शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ – वरिष्ठ नेता पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ । आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ ।’ वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताए । ‘सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न’, उनले भने। कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा क्याम्पस स्थापनाकालदेखि सहयोग पु¥याउनुहुने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो । हाल उक्त क्याम्पसमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।
के.एफ.सी.को चौधौ शाखा बुटवलमा
बुटवल । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमाचौधौ शाखा बिस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनीभाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै : हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । के.एफ.सी.ले आफ्ना गा्रहककालागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्वस्तरीय सुरक्षानीति समेत अवलम्बन गरेको जनाएको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । के.एफ.सी.काकर्मचारीहरुले हरेकग्राहकलाई सेवा दिएपश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक ग्राहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको केएफसीले जनाएको छ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५जना ग्राहकहरुले सेवालिन सक्ने बताइएको छ । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन केएफसीले बताएको छ ।
असोजमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला हुने
काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १७ तारिख देखि २२ तारिख) असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना हुन लागेको हो । पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने छन् । काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ । मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले मेलामार्फत दुबै देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरे । व्यापार प्रबद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि रहने छन् । यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहने आयोजक पक्षले जानकारी दिएको छ । मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।
कुलमानलाई हरिवंशले भने – राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना !
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे । उनले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे । वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए । उनले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताए । वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे । उनले भने, ‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बिवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ । मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो बिजुलीको गाडी त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरुको गाडी के भयो नआउने भयो ? भन्छिन् । अर्थ मन्त्रालयले त्यसलाई संशोधन गर्छ रे त्यसपछि आउँछ होला भनेको । घरमा गइसकेपछि श्रीमतीले त्यो अर्थमन्त्रीले आज पनि केही कुरा गरेन गाडीको विषयमा ? भनेर सधैँ जसो त्यस्तो प्रश्न गर्दैछिन् । अब हाम्रो देशको आर्थिक अवस्थाले गर्दा गाडीमा यति धेरै ट्याक्स छ । अरु केही बेच्नसक्ने होइन, ट्याक्सबाट मात्रै देश चलेको हुन्छ । बिजुलीको गाडीको ट्याक्स घट्यो भने सायद कर्मचारीलाई तलव दिने पैसा हुँदैन भनेर अर्थमन्त्रीज्यू उहाँको व्यक्ति होइन सरकारले सोचेको होला । त्यसमा ट्याक्स आयो भनेपनि कमसेकम पेट्रोल, डिजेलमा बगेको पैसाको खोलो कम हुन्थ्यो । हामी क्षणिक रुपमा नसोचौँ, दीर्घकालीन रुपमा सोच्ने हो भने अब बिजुलीका गाडी बाहेक अरु गाडी आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्दछ । पब्लिक ट्रान्सपोटेशनहरु पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’ वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटो भन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताए । वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युतको व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताए । आचार्यले भने, ‘हामी यत्ति धेरै उर्जा निर्यात गर्दछौँ, त्यो उर्जा भनेको युवाहरु हो । दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेका छौँ । त्यही निर्यात गरेर हामीले हाम्रो अर्थतन्त्रलाई अघि बढाइरहेका छौँ । हाम्रो निर्यात र आयातको स्थिति नेपालको राजमार्गको बाटो हेरेपनि थाहा हुन्छ भन्ने भनाइ छ । कसरी भन्दा देब्रेतिर भासिएको हुन्छ रे, किनभने देब्रे बाटोबाट आउँदा हामो ट्रकहरु भरिभराउ भएर आउँछन्, त्यसको वेटले हाम्रो राजमार्गहरुको एउटा साइट भासिएको हुन्छ । अर्को साइट भासिएको हुँदैन । त्यसबाट खालि ट्रकहरु मात्रै जान्छन् । हामीसँग निर्यात गर्ने चिज एकदम कम छ । हामी कबाडीका सामानहरु निर्यात गर्दछौँ, त्यसबाट सडकलाई खासै धेरै लोड पर्दैन । आयातको कुरा गर्दा नेपालको सुदूरपश्चिम जाऔँ, सुदूरपूर्व जाऔँ, विकट क्षेत्रमा जाउँ, चाइनिज लसुन र स्याउ हुन्छ । अब भने शुभ संकेतहरु देखिन थालेका छन्, बिजुलीको शुभ संकेत देखएिको छ, डाटा हेर्दा निर्माणको गति देखिएको छ । अब हामीसँग पनि निर्यातका लागि केही कुराहरु तयार हुँदैछन् । बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुन्छ भन्ने आशा पलाएको छ । आज पनि ठूला जलविद्युत आयोजना बनाउनु हुँदैन भन्ने गाइँगुइँ सुनिन्छ । तपाईहरुले यसमा बोल्दिनुहोस् भन्ने गर्छन् । तर हामीसँग यो भन्दा अर्को विकल्प केही पनि छैनन् । कति दिनसम्म हामीले युवा शक्तिलाई बेचेर बस्ने ? अब हामीले आफ्नै देशमा भएको विद्युत खपत बढाएर आफ्नो देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा हामी पनि उभिन सकौँ भन्ने कल्पना गर्नुपर्दछ । त्यसको लागि नेतृत्वदायी भुमिका असाध्यै ठूलो हुन्छ ।’ फरक प्रशंगमा उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताए । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । उहाँले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे । उनले भने, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’
