सान्जेन जलविद्युतको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुकाले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा भदौ १९ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ७ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । साथै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
एक महिनामा झण्डै २ अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात गर्न प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो । योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिश्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाइने छ ।’ थप १११ मेगावाट निर्यात प्रस्ताव नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३।५ मेगावाटको सोलूखोला, २२।१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११।८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेम विश्वास व्यक्त गरे । ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक भइरहेको छ’, उनले भने । भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ । प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्दछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।
पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स पावर कम्पनीकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् । यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् ।
‘नेपालमा कलेजोमा समस्या अधिकांश मदिराको कारण आउँछ’
चितवन । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उनले भने, ‘कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।’ अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ । उनले भने, “फ्याटी लिभर भएका दैनिक आठ/दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।’ ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन । डा. घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिए । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताए । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उनले भने, ‘नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।’ लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उनले बताए । चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताए । उनले भने, ‘मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।’ मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिए । मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ । रासस
महँगो ब्याजमा पनि पाइँदैन ऋण, बैंकमा कर्जाका फाइल पेन्डिङ्ग
काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ । बैंकहरुमा निक्षेप संकलन घट्दै गएको अवस्था छ । बैंकहरुले निक्षेप घट्दै गएपछि कर्जा प्रवाह गर्न रोक लगाएका छन् । बैंकिङ्ग क्षेत्रमा देखिएको समस्याले पुरै अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । निक्षेप संकलन घट्दै गएपछि बैंकहरुले कर्जा रोकेका कारण व्यावसायीले ठूलो प्रभाव परेको गुनासो गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थालले महँगो ब्याजदरमा कर्जा माग गर्दा पनि आफूहरुले नपाएको गुनासो उनीहरुको छ । यता बैंक तथा वित्त संस्थाहरुले भने तरलता भित्र्याउनका लागि निक्षेपको ब्याजदर बढाउँदै आएका छन । तर, ब्याजदर बढाउँदा पनि निक्षेप संकलन नहुँदा लागत मात्रै बढेको भन्दै विगत केही महिनादेखि बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । बैंकहरुले कर्जा प्रवाहमा रोक लगाएपछि