विकासन्युज

बीमा कम्पनीहरुले १६ प्रतिशतले बढाए बिजनेस, संकलन गरे पौने दुई खर्ब रुपैयाँ बढी

काठमाडौं । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा पौने दुई खर्ब रुपैयाँ बढीको बिजनेश गरेका छन् । जीवन र निर्जीवन गरी कूल ३९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात प्रिमियम संकलन गरेका हुन् । जुन अघिल्लो आवको तुलनामा १६.४८ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । गत आवमा जीवन बीमा कम्पनीले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३९ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । ३९ वटा कम्पनीले कूल १ करोड ५८ लाख ८७ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् । जसमध्ये जीवन कम्पनीहरु १ करोड ३० लाख र निर्जीवन कम्पनीहर २७ लाखको बीमालेख बिक्री गर्न सफल भएका छन् । समितिका अनुसार समीक्षा अवधिमा बैदेशिक रोजगार बीमालेखको संख्या २९.७८ प्रतिशतले बढेर ८ लाख ९१ हजार ११३ वटा बिक्री भएका छन् । त्यस्तै, म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ८९ हजार रहेको छ । शिखर, सगरमाथा र नेकोबीच बीमाशुल्कमा प्रतिस्पर्धा, पछ्याउँदै राष्ट्रिय बीमा र सिद्धार्थ २०७९ असारसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या १४.७६ प्रतिशतले बढेर ३ हजार ३६६ वटा पुगेको छ । जुन २०७८ असारसम्ममा २ हजार ९३३ वटा थिए । जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, दोब्बरको अग्रतामा नेपाल लाइफ त्यस्तै, बीमामा कार्यरत कर्मचारीहरुको संख्या पनि १० प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ । २०७८ असारसम्ममा १० हजार ७५२ कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत थिए ।

नेपाल चार्टड एकाउण्टेण्टसका कर्मचारीले सहुलियतमा यमाहाको बाइक किन्न पाउने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस संघबीच व्यापारिक सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत अब संघका कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक र स्कुटर लिन सक्ने छन् । यामाहा नेपालका सिइओ राजु क्षेत्रीले संघलाई सम्झौता अनुरुप आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने बताए ।

शेर्पा ब्राण्डको एग्रिकल्चरल टायरहरु छिटै बजारमा पाइने

काठमाढौं । ग्रिन टार्यसले आफ्नो नयाँ उत्पादन शेर्पा ब्राण्डकाे एग्रिकल्चरल टायरहरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो एग्रिकल्चरल सेगमेन्ट अन्तर्गत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भुमि, सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्नकाे लागि  प्रक्रिया अघि बढाएको हाे । उक्त मोडलहरु अन्तरगत कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको जानकारी दिएकाे छ । यस टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहनुका साथै बढि एनएसडि पनि रहेको कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार यस टायरमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको छ । निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं. २०७३ सालमा स्थापित ‘ग्रिन टायर उद्योगले विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गर्दै आएकाे छ । ४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख रहेको छ । यस कम्पनीले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेकाे छ ।

शिखर, सगरमाथा र नेकोबीच बीमाशुल्कमा प्रतिस्पर्धा, पछ्याउँदै राष्ट्रिय बीमा र सिद्धार्थ

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । विभिन्न सूचकमा एक आपसमा प्रतिस्पर्धी देखिएका यी कम्पनी बीमाशुल्क आर्जनमा पनि प्रतिस्पर्धीको रुपमा देखिएका हुन् । बीमा समितिको २०७९ असार मसान्तसम्मको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ३९ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले २७ लाख ८८ हजार १८ वटा बीमा पोलिसी जारी गरी सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । समीक्षा अवधिमा शिखरले ५ अर्ब रुपैयाँ बढीको प्रिमियम संकलन गरेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । र, क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका छन् । बीमाशुल्क आर्जनमा चौथो र पाँचौ स्थानमा राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्सबीच दह्रो टक्कर देखिन्छ । यी कम्पनीले क्रमशः २ अर्ब ६४ करोड र २ अर्ब ६१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । समितिका अनुसार अधिकांश कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । तर दुई कम्पनीको भने एक अर्बभन्दा कम बीमाशुल्क रहेको छ । जसमा नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले क्रमशः ९० करोड ६६ लाख र ९० करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

राष्ट्र बैंकको सीमा हटे बैंकहरुले ५५० अर्ब रुपैयाँ विदेशी मुद्रा ल्याउन सक्छन् : सुनिल केसी