स्वर्णपदक पाएका काष्ठपाटी कुँद्ने शिक्षक
बझाङ । अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक हुन् लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी । मुलुकमा परिवर्तनसँगै शिक्षा क्षेत्रले फड्को मारेको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरामात्रै भयो । त्यससँगै खरीपाटी पनि पुरानै । तर यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहेका छन् पदमराज । मुलुकभरका अधिकांश विद्यालय पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाइ हुन्छ । केही विद्यालयमा यसरी पढाइ हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहरहेका छन्। उनको कलाशैलीले नै कतिपय विद्यार्थी निकै सिपालु भइसकेका छन् । बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसकेका छन्। बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उहाँलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरि नै घुमाए । उनले आफ्नो सीप जुन–जुन ठाउँ लगे, त्यो ठाउँमा सिकाउँदै पनि आए। २०५१ देखि शुरु गरिएको काष्ठपत्र जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न शुरु गरेका थिए। विसं २०५१ मा विद्यार्थीलाई पढाउन शुरु गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ मा १२ कक्षा पास गरी ढम्कनेबाट सरूवा भए। दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उनलाई काष्ठ कुँद्न सहज भयो । उनले काठ कुँद्दा वरिपरि हेर्नेको घुइँचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरू अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदीरहे। सामान्य परिवारमा जन्मिएका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीका रूपमा बाजुरा पुगेका थिए । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उनलाई जागिर लगाए । मेहेनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो । बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुँदेका काष्ठपाटीहरू सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए । कला देखेर युनिसेफका दमन रूपाखेती र राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०/४० जिल्लामै घुमेर आफ्नो सीप साट्ने अवसर पाउनुभयो । उनलाई झापामा भ्रमणमा गएको बेला रूपाखेतीले नै सरसामग्री जुटाएर छिटो तस्वीर कोर्न सिकाएका थिए । त्यसपछि जोशीको काष्ठपाटी कुँदाइको गति बढ्दै गयो । जोशी रूपाखेतीलाई गुरू मान्छन् । बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो । अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पढाउने, कुँद्न सिकाउने गर्छन्। उनको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाउनु हो । ‘मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर विद्यार्थीलाई स्वतन्त्ररूपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए त्यसैमा खुसी हुन्थेँ’, उनी भन्छन्। विसं २०७४ मा पुष्पराज बझाङ सरूवा भए। बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा थिए । तर, स्थानीय सरकारले नै चासो नदिएपछि उनी निरास भए। अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उनले कुँदेका दर्जनौँ काष्ठपाटी रङरोगन गर्नै नपाएर थन्किएका छन् । ‘आफ्नै ठाउँका बालबालिकालाई पढाउन सुरूमा धेरै पाटीमा खोपियो’, उनी भन्छन्, ‘अहिले रङकै अभावले कुहिन लागेका छन् ।’ जीवनको उत्तराद्र्धमा प्रवेश गरेका जोशी नमूना विद्यालय बनाउन चाहन्छन्। तर कुनै निकायबाट पनि सहयोग पाएका छैनन् । लक्ष्मी आधारभूत विद्यालयमा एक सय पाँच विद्यार्थीका लागि पाँच शिक्षक छन् । दुई स्थायी दरबन्दी, दुई राहत र एक इसिजी । पुष्पराजको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने हो । कुँदेका काष्ठपार्टीमार्फत विद्यार्थीलाई पढाउने गर्छन् । बाजुरामा उनको कलाले स्वर्ण पदकसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उनी बताउँछन् । उनको घरमा उनीजस्तै सिपालु सन्तति पनि छन् । उनको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै सात लाख पुरस्कार जितेका थिए। परिवारका अन्य सदस्यले पनि काष्ठपाटीप्रति निकै चासो दिने गरेका जोशी बताउँछन् । भूमिराज पिठातोली/रासस
अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्ने
एजेन्सी । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । हार्पुनहरू बोइङले तटीय(जल क्षमताका साथ उत्पादन गरेको एन्टी(शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो। ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ। सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ । यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ूप्रतिबन्धितू वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।
जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको त्रास
एजेन्सी । जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो । यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक रहेको छ । मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् । जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सङ्घारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । ‘विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्’, आईएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भने । युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो । जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अमेरिकामा बेरोजगारी दर बढ्यो
एजेन्सी । अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो । गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेकोे थियो ।