सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना
काठमाडाैं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो । ७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धीत निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । बाटोका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् । उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुननस्क्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्हार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताए । उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन् । देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।
मिर्मिरे लघुवित्तको कर्जा गुणस्तर नियन्त्रणबारे तालिम सम्पन्न
रौतहट । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन बारे तालिम दिएको छ । लघुवित्तले दुई चरणमा मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई तालिम दिएको हो । लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसँगै कार्यसंचालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय समयमा थप ज्ञान शिपको विकास प्रवर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले बताए । कार्यक्रममा लघुवित्तको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुली स्थित शाखाका कर्मचारीहरु एवंम सहजकर्ता समेत गरि लगभग १०० जनाको संख्यामा कर्मचारीहरु उपस्थित थिए । वित्तीय संस्थामा करिब ७५० कर्मचारी कार्यरत छन् भने १४८ शाखा संजाल मार्फत वित्तीय संस्थाले करिब एक लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाले यस अघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
सामाजिक सहानुभूति युवा क्लबले पाटन क्षेत्रमा शनिबार सरसफाइ गर्ने
काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो । क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ कार्यक्रम गर्ने लागेको बताए । सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म गर्ने उनले जानकारी दिए । क्लबले सबैलाई सरसफाइ कार्यक्रममा साथ दिन अनुरोध गरेको छ ।
गोरखाका गण्डकी गाउँपालिका अध्यक्षले विद्यालयलाई दिए आफ्नो सेवा सुविधा
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन् । उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् । ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए,’ उनले भने, ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।’ सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् । रासस
सिआश्वा शुल्क : लगानीकर्तालाई जोखिम की शोषण ?
काठमाडौं । पछिल्लो समय पूँजी बजारमा लगानीकर्ताको संख्या दैनिक बढ्दो छ । सेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका नाममा लगानीकर्ता मर्कामा परेको गुनासो पनि गरिरहेका छन् । धेरै शुल्कमध्येको एक हो सोही सिआश्वा शुल्क । सिआश्वा शुल्क लगानीकर्ताका लागि ठूलो भार बनेको छ । केही वर्ष अगाडि मात्रै कुनै कम्पनीको सेयरमा आवेदन दिँदा दिनभर लाइन लाग्नुपर्ने बाध्यता थियो । लगानीकर्तालाई आईपीओमा आवेदन दिनका लागि समय छुट्याउनु पथ्र्याे । तर, सिडिएस एण्ड क्लियरिङ्गले उक्त बाध्यताको अन्त्य गर्दै लगानीकर्ता आफू रहेकै ठाउँबाट सेयरमा आवेदन दिन पाउने व्यवस्था गर्याे । जुन लगानीकर्ताका लागि ठूलो राहत थियो । लगानीकर्ताले सिआश्वाबाट आईपीओ, हकप्रद, म्युचुअल फण्ड, ऋणपत्र, एफपीओ लगायत धितोपत्रमा आवेदन पाउँछन् । तर, सिआश्वा शुल्कका नाममा मनलाग्दी रकम लिन थालेपछि लगानीकर्तालाई मर्का पर्न थालेको गुनासो लगानीकर्ताको छ । केही वर्ष अघिसम्म सेयर बजारमा लगानीकर्ताको संख्या थोरै थियो । आईपीओमा थोरै आवेदन पर्ने भएकाले सबैले सेयर पाउँथे । जब सेयरमा आवेदन दिने व्यवस्था डिजिटल भयो, लगानीकर्ताको संख्या बढ्दै गयो । लगानीकर्ताको संख्या बढ्न थालेपछि आईपीओ पाउनु भाग्य कै खेल जस्तै भयो । विभिन्न ५५ वटा बैंक तथा वित्तीय संस्था सिआश्वा प्रणालीमा आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाले आफ्नो मनोमानी ढंगले सिआश्वा शुल्क लिइरहेका हुन् । बैंक तथा वित्तीय संस्थाले आईपीओमा आवेदन भरेवापत् १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका छन् । जसमा नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने निःशुल्क सेवा दिइरहेका छन् । सिडिएस