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफामा १६२.३६ प्रतिशत उछाल आएको छ । अघिल्लो वर्ष करोड करोडमा नाफा कमाउने बैंक गतवर्षदेखि अर्ब क्लबमा उक्लिएको छ । बैंकको गत असार मसान्तसम्ममा खुद नाफा १६२.३६ प्रतिशत बढेर १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको थियो । बैंकले नाफासँगै वितरण योग्य नाफामा पनि फड्को मारेको छ । अघिल्लो वर्ष ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तसम्ममा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा १०१.८३ प्रतिशत बढेको हो । बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशत बढेर ३ अर्ब ६४ करोड १५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष २ अर्ब २१ करोड ६१ लख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ४२.२५ प्रतिशत बढेर ४ अर्ब २४ करोड ७० लाख १७ हजार रुपैयाँ र सञ्चालन नाफा १३९ प्रतिशत बढेर २ अर्ब ११ करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेकोछ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेर ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ, जगेडा कोष २४.४५ प्रतिशत बढेर १ अर्ब ९३ करोड ६८ लाख ८६ हजार रुपैयाँ, निक्षेप संकलन ६.३० प्रतिशत बढेर ९४ अर्ब ४९ करोड ९ लाख ७१ हजार रुपैयाँ र कर्जा ५.५७ प्रतिशत बढेर ८३ अर्ब ४४ करोड १ लाख २० हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.१५ रुपैयाँ बढेर १५.२६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३२.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९६ प्रतिशत रहेको छ ।
मेगा बैंकको नाफा झण्डै ३ अर्ब पुग्यो
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २१.७८ प्रतिशत बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशत बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख ४१ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष २१.२५ प्रतिशत बढेर ६ अर्ब ८५ करोड ३९ लाख ५ हजार रुपैयाँ, निक्षेप १२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ४८ करोड २२ लाख ७७ हजार रुपैयाँ र कर्जा ७.५९ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १.७० रुपैयाँ बढेर १७.५७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेको छ ।
नेपाल बैंकको नाफा १०.२९ प्रतिशत बढ्यो, ईपीएस २२.६७ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०.२९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत वर्ष बढाएको हो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७.२३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ४७ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४२ करोड ४ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ८.५४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ६७ लाख १९ हजार रुपैयाँ, निक्षेप २०.४२ प्रतिशत बढेर १ खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ र कर्जा २६.८६ प्रतिशत बढेर १ खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर ८ अर्ब २८ करोड १५ लाख ७८ हजार रुपैयाँ, सञ्चालन नाफा ५.४४ प्रतिशत घटेर ४ अर्ब ११ करोड १० लाख ११ हजार रुपैयाँ, नेट फि एण्ड कमिसन आम्दानी ८८ करोड २५ लाख ७४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२.६७ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेय नेटवर्थ २४८.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ ।
सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने
इलाम। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिनुभयो । ‘विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ,’ निर्देशक भण्डारीले भने । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उनले बताए । प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी छ । यो वर्ष घेराबाराका लागि एक करोड र भवनसहित टावर निर्माणमा दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिए। विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मतसम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए। ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शिल’ गरेपछि पुनः माटो बस्ने उनले बताए । विसं २०५८ मा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलोपटक प्राविधिक उडान गरेको थियो । रु आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङस्थलमा कालोपत्र भएपछि नेपाल वायुसेवा निमगले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो । विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौताअनुरुप यात्रुबापतको ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो । नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको सञ्चालन खर्च बढी हुने भएकाले पनि लगानीकर्ताले यसतर्फ चासो नराखेको बताइएको थियो । साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ । इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।
राजधानीमा भूकम्पकाे धक्का, केन्द्रविन्दु नुवाकोट
काठमाडौं । शनिवार बिहान राजधानी लगायत वरपरका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ । शनिवार बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट लगायत काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढि आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो । शनिबारको भुकम्प १० किलोमिटर तलको कम्पनी ५.३ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भारत गएका गौतम नेपाल फर्किए, भने : सम्पत्ति बेचेर पनि बचतकर्ताको पैसा तिर्छु, ब्याज सक्दिन
काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो सम्पत्ति बेचेर पनि सहकारीका बचतकर्ताको पैसा तिर्ने बताएका छन् । एक सातादेखि फरार रहेका गौतम शुक्रबार केन्द्रीय कार्यालय कुलेश्वरमा सार्वजनिक हुँदै बचतकर्ताको पैसा तिर्ने बताएका हुन् । उनी प्रहरीको सुरक्षाबीच शुक्रबार सार्वजनिक भएका हुुन् । उनले आफु भारतबाट फर्केको बताएका छन् । उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे । ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुँदैन, सबै सहकारीका बचतकर्ताको पैसा मेरो सम्पत्ति बेचेर भएपनि तिर्छु,’ उनले भने । उनले विगतमा बचतकर्तालाई राम्रो ब्याज खुबाएको भन्दै अब खासै ब्याज तिर्न नसक्ने बताएका छन् । उनले बचतकर्तालाई ब्याज माफी दिन आग्रह गरेका छन् । गत शुक्रबार बचत फिर्ता नगरेको भन्दै सो सहकारीका ११ सय बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए । सहकारी विभागले पनि गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमी व्यवस्था तथा सहकारी मन्त्रालयमा सिफारिस गरिसकेको छ । सम्बन्धित सामग्री : गौतमश्री सहकारीका अध्यक्षले भने : अहिले विदेशमा छु, फर्केर सबै पैसा तिर्छु गौतमश्री सहकारी : २२ प्रतिशतसम्म ब्याज दिने आश्वासनले बचत तान्यो, घरजग्गामा लगानी ! गौतमश्री सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस, घरजग्गा रोक्का, बचतकर्ताको पैसा के हुन्छ ? बचतकर्ताको रकम फिर्ता नगर्ने गौतमश्री सहकारीका सञ्चालकको बैंक खाता रोक्का हुने
बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग
काठमाडौं । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ । सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन् । रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ । सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले जोडदार माग गरेको छ । रासस ।