विकासन्युज

गभर्नर अधिकारीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आइतबार बिहान काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र पनि छिर्न खोजेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ती प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान शुरु

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आईतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो । ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए । मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए । उनले सवारी चालकहरुले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए । ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ,’ उनले भने । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए । उनले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताए । काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

बैतडीमा ५ लाखको कोरोना कोष स्थापना

बैतडी । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् । केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उनको भनाइ छ । सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो । उनले भने, ‘सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।’ कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ । यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् । रासस

रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु, सेवाग्राहीको चाप बढ्याे

रामपुर (पाल्पा) । भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन् । उनका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन् । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे । ‘नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ’, अस्पताल प्रमुख पोखरेलले भने । नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानी लगायतको सुविधा उपलब्ध छ । यसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन् । पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । ‘भिडियो एक्स–रे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रियामार्फत प्रसूति सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ, बिरामीले सेवा लिन समस्या भयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ’, उनले भने । यस अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, एकजना कन्सल्टेन्ट डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालले चौबिसै घण्टा आकस्मिक, फार्मेसी र उपचार सेवा दिइरहेको छ । नियमित रुपमा भिडियो एक्स–रे सेवा भएकाले पनि बिरामी दैनिकजसो बढ्दैछन् । दैनिक २० देखि २५ जनाले भिडियो एक्स–रे सेवा लिँदै आएका छन् । अस्थायी रुपमा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले राम्रोसँग सेवा पाएको र सेवा लिन आउँदा पहिलाजसो अप्ठ्यारो परिस्थिति नरहेको बताउनुहुन्छ, अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतम । ‘पहिला अस्पतालभित्र बिरामीलाई बस्ने ठाउँ थिएन, ठूलो चाप हुँदा अस्पताल प्राङ्गणमा बाहिर टन्टलापुर घाममा उभिएर बस्नुपर्ने समस्या थियो, अहिले भने यी समस्या छैन, नयाँ भवनमा ओपिडी सेवा सुरु भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छैन’, उनले भने । यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा दिन थालेपछि सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका स्थानमा प्रसूति हुन जाने क्रम घट्दै गएको छ । एक महिनामा चार जनासम्म शल्यक्रियामार्फत प्रसूति हुने गरेको नर्स सुनिता गौतम बताउँछन् । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हुँदै आएकामा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति भएको हो । भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने विशेषज्ञ सेवा दिन भने समस्या परेको छ । यहाँ निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुँदा विशेषज्ञ सेवा प्रभावित बनेको हो । भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको पटक–पटक कर्मचारी तथा सेवाग्राहीले आवाज उठाउँदै आएका थिए । भवनको काम पूरा सम्पन्न नभए पनि पहिलो तलाबाट अस्थायी रुपमै भएख पनि अस्पतालले सेवा दिन थालेपछि उपचारमा समस्या झेल्नु नपरेको सेवाग्राहीको भनाइ छ । पन्ध्र शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो । स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी विगत छ वर्षअघि ५० शय्याको अस्पताल निर्माण अगाडि बढाइयो । निर्माणको समय लम्बिँदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य भने सुस्त गतिमा हुँदा नागरिकले सास्ती खेप्नु प¥यो । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुसी थिए । स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठूलै स्वास्थ्योपचार सेवा पाएको आभाष हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने समस्या त्यस समयदेखि क्रमश: कम हुँदै गयो । गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरु स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा ५० शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । सरकारको रु २२ करोड २२ लाख पाँच हजार तीन सय ८३ को अनुमानित लागतमा बोलपत्र आह्वान भएकामा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो । आगामी असोजभित्रमा निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि महम्मद अन्सारु बताउँछन् । विसं २०७५/०७/१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हँुदै आएको छ । ट्रस्ट, बाहिरी भागमा टायल लगायतको काम बाँकी छ । अस्पतालमा नौजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्स–रे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (शल्यक्रिया गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमागसम्बन्धी) जस्ता विशेषज्ञ सेवा तोकिएको छ । भवनकै कारण दरबन्दी अनुसारका चिकित्सकको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । अस्पतालमा एघारौँ तह (एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) चिकित्सकको दरबन्दी छ । अस्पतालमा निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भूगोलका हिसाबले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा पर्ने रामपुर करिब ६५ किलोमिटर पूर्वमा अवस्थित हुँदा विशेषज्ञ चिकित्सक यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुँदैनन् । अस्पतालमा विशेषज्ञ सहितको सेवा उपभोगमा भूगोल र भवन अभाव बाधक हो । रासस