एण्ड क्लियरिङ्गले आईपीओ परेको खण्डमा ९ रुपैयाँ र नपरेको खण्डमा २ रुपैयाँ शुल्क लिँदै आएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएमा ५ रुपैयाँ शुल्क लिने गरेको थियो । तर, प्रविधिको विकास र विस्तारसँगै शुल्क घटाएको हो । सिआश्वा शुल्कका नाममा मनोमानी बढेको सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिृकत पूर्णप्रसाद आचार्य बताउँछन् । ‘१० रुपैयाँ शुल्क लिँदा २० लाख आवेदन पर्याे भने २ सय करोड रुपैयाँ संलकन हुन्छ, १० रुपैयाँभन्दा बढी शुल्क लिने बैंकले १० रुपैयाँ इस्यू म्यानेजरलाई बुझाएर बाँकी आफै राख्छ,’ उनले भने, ‘१० रुपैयाँबाट २ रुपैयाँ सिडिएसलाई दिँदा २० लाख आवेदनको ४० लाख रुपैयाँ मात्रै हुन्छ, बाँकी १ करोड ६० लाख रुपैयाँ रहन्छ, आईपीओ पर्याे भने एक जनाको ९ रुपैयाँ मात्रै सिडिएसलाई बुझाएर बाँकी आफै राख्छ ।’ आईपीओ निष्काशन गर्ने कम्पनी र इस्यू म्यानेजर कम्पनी दुवै मिलेर सिआश्वा शुल्कको रकम मिलेमतोमा लिने गरेको उनको भनाइ छ । उनका अनुसार सिआश्वा शुल्क कै लागि पनि कमजोर अवस्थाका कम्पनी पूँजी बजारमा आउन खोजिरहेका छन् । ‘कम्पनीले इस्यू म्यानेजरलाई छुट्टै रकम दिएर काम गर्न लगाएको हुन्छ । तर, इस्यू म्यानेजर र कम्पनी दुवै मिलेर सीआश्वा शुल्कमा मार्जिन लिन्छन्,’ उनले भने, ‘कम्पनीले वार्षिक कार्यक्रममा आईपीओ निष्काशन राखेको हुन्छ, आईपीओ जारी गर्दा उसको खर्च हुनुपर्ने हो, उल्टै आम्दानीको स्रोत बनाएका छन् ।’ बैंकलाई सिआश्वा दियो भने ग्राहक बढाएर निक्षेप बढी मात्रामा संकलन गर्न र ग्राहकलाई एउटै प्रणालीबाट बढी सेवा दिनका लागि सिडिएससीसँग सम्झौता गरेको हुँदा बैंकले यसमा नाफा घाटाको हिसाब गर्न नहुने सिडिएससीले बताएको छ । यदि सीआश्वामा शुल्क लिनुपरेमा सबै रकम आफूलाई दिनुपर्ने माग सिडिएसले गरेको छ । इस्यू म्यानेजरलाई आईपीओ जारी गर्न कम्पनीले रकम भुक्तानी गर्ने हुँदा सिआश्वाबाट संकलन भएको रकम आफूलाई दिनुपर्ने माग सिडिएससीले गरेको हो । सिडिएससीले सिआश्वा शुल्क महँगो भएको भन्दै संशोधन गर्न एक वर्षअघिदेखि धितोपत्र बोर्डसँग माग गर्दै आएको थियो । यस विषयमा धितोपत्र बोर्डसँग सिडिएसले छलफल समेत गरिसकेको सिडिएससी बताउँछ । आस्बा शुल्कको विषयमा लगानीकर्ताबाट चौतर्फी विरोध हुँदै आएपछि प्राथमिक बजार र दोस्रो बजारको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेर अध्ययन भइरहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता रुपेस केसीले बताए । उपकार्यकारी निर्देशकको संयोजकत्वमा रहेको समितिले अध्ययन गरिरहेकाले सिआश्वा शुल्क घटाउने वा बढाउने भन्ने बारे ठोस निर्णय हुन बाँकी रहेको उनले बताए । लगानीकर्ता नवराज दाहालले सिआश्वा शुल्कका कारण आईपीओमा आवेदन दिनेको संख्या घटेको भन्दै विरोध जनाएका छन् । उनले आस्बा शुल्कको बिरोध गर्न सबैलाई आग्रह समेत गरेका छन् । लगानीकर्ता तिलक कोइराला सिआश्वा शुल्कका नाममा लगानीकर्तालाई शोषण भइरहेको बताउँछन् । ‘आईपीओ भर्ने सामान्य लगानीकर्तालाई शोषण भयो, बैंक तथा बिक्री प्रबन्धक नाफा आर्जन गरिरहने तर सर्वसाधारण लगानीकर्ता जहिल्यै पनि शोषणमा पर्ने, आईपीओ पर्नेलाई त फाइदा नै हुन्छ तर सधैँ भर्नेलाई एकोहोरो गुमाउनु परेको छ,’ उनले भने । सीआश्वा शुल्कमा धितोपत्र बोर्डले सीमा तोकिदिनुपर्ने उनको माग छ । तोकिएको सीमाभित्र रहेर शुल्क लिँदा गुनासो गर्नु नपर्ने भएकाले मनलाग्दी वा एकोहोरो शुल्क नतिर्नु पर्ने उनले बताए । बैंक तथा बिक्री प्रबन्धकले सेयर बिक्री गर्नुभन्दा बढी रकम शुल्कबाट नै संकलन गर्ने गरेको उनले बताए । बैंकको लागत घटाएर छुट्याएर शुल्क घटाउनु पर्ने उनको माग छ । ‘कुनै कम्पनीको ४/५ लाख कित्ता सेयर बिक्रीमा आयो भने बिक्री प्रबन्धकको जति खर्च दिनुपर्छ त्योभन्दा बढी आश्वा शुल्कबाट संकलन हुन्छ,’ उनले भने, ‘बैंकको लागत (कर्मचारी रप्रविधि) मा कति खर्च हुन्छ, त्यो आँकलन गरेर बैंकलाई फाइदा र लगानीकर्तालाई राहत हुनेगरी निक्र्याैल गरेर शुल्क घटाउनु पर्छ ।’ कागजी रुपमा काम गर्नु पर्ने बाध्यता नभएकाले पनि शुल्क घटाउनु पर्ने उनको बुझाइ छ । ‘प्रविधिमा एक क्लिक गर्याे भने आवेदन दिन पाइन्छ, लगानीकर्ताले सधैं आश्वा शुल्क तिर्नुपर्ने तर सेयर नपर्ने, लगानीकर्ताले प्रत्येक पटक आवेदन दिन्छन्, बैंकले निःशुल्क गर्नै पर्छ भन्ने छैन्, बैंकको लागत घटाएर न्यूनतम फाइदा हुनेगरी शुल्क तोक्नुपर्छ,’ उनले भने । पूँजी बजारमा जोखिम हुने भएकाले प्रवेश गर्ने लगानीकर्ताले जोखिम लिनसक्नुपर्ने मर्चेन्ट बैंकर्स बताउँछन् । जोखिमको बजारमा प्रवेश गर्ने अनि एक रुपैयाँ पनि हाल्दिन भन्न नमिल्ने मर्चेन्ट बैंकर्सहरु बताउँदै आएका छन् । एनआईसी क्यापिटलका मर्चेन्ट बैंकिङ्ग प्रमुख दामोदर रायमाझी सेयरमा आवेदन दिँदा लगानीकर्ताले जोखिम लिन सक्ने क्षमता हुनुपर्ने बताउँछन् । आफूलाई सेयर पर्ने कम्पनीमा मात्रै आवेदन दिनु पर्ने उनको भनाइ छ । ‘जुन कम्पनीमा आफूलाई सेयर पर्छ त्यसमा आवेदन दिनुपर्याे, लगानीकर्ताले सबै कम्पनीमा आवेदन दिनै पर्छ भन्ने छैन, एउटै जनाले १०÷१५ जनाको आवेदन भर्छन्, त्यसैले पनि नपर्ने भएको हो,’ उनले भने, ‘आवेदन दिँदा अलिकति जोखिम त लिनु पर्याे नि, सधैं फाइदा मात्रै खोजेर कहाँ हुन्छ ।’ सिआश्वा शुल्क महँगो भएर सेयरमा आवेदन दिनेको संख्या नघटेको उनको बुझाइ छ । जुन बैंकले निःशुल्कमा सेवा दिन्छ, सोही बैंकमा खाता खोल्न लगानीकर्तालाई छुट रहेको उनले बताए । क्यापिटल मार्केटले आश्वामा लाग्दै आएको शुल्क नघटाउने बताउँदै उनले भने, ‘क्यापिटलले १० प्रतिशत मात्रै शुल्क लिन्छन्, यसलाई हटाउन वा कम गर्न मिल्दैन, एउटा बैंकले १०० रुपैयाँसम्म शुल्क लिन पाउँछन्, क्यापिटल मार्केटले काम गरेको शुल्क लिएको हो ।’ सम्बन्धित सामग्री : आईपीओको लागत १०० रुपैयाँभन्दा निकै बढी, तपाईंलाई कति पर्दैछ ? एक सय रूपैयाँमा पाउनै छोड्यो आईपीओ ! आईपीओ बाँडफाँडमा प्रश्नः आफ्नालाई मात्रै पो पार्छन् कि ?
प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य भने तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।
ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका
काठमाडौं । अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो । ‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरी लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास ९१० रुपैयाँ० प्राप्त गर्न सक्नेछन् । साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता ९रजिस्टर० गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए । यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्का बताउँछन् । ‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा ९लिंक खोल्दा० सेयर गर्नेले ०।१० रुपैयाँ प्राप्त गर्ने छ । प्रतिदिन १०० पटकसम्म लिंक क्लि गर्न पाउने खड्काले जानकारी दिए । प्रयोगकर्ताले प्राप्त गर्ने जि–क्यास इ–वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।
चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल
चितवन । जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा. प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएकी थिइन् । उनीबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो । अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । डा गिरीले भनिन्, ‘शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।’ नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उनले यो निकै दुर्लभ समस्या भएको जानकारी दिइन् । उनको भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिने गर्दछ । शिशुको माँसपेशी पूर्णरुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नुपरेको डा गिरीको भनाइ छ । उनले भनिन्, ‘धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाइटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।’ फुलेको आन्द्राको आठ सेन्टिमिटर काटेर पुनः जोडिएको जानकारी दिँदै डा गिरीले नीलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राखेको जानकारी दिइन् । उनले भनिन्, ‘बाहिर निकालेको आन्द्रामा कृतिम मलद्वार बनाइयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो ।’ दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृतिम मलद्वारसहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा गिरीले बताइन् । बयालिस दिन अस्पतालमा राखेर उपचारपछि उक्त शिशु अहिले घर लगिएको छ । शिशुको स्वास्थ्य राम्रो रहेको डा गिरीले जानकारी दिइन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक चितवन मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । न्यौपानेले भने, ‘अब अस्पतालमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’ रासस