व्यवसायीले व्यवसाय नै धरासायी बन्न थालेको गुनासो गरिरहेका छन् । कोरोना महामारीका कारण थलिएका उद्योगी व्यावसायीलाई बैंकहरुले थप पीडा पुर्याएको गुनासो गरिरहेका छन् । यस्तै, बैंकहरुले वृद्धि गरेको ब्याजदरले केही व्यवसायीको उद्योग नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको उनीहरुकाे दुखेसो छ । राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्यूबीचको अनुपात उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गर्दा व्यवसायीलाई ठूलो समस्या परेको गुुनासो गरिरहेका छन् । आफूले धितो राख्दा धेरै रकम घटेको उनीहरुको आरोप छ । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले धितो वा कुनै प्रोडक्ट राखेर ऋण माग्दा पनि बैंक तथा वित्तीय संस्थाले ऋण दिन ठप्प पारेको गुनासो गरे । ‘धितो वा कुनै प्रोडक्ट राखेर ऋण माग्दा पनि बैंकहरुले कर्जा दिएका छैनन्, सानासाना व्यावसायीले प्रोजेक्ट तयार पारेका छन्, जग्गा किनेर काम गर्न पाएका छैनन्,’ उनले भने, ‘व्यवसाय गर्नका लागि अहिले ठूलो समस्यापरेको छ, बैंकमा गएपछि पैसा नै छैन भन्छन् ।’ पछिल्लो समय लगानी गर्न रकमको अभाव हुँदा नयाँ उद्योग तथा व्यवसाय नै सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनले बजारमा प्रतिस्पर्धा बढिरहेका बेलामा सरकारले उद्योगी व्यवसायीलाई विभेद गरेको गुनासो गरे । प्रदेश १ का सबै व्यवसायीलाई ठूलो समस्या परेको भन्दै उनले यसको छिट्टै समाधान गर्न आग्रह गरे । ‘लगानी गर्न पैसा नभएपछि ब्यापार गर्न समस्या पर्याे, बजारमा प्रतिस्पर्धा बढेको छ, सरकारले कसैलाई छुट दियो, कसैलाइ दिएको छैन,यो सरासर विभेद भयो, अब पैसा नभएपछि इण्ड्रष्टी बन्द हुने अवस्था आएको छ,’ उनले भने, ‘हिजोका दिनमा ७ प्रतिशत कर्जा लिएर १५ प्रतिशत ब्याज तिर्न बाध्य भएका छन्, भारतीय वस्तुहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो भयो ।’ यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो परेको गुनासो गरे । ब्याजदर बढाउँदा पनि तरलताको समस्या कायमै रहेको बताउँदै उनले राष्ट्र बैंक माथि रिस पोखे । उनले उच्च ब्याजदर तिर्दा पनि बैंकले ऋण दिन नमानेको उनी बताउँछन् । ‘तरलताको समस्या यथावत छ, ब्याजदर र बेसरेट बढेको छ, राष्ट्र बैंकको पछिल्लो नीतिले निर्यातमूलक र उत्पादनमूलक बाहेक अरु सबैमा बैंकलाई प्रिमियम तोक्ने अधिकार दिएको छ, यसले बैंकको मनोमानी बढ्छ’ उनले भने, ‘बैंकबाट व्यवसायीले ऋण पाउनै छाडे, उच्च ब्याजदर तिर्छु भन्दापनि पाउँदैनन्, यदि कुनै बैंकले दियो भने ब्याजदर यति उच्च छ की त्यसले उद्योग व्यवसाय गर्न गाह्रो छ ।’ विगतमा फिट इन्भेष्टमेन्ट गरेर व्यवसाय गरेकालाई संचालन लागत धेरै बढ्न गएकाले उद्योग व्यवसाय धान्न पनि गाह्रो भएको उनको भनाइ छ । यहि अवस्था रहिरहने हो भने आर्थिक गतिविधि संकुचित हुने उनको तर्क छ । राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जा विस्तार र मनी सर्कुलेशनलाई संकुचित बनाएको आरोप उनको छ । पहिलादेखि नै पहुँचवाला व्यवसायीले मात्रै बैंकबाट ऋण पाउँदै आएको आरोप उनको छ । ‘विगतदेखि नै पहुँचवाला व्यासायीले मात्रै बैंकबाट ऋण पाउँदै आएका छन, बैंकको कर्जा वितरण गर्ने नीयम नै आफैमा जटिल छ, साना व्यवसायीलाई सधैं मर्का पार्ने र ठूलालाई सधै सहज हुने, झनै समस्या परेका बेलामा नीति नियमले साथ दिन्छ,’ उनले भने,‘ दीर्घकालमा उद्योगधन्दा धरासयी वा बन्द हुने अवस्था आउन सक्ने र सरकारको राजश्व घट्दै गएको छ ।’ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतीश मोरले बैंक तथा वित्तीय संस्थासँग पैसा भएपनि सीडी रेसियोका कारण कर्जा दिन रोक लगाएको बताए । बैंकहरुलाई पनि नियममा बस्नु पर्ने बाध्यताले पनि कर्जा वितरणमा रोक लगाउनु परेको उनको भनाइ छ । अहिले बैंक तथा वित्त संस्थाबाट कर्जा पाउनलाई सपना देख्नु परेको उनले बताए । ‘एउटैलाई मात्र दोष दिएर हुँदैन, राज्य र नीजि क्षेत्रको सहकार्य हुनुपर्छ, नयाँ उद्योग खोल्नका लागि कर्जा पाउन भनेको त दिवा सपना देखे जस्तै हो,’ उनले भने, ‘बैंकहले नपत्याएर कर्जा नदिएको होइन,बैंकहरुलाई सीडी रेसियो कायम गर्नुपर्ने बाध्यता छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको स्थिति धरासायी भएकाले यस्तो अवस्था आएको आरोप लगाए । अहिलेको अवस्थामा जोसँग पैसा छ उसैले सबै काम गर्न सक्ने उनको बुझाइ छ । ‘लथालिंग देशको भताभुंग चाला, जसले सक्छ उसैले खाला भने जस्तै अहिलेको अवस्था छ, जोसँग पैसा छ उसले काम गर्छ,’ उनले भने, ‘जसले पहिला नै ऋण लिने सम्झौता गरेका छन्, उनीहको काम भइरहेको छ, साना व्यावसायी विस्थापित हुनु पर्ने अवस्था छ ।’ बैंकहरु पनि आक्रामक बन्न खोजेको बताउँदै उनले घरजग्गा राखेर ऋण लिएका लाईसंकुचित गर्न खोजेको बताए । ‘एक करोडको सम्पत्तिलाई बैंकले ६० लाखको भ्याल्यूसन गर्छ, ६० प्रतिशत हुँदा ३६ लाख दिन्थ्यो अहिले ३० प्रतिशत हुँदा १८ लाख मात्रै दिएको छ, एक करोडको सम्पत्तिमा बजार मूल्य ६० प्रतिशत र सरकारी मूल्य ३० प्रतिशत हुँदा काम गर्न गाह्रो छ,’ उनले भने । शतप्रतिशत एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्थाले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । घरखेत बिक्री गरेर काम गरौं भन्दा पनि बिक्री हुने अवस्था नरहेको उनको गुनासो छ । तरलता अभाव मात्रै भयो भनेर समस्या टार्न खोजिरहँदा नियामकले कुनै एक्सन नलिएको उनको भनाइ छ । तरलता अभाव भयो भन्दै चुप लागेर बस्नु भन्दा पैसा कहाँ गयो भनेर खोजि गर्नुपर्ने उनले बताए । ‘राष्ट्र बैंकले कति पैसा छापेको छ, त्यो तथ्याङ्क हेर्नु पर्याे, बैंकहरुलाई घरघरमा गएर पैसा ल्याउ भन्न सक्नु पर्याे, बैंकमा पैसा छैन भने कहाँ गयो राष्ट्र बैंकले खोज्नु पर्याे, नेपालको पैसा बाहिर जाँदैन, अहिले घरमा पैसा कसैले राख्दैन, जनताले पनि बैंकमा नै सुरक्षित ठान्छन्,’ उनले भने, ‘उद्योगी व्यवसायीहरुले घरमा पैसा थन्काएर राख्दैनन्, ब्याज बढाउँदा पनि रकम बढ्दैन भने राष्ट्र बैंकको नीति नै गलत भयो नी ।’ एक महिनामा एक खर्ब बढी निक्षेप घटेको भनेर मात्रै नहुने बताउँदै उनले राष्ट्र बैंकले खोज्नुपर्ने बताए । नेताहरुलाई चुनाव लागिसकेकाले चन्दा उठाउन थालिसकेको गुनासो उनको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठ पनि बैंकहरुको सीडी रेसियो टाइट भएकाले कर्जा प्रवाह गर्न रोक लगाएको स्वीकार गर्छन् । राष्ट्रिय वाणिज्य बैंकसहित अधिकांश बैंकको सीडी रेसियो ९० प्रतिशत पुगिसकेको बताउँदै उनले भदौको अन्तिमसम्ममा सुधार हुन सक्ने बताए । ‘डिपोजिट र क्रेडिट रेसियोको इम्प्लिमेन्टसनको अनब्यालेन्स भयो, कर्जाको माग अनुसार डिपोजिट बढेको छैन, सीडी रेसियो टाइट छ,’ उनले भने, ‘जुन बैंकको सीडी रेसियो मेन्टेन छ उनीहरुले कर्जा दिइरहेका छन्, अधिकांश बैंकहरुको सीडी रेसियो टाइट भएकाले कर्जा दिन बन्द गरेका छन् ।’
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस छ ।
माछापुच्छ्रे बैंकले फेकनसँग आवद्ध कन्सल्टेन्सीलाई सजिलै शैक्षिक कर्जा दिने
काठमाडाैं । माछापुच्छ्रे बैंक र नि:शुल्क शैक्षिक परामर्श संगठन नेपाल (फेकन) बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराई ज्यूले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।