रेमिट्यान्स ४.८ प्रतिशतले बढ्यो, वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।
पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न
काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो । पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला पदर्शनी हो । खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु पदर्शनीमा शमावेश गरिएको थियो । पदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए । पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशक भन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ । सिङले अहिलेसम्म ४ वटा पदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’को नामबाट पहिलो पदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो पदर्शनी हो । आफ्नो कला पदर्शनीको मुख्य उद्देश्य नेपालको गर्नु रहेको उनको भनाइ छ । यसपटक नेपालमा गरेको पदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । पदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य पदर्शनीमा मुख्य नरहेकाले तुलनात्मक रुपमा सफल भएको थापाको भनाई छ ।
केएनपी जापानले ल्यायो रंग खरिद गर्दा ५ लाख जित्ने अफर
काठमाडाैं । कान्साई पेन्टस् जापानको सहायक कम्पनी केएनपी जापानले पर्व सँगै रङ्गमा दङ्ग अफर ल्याएकाे छ । याे अफर ७५ हजारकाे पेन्टस खरिद गर्ने ग्राहककाे हकमा लागु हनुे कम्पनीले जनाएकाे छ ।ग्राहकहरुले केएनपी नेरोल्याकबाट ३ वटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले हरेक ७५ हजारमाथिकाे पेन्टस खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएको पनि छ । त्यसैगरी, कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच र एक जनालाई ५ लाखकाे बम्पर उपहार प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिनेछ। केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंक र मोको वालेटबीच सम्झौता, ग्राहकले अब एटिएम कार्ड बोक्नु नपर्ने
काठमाडौं । सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले माेकाे डिजिटल एपसँग सम्झाैता गरेकाे हाे । बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरुले मोकोको एप मार्फत भिसा, युपिआइ, अलिपे, नेपाल पे, खल्ती, आइएमइ पे, प्रभु पे, क्यु पे जस्ता विभिन्न क्युआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सक्नेछन् । ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।
६ सूचकमा नेशनल लाइफको उत्कृष्ट प्रफर्मेन्स, यस्तो छ प्रतिस्पर्धी ४ कम्पनीको बिजनेस
काठमाडौं । जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स अघिकांश सूचकमा अग्रस्थानमा रहेको छ । सम्बन्धित कम्पनीले प्रकाशित गरेका गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार शीर्ष चार कम्पनीमध्ये नेशनल लाइफ अगाडि देखिएको छ । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र एशियन लाइफमध्ये नेशनल लाइफ मूख्य सूचकमा अगाडि छ । गत असारसम्मको विवरण अनुसार नेशनल लाइफ खुद नाफा, जगेडा कोष, प्रिमियम वृद्धिदर, प्रोभिजन फर लस, प्रतिसेयर आम्दानी र बोनसदरमा सबैभन्दा शीर्ष स्थानमा देखिन्छ । खुद नाफा कुनै पनि कम्पनी वा संस्थाले वर्षभरी आर्जन गरेको रकम जसमा खर्च भएको रकम कटाएर बाँकी रहेको रकमलाई खुद नाफा भनिन्छ । यसको आधारमा नेशन लाइफ अगाडि देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा नेशनल लाइफले ४० करोड ८८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । अधिकांश सूचकमा अग्रस्थानमा रहेको नेपाल लाइफ भने नोक्सानमा रहेको छ । सो अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन पनि ८ करोड ७४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । एशियन लाइफले भने १६ करोड ९४ लाख रुपैयाँ नाफामा छ । यद्यपि यो नाफा एक्चुरी अघिको हो । जीवन बीमा कम्पनीको हकमा कम्पनीहरुले