अध्यक्ष शाहीको प्रश्न : नेप्सेले कति नाफा गर्छ ?
काठमाडौं । एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल इन नेपालका अध्यक्ष मनोज शाहीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पारदर्शीतामाथि प्रश्न गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेप्सेको पारदर्शीतामाथि प्रश्न उठाएका हुन् । ‘नेप्सेको वित्तीय विवरण खोज्दा वेबसाइटमा भेटिँदैन, नेप्सेले कति नाफा नोक्सान गरेको छ भनेर जानकारी सबैलाई छैन, वेबसाइटमा पनि पुरानो कुनै तथ्यांक भेटिँदैन, वेबसाइटमा सबै विवरण नभेटेपछि लगानीकर्तालाई सहि सूचना पाउन गाह्रो छ, नेप्सले पारदर्शी हुनु पर्छ,’ उनले भने । यस्तै, उनले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग प्रयाप्त पूँजी भएको र लगानी गर्न सक्ने क्षमता भएको भएपनि वित्तीय साक्षरता र वित्तीय पहुँच गर्न कन्जुस्याइँ गरेको धारणा राखे ।
नेपालकै स्रोत साधन सही प्रयोग गरौं, विदेशी सहयोग आवश्यक पर्दैन : अध्यक्ष मैनाली
काठमाडौं । ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले नेपालमै भएको स्रोत साधनलाई सही सदुपयोग गरेमा विदेशी सहयोग आवश्यक नपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले नेपाली स्रोत साधनलाई सही सदुपयोग गर्नु पर्ने धारणा राखेका हुन् । ‘नेपालमा भएको स्रोतलाई प्रयोग गर्ने हो भने पूँजी बजारको बिकास गर्न सकिन्छ, विदेशी सहयोग पनि आवश्यक पर्दैन,’ उनले भने । यस्तै, उनले नेपाली पूँजी बजारको विकासका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखेका छन् ।
सनराइज बैंकको थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार
काठमाडाैं । सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेकाे छ । बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले सिराहकाे ईटारी प्रसाही, रौतहटकाे फतुवाविजयपुर नगरपालिका, सिराहा जिल्लाको लहान नगरपालिका र झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६ मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कोरोना बीमाको रकम अर्को साता पाइन्छ : बीमा समिति
काठमाडौं । बीमा समितिले कोरोना बीमाको पैसा अर्को साता पाइने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमितले अर्को साता पैसा पाउने बताएको हो । ‘कोरोना बीमाको पैसा अर्को हाप्ता भित्र आउन सक्ने सम्भावना बढी छ, हामीले अर्थमन्त्रालयलाई कोरोना बीमाको पैसा तत्काल पठाउन आग्रह गरेका छौं, हालका लागि एक अर्ब पैसा पठाउन आग्रह गरेका छौं, यस विषयमा अर्थ सचिबसँग छलफल भैसकेको छ,’ बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले भने । सरकारले कोरोना बीमा वापत ११ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
ब्रोकर थप्न आवश्यक छ : सीईओ कार्की
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अहिले ब्रोकरको संख्या थप्नु पर्ने आवश्यकता देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले ब्रोकरको संख्या थप्नु पर्ने आश्यकता देखिएको धारणा राखेका हुन् । ‘अहिले बजारले थप ब्रोकर मागेको छ, अहिले भएको ब्रोकरले थप सुविधा दिन सक्दैनन्, पूँजी बजारको विस्तारका लागि ब्रोकरको आवश्यकता देखिन्छ, शाखा पनि विस्तार गर्नु पर्छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले प्रणाली र कानुन सबै लगानीकर्ताले बुझ्ने खालको हुनु पर्ने धारणा पनि राखे । वर्तमान कानुनमा धेरै समस्या भएको कारणले यसमा स्पष्टताको खाँचो परेको धारणा राखे ।
यो दशैंमा हिरो मोटरसाइकल किन्दा १ लाखसम्म पाउन सकिने
काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको अवसरमा ‘आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने छन् । साथै, यसमा सबै हिरो मोटरसाइकल र स्कुटरमा ० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।
सर्वसाधारणले ५ रुपैयाँमै मोबाइलबाट बीमा गर्न पाउनु पर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधारणले ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले सर्वसाधारणले आफ्नो मोबाइलबाटै ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्न आवश्यक रहेको धारणा राखेका हुन् । ‘अब पाँच रुपैयाँमै बीमा गर्न सकिने वातावरणको सिर्जना हामीले गर्न सक्नु पर्छ, यो समय प्रविधिको हो,’ उनले भने । उनले अहिले लघुबीमाको पहुँच जम्मा २ प्रतिशत मात्रै भएकोले यसको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए । यस्तै, उनले गरिबलाई बीमाको आवश्यकता छ भएकोले लघुबीमाको नीति ल्याएको बताए । गरिबी निवारणको लागि मुख्य साधन लघुबीमा भएको बताउँदै उनले यसले नागरिकलाई जागृत गराउने धारणा राखे । ‘बीमितले सरेन्डर गराउन पाउनु पर्छ, त्यस्को लागि ३ बर्षको समय तोकिएको छ, बीमा गराए पछि सस्टेन गराउन सक्नु पर्छ,’ उनले भने । यस्तै, उनले अहिले बीमा समितिले कम्पनी मर्जरको विषयलाई प्राथमिकताका साथ हेरेको बताउँदै चैतपछि मर्जरमा नजाने कम्पनीलाई फोर्स मर्जरमा लैजाने धारणा राखे ।
गरिमा विकास बैंकले ल्यायो छोटो समयमा पैसा दोब्बर र तेब्बर हुने योजना
काठमाडौं । गरिमा विकास बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती योजना सार्वजनिक गरेको हो । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको कारणले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको बैंकले जनाएको छ । हाल, यस बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।