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले वाणिज्य बैंकहरुले विदेशबाट ५५० अर्ब रुपैयाँ ल्याउन सक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शतप्रतिशत कोर क्यापिटलको अनुमति दिएमा २६ वटा वाणिज्य बैंकले ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउन सक्ने उनले बताएका हुन् । नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउने ऋणको सीमा हटाएमा सो बराबरको रकम नेपालमा भित्रिने उनको भनाइ छ । ‘केन्द्रिय बैंकले कोर क्यापिटलको शतप्रतिशत अनुमति दिने हो भने २६ वटा बैंकले ५५० अर्ब रुपैयाँ विदेशी मुद्रा ल्याउन सक्ने क्षमता राख्छन्, अहिले बैंकहरुले जम्मा ३८ अर्ब रुपैयाँ बराबरको रकम मात्रै ल्याउन सकेका छन्,’ उनले भने, ‘यसमा ठूलो ग्याप छ, बैंकर एसोसियसनले राष्ट्र बैंकसँग कुरा गरिरहेको, त्यो रकम ल्याउन सक्यौ भने अहिलेको समस्या समाधान हन्छ ।’ उनले एनएमबी बैंकले विदेशबाट ल्याएको ऋणलाई नेपाली बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक क्षण भएको बताए । सन् २०१८ देखि लगातार ३ वटा सम्झौता गरेर ६५ मिलियन डलर अर्थात् ८ अर्ब रुपैयाँ भन्दा बढी रकम भित्र्याउन सफल भएको उनले जानकारी दिए । ‘८ अर्ब रुपैयाँ नेपालका लागि ठूलो नभएपनि पहिलो पटक आईएफसीले विश्वास गरेकाले ऐतिहासिक हो, नेपालको बैंकिङ्ग क्षेत्रका लागि २-३ सय अर्बको आवश्यकता छ, विश्वमा नै पैसाको आवश्यकता छ,’ उनले भने । आयात बढिरहँदा श्रीलङ्का जस्तो हुने होकी भन्ने चिन्ता कायम रहेका बेला एनएमबीले विदेशबाट रकम ल्याउन सफल भएको उनले बताए । ‘पहिलो पटक हामीले ल्यायौं, यसले नेपालको बैंकलाई विश्वमा चिनाउन सफल भएका छौं, नेपालको बैंकमा क्रेडिट ट्रेडिङ नभएका बेलामा क्रेडिट इतिहास बन्न सफल भएको छ,’ उनले भने, ‘एनएमबीले नेपाली बैंक पैसा तिर्न सक्छन्, काम गर्न सक्छन् भन्ने उदाहरण दिएको छ, अब बाँकी रहेको बैंकलाई पनि बाटो खुलेको छ ।’ ५ वर्ष अघि नेपालमा कुनै पनि बैंकले विदेशबाट पैसा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । तरलताको समस्या, बढ्दो आयात, ब्यालेन्स अफ पेमेन्ट नघट्नु, डेफिसिट नघट्नु र रेमिटेन्समा निर्भर रहनु अहिलेको मूख्य समस्या रहेको उनले बताए । हाल नेपाल राष्ट्र बैंकले ४.५ प्रतिशत व्याजको सीमाभित्र रहेर विदेशी ऋण ल्याउँछन् । एनएमबि बैंकले आईएफसीबाट तेश्रो अवधिमा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको हो ।

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, दोब्बरको अग्रतामा नेपाल लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मसान्तसम्म सो बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जुन अन्य बीमा कम्पनीको तुलनामा करिब दोब्बर नै हो । यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख र चौथोमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिएको हो । सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले २०७९ असार मसान्तसम्ममा १ अर्ब ५८ करोड रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ । कुनको कति ?

पाँच वर्षमा ३० प्रतिशतमात्रै बन्याे बुटवल सडक, साढे १३ कराेड खर्च

रुपन्देही । रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उनको दुःखेसो छ । बुटवलको मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारी प्रियान्स भण्डारीले पनि सडकका खाल्डाखुल्डी, धुलो र हिलोका कारण दैनिक कार्यालय जाँदा हैरानी खेप्नुपरेको छ । ‘बाटो हिँडेपछि थकाइ लाग्छ, ज्यान दुख्छ । सहरमा बस्ने अनि बाटोमा त्यो पनि सवारीसाधनमा हिँड्दा थकाइ लाग्यो भन्न लाज लाग्छ, धुलोको कुइरीमण्डलमा ठूला गाडीले कति बेला कहाँ पु¥याइदिने हुन् भन्ने डर लाग्छ’, उनले भनिन् । बिहान कार्यालय जाँदा लगाएको कपडामा हिलो छ्यापिएपछि फेरि घरमा गएर फेर्नुपर्छ । सडक निर्माण समयमै सम्पन्न नहुँदा गाडी चालक, यात्रु तथा व्यापार व्यवसायीलाई समस्या भएको छ । दैनिक समाचार सङ्कलनका लागि ओहोरदोहोर गर्नुपर्ने भएकाले पत्रकारहरूले समेत हैरानी खेप्नुपरेको छ । ‘रेडियोको कार्यालय लक्ष्मीनगर भएकाले दैनिक यात्रा गर्दा साह्रै समस्या भएको छ । एकपटक खाल्डोमा परेर आफैँ दुर्घटनामा परेकी छु’, पत्रकार अस्मिना पाण्डेले गुनासो गरिन् । सडकको दुरावस्थाले बुटवलमा यात्रा गर्ने जो–कोहीलाई पनि दिक्क बनाएको छ । ‘बुटवलबाट मुक्तिनाथ सपरिवार मोटरसाइकलमा जाँदा बरु त्यति अप्ठेरो लागेन, जति भुड्कीचोकबाट लक्ष्मीनगर गेटसम्म जाँदा लाग्छ’, सञ्चारकर्मी सञ्जय सौगात भन्छन् । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सडक निर्माणको काम छ वर्षसम्म पनि पूरा नभएपछि बुटवलको मुख्य सडकको अवस्था लथालिङ्ग छ । सडक समयमा निर्माण सम्पन्न नभएपछि जनस्तरबाट दबाब बढे पनि बुटवलको सडक निर्माणको ठेक्का लिएको द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्शन प्रालि भने ठेक्का सम्झौताको म्याद थप्न लागिपरेको छ । बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार सडक निर्माणको अन्तिम म्याद विसं २०७९ असार ३० गतेसम्म रहे पनि निर्माण कम्पनीले साउन ८ गते म्याद थपका लागि आयोजनामा निवेदन दिएको थियो । बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप गर्न मिल्ने गरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ । गत असार २० गतेमात्र ल्याइएको सार्वजनिक खरिद ऐनको १२औँ संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष म्याद थप्न मिल्ने प्रावधान राखिएको छ । बुटवल सडक निर्माणको जिम्मा लिएको बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार असार २० गते आएको १२औँ संशोधनले असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र उक्त निवेदनलाई म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान राखिएको छ । राजमार्ग चौराहबाट बेलहियासम्मको सडक निर्माण पूरा हुनै लाग्दा विसं २०७३ चैत १७ गते राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार विसं २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा तोकिए पनि सुरूआती समयमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले अगाडि बढ्न नसकेको काम अदालतको आदेश पनि भने ठेकेदार कम्पनीको ढिलासुस्तीले अगाडि बढ्न सकेको छैन । विसं २०७३ मा ठेक्का सम्झौता गरिए पनि अदालतको अन्तरिम आदेशका कारण रोकिएको सडक विस्तारको काम विसं २०७५ वैशाख १२ गते अदालतको आदेशले बाटो खुलेपछि विसं २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रोपटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का अवधि पूरा हुँदा पनि सडकको निर्माणको काम भने ३० प्रतिशतमात्रै पूरा भएको छ । विसं २०७३ मा ठेक्का सम्झौता गर्दा भ्याटसमेत गरी ४७ करोड २७ लाखमा ठेक्का सम्झौता गरिए पनि गत वर्ष नाली निर्माणको काम समेत थप गरी ५३ करोड ९७ लाख पुगेको छ । उक्त रकममध्ये निर्माण कम्पनीले अहिलेसम्म भ्याटसमेत गरी १३ करोड ६४ लाख भुक्तानी लगिसकेको छ । जुन कुल ठेक्का रकमको २५ प्रतिशत हो । यसअघि जेठ १० गते डिभिजन सडक कार्यालय, बुटवल उपमहानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजनासामु असार मसान्तसम्म पुष्पलाल पार्क, राजमार्ग चौराह र ट्राफिकचोकमा सबभन्दा बढी सडक बिग्रिएको र उक्त सडक ढलान गर्ने तथा नाली निर्माणको काम पूरा गर्ने लिखित सहमति गरे पनि निर्माण कम्पनीले सहमति लत्याउँदै आएको छ । अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्र गरिए पनि पश्चिमतर्फको सडकमा खाडल परेर हिँड्न मिल्ने अवस्था छैन । त्यस्तै नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेको छ । द कञ्चनजङ्गा बिरूवा जेभी कन्स्ट्रक्शन प्रालिले अलपत्र बनाएको बुटवलको सडकमात्र होइन, यसअघि पनि यही कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत भैरहवा अञ्चलपुरबाट लखनचोकसम्म र भन्सार नाका बेलहियाबाट डण्डाखोला पुलपारिसम्मको सडक पनि अझै अलपत्र अवस्थामा छ । व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले सडक निर्माणको काम समयमा नभएपछि स्पष्टीकरण सोधिएकाले सन्तोषजनक काम र जवाफ नआए कारबाही गर्ने बताउनुभयो । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यवसायमा समेत प्रभाव परेको छ । चौतर्फी गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरी समाधानको बाटो खोज्न आग्रह गरेको छ । बुटवलमा सोमबार भएको छलफलमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न दुईवटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ । सडक समयमा निर्माण नहुँदा चौतर्फी आलोचना भएपछि निर्माण कम्पनीले भने भदौदेखि काम अघि बढाउने जनाएको छ । निर्माण कम्पनीका ठेकेदार सुवित श्रेष्ठले भदौ असोजसम्म अस्पताल लाइन क्षेत्रको सडकको काम पूरा गर्ने र अरु काम पनि अघि बढाउने बताउनुभयो ।

मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता संचालनमा ल्याएको हो । यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै, व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।