पहिराले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ । रासस

राष्ट्रिय गौरवका सिँचाइ आयोजनामा उल्लेख्य प्रगति

काठमाडौं । सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् । भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युत्तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि सम्पन्न गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको विवरणानुसार गत आवमा राष्ट्रिय गौरवका रहेका आयोजनाको प्रगति राम्रो रहेको पाइएको हो । कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाइ आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ । समग्रमा सो आयोजनाको प्रगति भने न्यून छ । तर सो आवको वार्षिक प्रगति भने सकारात्मक देखिएको हो । यस्तै सिँचाइतर्फकै अर्को आयोजना सिक्टाको पनि वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आव २०७८/७९ मा सो आयोजनाको वार्षिक भौतिक प्रगति ७५.९३ प्रतिशत र वित्तीय प्रगति ७७.७३ प्रतिशत बराबर भएको छ । सो आयोजनाको पुलसहित ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको छ । कुल ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन्न भएको छ । पूर्वी नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भई फत्तेपुर लिङ्क नहरसम्म पानी सञ्चालन भएको छ । पश्चिम नहरको सिधनिया शाखा १२।९ किलोमिटरसम्म नहर निर्माण, अकलगरवहवा शाखा ४.६ किलोमिटरसम्म पूरा भएको छ । अनेकन समस्यामा परेको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएपछि बाँके जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । बर्दियाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाइ आयोजनाको पनि वार्षिक प्रगति भने राम्रो छ । मन्त्रालयका अनुसार सो आयोजनाको आव २०७८/७९ मा भौतिक प्रगति ८५.६५ प्रतिशत र वित्तीय प्रगति ९८.४७ प्रतिशत बराबर रहेको छ । आयोजनाको करिब ८०.२८ किलोमिटर मूल नहर निर्माण, हेडवक्र्स एक, २५.२५ किलोमिटर नदी नियन्त्रण र दुई सय ३५.६३ किलोमिटर शाखा, उपशाखा र प्रशाखा नहर निर्माण सम्पन्न भएको छ । यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको हाल बागमती सिँचाइ आयोजनाबाट रौतहट र सर्लाहीको कुल ४५ हजार छ सय हेक्टरसमेत कूल एक लाख २२ लाख हेक्टरमा सिँचाइ सुविधा पु¥याउने र ३१.०७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८.६७ प्रतिशत र वित्तीय ९१ प्रतिशत बराबर छ । आयोजनाको रामेछाप जिल्लाअन्तर्गतको डुबानमा पर्ने जग्गा अधिग्रहणको सम्बन्धमा जग्गाको मूल्यांकन सम्पन्न भई मुआब्जा वितरणको कार्य भइरहेको छ । सिन्धुली जिल्लातर्फको जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरणको कार्य सम्पन्न भएको छ । सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भई आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन भएका छन् । टनेल बोरिङ मेसिन ९टिबीएम०ले सुरुङ खन्नका लागि आवश्यक संरचनासमेत तयार भइसकेको छ । टिबीएमका सामान कोलकाता बन्दरगाह हुँदै नेपाल आउने क्रममा छन् । केही सामान निर्माणस्थलमा आइपुगेको छ भने जडानकार्यसमेत भइरहेको छ । बाँके र बर्दियाको कुल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको पनि आव २०७८र७९ को वार्षिक भौतिक प्रगति ८०.७० प्रतिशत र वित्तीय प्रगति ७२.०६ प्रतिशत बराबर छ । सो आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध तथा विद्युत्गृह निर्माणको काम प्रभावकारी बन्न सकेको छैन । सो आयोजनाको संशोधित लागत अनुमान ३६ अर्ब ८० करोड ७७ लाख ४२ हजार बराबर छ । बाँध र विद्युतगृहको भौतिक प्रगति भने ४१ प्रतिशतमात्रै छ । आयोजनाबाट कुल ४६.८ मेगावाट बिजुलीसमेत उत्पादन हुन्छ । सो आयोजनाको कुल भौतिक प्रगति भने ५७ प्रतिशत बराबर छ । सिँचाइतर्फकै अर्को आयोजना रानी जमरा, कुलरियाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६९.१३ प्रतिशत बराबर छ । सो आयोजनाको हालसम्म मूल नहरको सम्पूर्ण कार्य सम्पन्न भएको छ । सो आयोजनाबाट कैलाली जिल्लाको २० हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुन्छ । यस्तै मन्त्रालयतर्फको अर्को महत्वपूर्ण आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८ प्रतिशत बराबर छ । आयोजनाको वार्षिक बजेट छ अर्ब १६ करोड ८० लाख बराबर रहेकामा छ अर्ब चार करोड २६ लाख बराबर खर्च भएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ जिल्लाको कुल ४८ हजार नौ सय ९१ रोपनी जग्गाको मुआब्जावापत ३४ अर्ब नौ करोड बराबर वितरण भइसकेको छ । सो आवमा मात्रै २०७ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो । डुबान क्षेत्रमा पर्ने २२ हजार एक सय ६४ घर गोठलगायत भौतिक संरचनाको लागि चार अर्ब ८८ करोड ३१ लाख साथै फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति निर्धारण गरी छ लाख ४१ हजार पाँच सय २८ वटा फलफूल तथा बोटबिरुवाका लागि ९२ करोड ३४ लाख बराबर वितरणकार्य सम्पन्न भएको छ । निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय गौरवका आयोजनाको प्रगति प्रभावकारी हुन सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालको भनाइ छ । उनले नियमितरूपमा प्रगति प्रतिवेदन माग्ने तथा समस्या फुकाउन केन्द्रित भएर लाग्दा आयोजनाको प्रगति उल्लेख्य भएको जानकारी दिए। अपेक्षितरूपमा काम नभए पनि आव २०७८/७९ को वार्षिक प्रगति भने राम्रो रहेको उनको भनाइ छ ।

आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

एजेन्सी । कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताएका छन्। ‘आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ, व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,’ उनले भने। उनले आसियान विदेश मन्त्रीहरूको ५५ औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । शुक्रबार जारी गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा विदेश मन्त्रीहरूले क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताएका हुन् । ‘यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ। रिकेपमा १० सदस्य राष्ट्रहरू – ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया-प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । विश्वको सबैभन्दा ठूलो व्यापार समूह रिकेपले २।२ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६।२ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ । विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ। कम्बोडियाको रोयल एकेडेमीमा इन्स्टिच्युट अफ चाइना स्टडीजका महानिर्देशक वरिष्ठ अर्थशास्त्री के सेरेवाथले आरसीईपीले क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिको लागि उत्प्रेरकको रूपमा काम गरेको बताएका छन् । यसले कम्बोडिया र अन्य सदस्य देशहरूलाई कोभिड-१९ महामारीबाट गुज्रिएको आर्थिक पुनः प्राप्तिलाई तीव्र पार्न मद्दत गर्ने कुरा उनले सिन्ह्वालाई बताएका छन्। ‘मलाई विश्वास छ यो महा-क्षेत्रीय व्यापार सम्झौता भविष्यमा विश्वव्यापी व्यापारको लागि गुरुत्वाकर्षणको नयाँ केन्द्र बन्नेछ,’ उनले थपे।

चीनमा निजी व्यवसायलाई बढी ऋणको अवसर

एजेन्सी । देशका वाणिज्य बैंकहरुले निजी व्यवसाय प्रवद्र्धन एवं प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन् । बैंक तथा बीमा नियामक निकायको निर्देशनअनुसार निजी उद्यम बढाउन ऋण सहयोगको सिमामा वृद्धि गरिएको हो । बढाएको आफ्नो शीर्ष बैंकिङ तथा ले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ । निजी उद्यमहरूलाई नयाँ कर्जाको ब्याजदर बितेका छ महिनमाको ४.७४ थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५७ प्रतिशत बिन्दुले कम हो ।