विकासन्युज

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् । अफरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङ, बस टिकेटिङ र होटेल बुकिङमा आकर्षक छुटहरु रहेकाे छन् । यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताले थप ३% अथवा ३०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । जसका लागि प्रोमोकोड ‘NAYA’ प्रयोग गर्नुपर्नेछ । यस्तै, ३ वटा टिकट खरिद गर्दा थप १५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर प्रयाेग गर्नुपर्नेछ । यति मात्र नभएर इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट पाइनेछ भने भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै, भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् र अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी, अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा २५ सयसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले छुटकाे लागि दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा पुनः दीपक कुँवर

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुन् । यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।

गोल्डन ओक १२औं कृति अवार्डसमा घोषणा भए ५ वटा मनोनयन

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को बिधामा ५ वटासम्मका मनोनयनहरु घोषणा गरिएको छ । विभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरुमध्ये उत्कृष्ट ५ वटासम्मका मनोनयनहरु एक कार्यक्रमबीच घोषणा भएको हो । १२औं कृति अवार्डस् २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-५, तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट ३/३ छनौटहरुको आज घोषणा गरिएको थियो । यस गोल्डन ओक १२औं कृति अवार्डसमा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४ सय २५ वटा नोमिनेसन दर्ता गराएको नेपाल विज्ञापन संघले जानकारी दिएको छ । संघका अनुसार गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टिमा भदौ २५ गते शनिवार हुँदैछ । गोल्डन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ । त्यसैगरी, कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ विकास बैंक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइटीपीएफ, प्रभु बैक, सेफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभी एचडीले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

सीबीआईएल क्यापिटलले ल्यायो कम जोखिममा उच्च प्रतिफल दिने योजना

काठमाडौं । सीबीआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड शुरु गरेको छ । यो फण्ड नविनतम् अवधारणमा आधारित योजना हो, जसले ग्राहकलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । यो योजना अन्तर्गत लगानीकर्ताले न्यूनतम तीन लाख रुपैयाँ लगानी गर्नुपर्छ । जसको अवधि २ वर्षको हुने छ । र, वार्षिक सेवा शुल्क ०.५० प्रतिशत रहेको समेत क्यापिटलले जानकारी गराएको छ । यो योजनाका विभिन्न विशेषताहरु छन् । दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित यो योजनाको अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने छ । त्रैमासिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हुने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपीओ तथा एफपीओमा) लगानी गर्ने छ । यो योजनाअन्तर्गत दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ । यो सेवा लिनको लागि ग्राहकले बाटुलेघरस्थित सीबीआईएल क्यापिटल वा सिटिजन्स बैंकको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन, सञ्चालन गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने

जुम्ला । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् । धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउँछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ । काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोड रुपैयाँको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मेघगर्जनसहित वर्षाको सम्भावना, सबैलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्र्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव आठ डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ । रासस

केराबारी र १८ किलोमा गएको पहिरोको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।