प्रत्येक वर्ष एक्चुरी भ्यालुएसन गर्नुपर्ने हुन्छ । उक्त भ्यालुएसन पश्चात भने कम्पनीहरुको नाफा बढ्ने गरेको पाइन्छ । जगेडा कोष जगेडा कोष एउटा यस्तो सूचक हो, जसको कोषको आकार जति बढी हुन्छ, त्यतिनै कम्पनीहरुको जोखिम वहन क्षमता बलियो भएको मानिन्छ । साथै, लगानीकर्ताको साइडबाट हेर्दा पनि यो एकदमै महत्वपूर्ण वित्तीय सूचक हो । यो सूचकको आधारमा पनि नेशनल लाइफ नै अगाडि छ । २०७९ असारसम्ममा कम्पनीको उक्त कोषमा ६६ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, एशियन लाइफको जगेडा कोषको आकार ५८ करोड ३६ लाख र नेपाल लाइफको २८ करोड ८३ लाख रुपैयाँ बराबरको छ । प्रिमियम वृद्धिदर कम्पनीहरुले बिजनेश गरे बापत आम्दानी हुने अर्थात वर्षभरीमा बिक्री गरेको बीमालेखमार्फत आर्जन हुने रकमलाई प्रिमियम अर्थात बीमाशुल्क भनिन्छ । अघिल्लो वर्षको तुलनामा नेशनल लाइफको प्रिमियम वृद्धिद्धर उच्च छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्षमा १७.८८ प्रतिशतले प्रिमियम बढाएको छ । जबकी एशियन लाइफको १७.१९ प्रतिशत, नेपाल लाइफको ९.४४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रिमियम ६.४० प्रतिशतले बढेको छ । तर रकमको आधारमा भने नेशनल लाइफको प्रिमियम नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनभन्दा कम छ । नेपाल लाइफले एक वर्षमा ३५ अर्ब ३८ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् भने नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता एशियन लाइफले गत वर्षमा ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधारलाई प्रतिसेयर आम्दानी भनिन्छ । यसको आम्दानी जसको बढी छ सो कम्पनी तुलनात्मक रुपमा राम्रो मानिन्छ । साथै, कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा पनि लगानी गर्ने अभ्यास छ । यी चार कम्पनीमध्ये नेशनल लाइफको सबैभन्दा बढी अर्थात १०.१३ प्रतिशत प्रतिसेयर आम्दानी छ । त्यसपछि एशियन लाइफको ६.६७ प्रतिशत प्रतिसेयर आम्दानी रहेको छ । तर नेपाल लाइफ र लाइफ इन्स्योरेन्स भने यो सूचकमा नोक्सानमा देखिएका छन् । नेपाल लाइफको प्रतिसेयर आम्दानी ४.३ प्रतिशत र लाइफ इन्स्योरेन्स ३.३ प्रतिशत ऋणात्मक रहेको छ । बोनसदर बीमा गरेका बीमितिहरुलाई कम्पनीले दिने बोनसदर एक प्रमुख सूचक हो । प्राय जो कोहिले बीमा गर्दा कम्पनीले दिने गरेको बोनसदरलाई नै आधार मानेर बीमा गर्ने गरेको जानकारहरु बताउँछन् । बोनसदरको आधारमा नेशनल, नेपाल, लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सलाई हेर्दा सबैभन्दा बढी बोनसदर नेशनलले दिएको छ । नेशनल लाइफले हालै सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार कम्पनीले आफ्ना बीमितहरुलाई प्रतिहजार न्यूनतम ६५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसपछि सबैभन्दा बढी नेपाल लाइफका बीमितले पाउने भएका छन् । सो कम्पनीका बीमितले प्रतिहजार न्यूनतम ५६ देखि अधिकतम ८२ रुपैयाँ पाउने छन् । त्यस्तै, एलआईसीले न्यूनतम ५४ देखि अधिकत ७० रुपैयाँ र एशियन लाइफले आफ्ना बीमितलाई प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७५ रुपैयाँ बोनसदर दिने भएको छ । प्रोभिजन फर लस सामान्यतः कुनै पनि कम्पनीको प्राभिजन नभएको राम्रो मानिन्छ । यदि छ भने पनि सबैभन्दा कम जसको छ त्यो राम्रो मानिन्छ । यो सूचकको आधारमा यी चार कम्पनीलाई दाँजेर हेर्दा नेशनल लाइफले सबैभन्दा कम रकम छुट्टाएको छ । समीक्षा अवधिमा नेशनल लाइफले खाटा बापत ८३ लाख ५४ हजार रुपैयाँ मात्रै छुट्टाएको देखिन्छ । सबैभन्दा बढी नेपाल लाइफले ७७ करोड ८० करोड रुपैयाँ छुट्टाएको छ । त्यस्तै, नेशनल लाइफले २९ करोड ५९ लाख र एशियन लाइफले ११ करोड ५८ लाख रुपैयाँ उक्त शीर्षकमा छुट्याएको छ ।
नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’मा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्नसक्ने र जिल्ला अदालतले गरेको निर्णयमा उच्च अदालतमा पुनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको बताए । नेपालभरि मेट्रिक प्रणालीलाई प्रयोगमा ल्याउने, आर्थिक गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा तथा नापतौलको आधारभूत इकाइको परिभाषामा अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास उक्त विधेयकका प्रमुख उद्देश्य रहेको उनले बताए । उनले नापतौलको यन्त्रलाई दुरुपयोग गर्ने वा कमजोरी गर्नेलाई कसुरको मात्रा हेरेर नयाँ किसिमले सजायको व्यवस्था गरिएको पनि बताए । त्यसअघि राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ माथिको छलफलमा भाग लिँदै सांसद घनश्याम खतिवडाले स्ट्यान्डर्डको सट्टामा नेपाली शब्द राख्न माग गरे । विधेयकका केही दफाको संशोधनकर्तासमेत रहेका सांसद खतिवडाले ऐनलाई समृद्ध बनाउका लागि नै संशोधन प्रस्ताव पेस गरेको जानकारी दिए । दस टन भार क्षमताका गाडीले २५ टनभन्दा बढी क्षमताका गाडी कुद्ने गर्दा सडक भत्किरहेको जानकारी गराउँदै उनले भने, ‘यस्ता कुरामा यो ऐन आकर्षित हुनुपर्ने होइन र ।’ सांसद प्रेम सुवालले नापतौलमा फरक हुनासाथ साना पक्राउ पर्ने र कारबाही हुने तर नापतौलमा ठूलोठूलो तलमाथि गर्नेहरु कारबाहीबाट बच्ने अवस्था रहेको बताउँदै त्यसतर्फ सरकार र मन्त्रीको ध्यानाकर्षण गराए । ‘विधेयकको प्रस्तावनामा नै राज्यको स्वामित्वमा नै उत्पादन र वितरण गरिने भनेर उल्लेख ग¥यो भने मात्रै नापतौलको मानक दुरुस्त हुने र यसले मात्रै आर्थिक गतिविधि पारदर्शी हुने छ’, सुवालले भने । उनले स्ट्यान्डर्डको सट्टामा मानक शब्द राख्न माग गरे । उनले अनुगमनको पूर्वसूचना दिनेलाई कारबाही हुनुपर्नेमा जोड दिए । सांसद नवराज सिलवालले नापतौल प्रणालीमाथि नै आशङ्का रहेको उल्लेख गर्दै ग्राहक ठगिएका आरोपहरु लाग्ने गरेको बताए । उनले पाँचौँ संशोधनले भने केही आशा जगाएको बताए । सांसद दिव्यमणिराज भण्डारीले नापतौल विधेयक ल्याइरहँदा अन्तर्राष्ट्रिय मापदण्डलाई पनि ध्यान दिन आग्रह गरे । सांसद मनकुमारी जिसी र पद्मनारायण चौधरीले नापतौलाई व्यवस्थित बनाउन जरुरी रहेको औँल्याए । रासस
एनएलजीले गर्यो १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी, नाफा १४ प्रतिशतले वृद्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको नाफा करिब १४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले बढि हो । कम्पनीले करिब १२ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष पनि कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ११ हजार ३४५ बीमितलाई दाबी भुक्तानी गरेको थियो । बीमा नियमको परिचालना र बीमितको सेवालाई जोड दिँदै बीमा दाबी भुक्तानीलाई कम्पनीले प्राथमिकतामा राखेको छ । कम्पनीले बीमा दाबीहरुको व्यवस्थापन छिटो, छरितो, प्रभावकारी र विश्वसनीय बनाउने रणनीति लिएको जनाएको छ । कम्पनीले आफूलाई ग्राहकको योद्धाको रुपमा उभ्याउँदै बीमा दाबी भुक्तानी विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ । कम्पनीले गत वर्ष कुल १ अर्ब ८३ करोड आय गरेकोमा १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ ।चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको एनएलजी इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १४ करोड र जगेडा कोषमा ३१ करोड रुपैयाँ रहेको छ ।
भारतबाट फेरी घटेर आयो पेट्रोलको मूल्य
काठमाडाैं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरी पनि घटाएर पठाएको छ । मंगलबार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा र डिजेलमा ४ रुपैयाँ ७५ पैसा घटाएर पठाएको हो । अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो । पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि तेस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल ९५ डलर रहेको छ । भारतले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ ।