ग्लोबल आइएमई बैंकले दुध उत्पादन गर्ने किसानलाई सहुलियतमा कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झाैता भएकाे छ । बैंक र संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हाे । समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ । उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ्ग सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयहरुको उपस्थिती रहेको थियो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७७ जिल्लामा बैंकको २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८९० सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
७ क्यासिनोलाई महानगरको पत्र : ७ दिनभित्र कर नतिरे कारवाही गर्छौं
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो । महानगरले म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोलाई कर तिर्न पत्राचार गरेको हो । महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।
सहकारीको समस्याले बैंकहरुमा झट्का, प्रभाव बुझ्न राष्ट्र बैंकले सुरु गर्यो अध्ययन
काठमाडौं । सहकारी संस्थामा देखिएको समस्याको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिन थालेपछि राष्ट्र बैंकले अध्ययन थालेको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा बढी नै समस्या देखिन थालेपछि सहकारीहरुले बैंकबाट धमाधम पैसा झिकिरहेको समाचार बाहिरिन थालेका छन् । बैंकहरुले पनि सहकारीको समस्याको प्रभाव बैंकहरुमा पनि देखिन थालेको बताउन थालेपछि त्यसको यकिन प्रभाव बुझ्न राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले अध्ययन सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले सहकारीमा देखिएको समस्याले बैंक तथा वित्तीय संस्थामा के कस्तो प्रभाव परेको छ भन्ने विषयमा अध्ययन सुरु गरेको बताए । उनका अनुसार अहिलेसम्म खासै नकारात्मक अवस्था नदेखिएको भएपनि आगामी दिनमा पर्न सक्ने असरको विषयमा अध्ययन सुरु गर्न लागेको हो । ‘अहिलेसम्म सबै बैंक तथा वित्तीय क्षेत्रका सबै सूचकहरु ठीकै छन्, खराब कर्जा (एनपीएल) बढेको छैन, क्यापिटल एड्युकेसीमा खासै समस्या छैन, तरलता अनुपात पनि सन्तोषजनक नै छ, सहकारीमा देखिएको समस्याका कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या नै देखियो भन्ने अवस्था अहिले छैन तर हामीले सतर्कता अपनाउनु पर्छ, त्यो अवस्था बुझ्नका लागि बैंक सुपरभिजन विभागले आन्तरिक रुपमा अध्ययन गर्न लागेको हो,’ पोखरेलले विकासन्युजसँग भने । उनका अनुसार यस्ता खालका अध्ययन राष्ट्र बैंकले नियमित रुपमा गर्दै पनि आइरहेको छ । उनले बैंकहरुमा सहकारी संस्थाहरुको निक्षेप ५/६ मात्रै रहेकोले त्यसले खासै ठूलो समस्या सिर्जना नगर्ने बताए । बैंक तथा वित्तीय क्षेत्रहरुले सहकारी संस्थाहरुले राखेको निक्षेप धमाधम झिक्न थालेपछि चिन्ता व्यक्त गरेका छन् । कतिपयले सहकारी र लघुवित्तमा देखिएको समस्याले अर्थतन्त्र नै दबाबमा परेको र त्यसको प्रभाव ‘ग्रासरुट’ (सर्वसाधारण)मा परेको तर्क पनि राखिरहेका छन् । साउन महिनामा मात्रै बैंक तथा वित्तीय क्षेत्रहरुबाट करिब सबा अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । सो रकम हालसम्म बैंकिङ प्रणालीमा आउन सकेको छैन । अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । केही सहकारीहरुले भने गैर कानुनी रुपमा अनुत्पादक क्षेत्रमा लगानी गरेर सहकारीमै समस्या सिर्जना गरेको धाभरणा सहकारी अभियानकर्मीहरुको छ । अहिले बैंकिङ प्रणालीमै तरलताको अभाव भइरहेको बेला सहकारीहरुले पनि बैंकबाट धमाधम पैसा झिक्न थालेपछि बैंकहरुमा पनि एक किसिसमको दबाब सिर्जना भएको बैंकरहरु पनि बताउँछन् । सहकारी विभाग भने यो समस्या समाधानका लागि काम गरिरहेको विभागका रजिष्टार रुद्रप्रसाद पण्डित बताउँछन् । उनका अनुसार सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको राष्ट्रिय समस्या समाधान समितिमा समेत पुगिसकेको छ । उक्त समितिले पनि यो समस्या समाधानका लागि केही कदम चाल्न सक्ने विश्वास पण्डितको छ । सम्बन्धि सामग्री : सकसमा सहकारी : बैंकबाट धमाधम निकाल्न थाले पैसा, बचतकर्ताले अत्याउन लागेपछि सुरक्षाको माग
यार्सागुम्बाको उर्बर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ: मन्त्री बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देशैभरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाका उर्बर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिकाबीच भएको ‘निजी क्षेत्रको सहभागितामा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रस्थित लटिनाथ, मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना’ गर्न सहयोग आदानप्रदानसम्बन्धी सम्झदारी पत्रमा आज हस्ताक्षर गर्दै मन्त्री बडूले दार्चुलाको अपिनाम्पा क्षेत्रसहित हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको थप अध्ययन तथा अनुसन्धानसहित त्यहाँका उर्बर क्षेत्रलाई संरक्षण गरिने उल्लेख गरेका छन् । उनले भने, ‘यार्सागुम्बा के हो, यो किन बुहुमूल्य भयो, यसको उपयोगिता के हो, यसको उर्बरता के हो, हामी यसको वैज्ञानिक अध्ययन सुरु गर्दैछौँ । संरक्षण पनि गछौँँ ।’ मन्त्री बडूले यार्सागुम्बालाई कसरी संरक्षण गर्ने, हाम्रो मुलुकमा यसको कसरी प्रशोधन गर्ने, अनि यार्सा सङ्कलक, व्यापारी तथा सरकारलाई राजस्वसहित कसरी फाइदा पुग्छ भन्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए । देशभित्र यार्सागुम्बाको वैज्ञानिक अध्ययन हुन नसकेको उल्लेख गर्दै मन्त्री बडूले यार्सा सङ्कलन गरेर आम्दानी गरे पनि यसको उर्बरता कसरी बढ्छ भन्ने विषयमा खासै जानकारीमा नआएको बताए । ‘यार्सागुम्बाका विषयमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान हुन जरुरी छ”, उनले भने, “यस विषयमा मन्त्रालयले अध्ययन अनुसन्धानका कार्यहरु अगाडि बढाएको छ ।’ यार्सागुम्बा अध्ययन तथा अनुसन्धनका लागि विज्ञसहितको टोली यार्सा पाइने सुदूरपश्चिमका हिमाली जिल्लासहित देशैभरी पठाउने मन्त्रालयको उद्देश्य रहेको मन्त्री बडूले जानकारी दिए । यसअघि आफू वन तथा वातावरणमन्त्री भएकै बेलादेखि नै यार्सागुम्बा प्रशोधन केन्द्र तथा संरक्षणका लागि पहल गरेको मन्त्री बडूले उल्लेख गरे । मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले नेपाल चिनाउने विभिन्न जडिबुटीमध्ये यार्सागुम्बा पनि एक भएको र विश्व बजारमा पु¥याउन खासै खर्च नलाग्ने भएकाले यार्सागुम्बा नेपाली ब्राण्ड हो भनेर लोगोसहित विदेश पठाउनका लागि मन्त्रालय लागि परेको सो अवसरमा जानकारी दिए । उनले भने, ‘विश्व बजारमा यार्सा नेपाली ब्राण्ड हो भनेर अब चिनाउनुपर्ने बेला आएको छ, यसका लागि मन्त्रालयले विभिन्न काम गर्दै छ, यसबाट सरकार, यार्सागुम्बा सङ्कलक र व्यापारीलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।’ सो अवसरमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले दार्चुलाको हिमाली भेगमा पाइने यार्सागुम्बाका विषयमा अध्यययन अनुसन्धान गरी प्रशोधनका लागि कदम चाल्नुपर्ने बर्ताए । उनले भने, ‘मन्त्रालय र मार्मा गाउँपालिकाबीच आज भएको यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापनाका गर्न सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रले हामी उत्साहित भएका छौँ, हाम्रा लागि यो धेरै खुसीको कुरा हो, हाम्रो ठाउँमा पाइने यार्सा अब हाम्रै क्षेत्रमा प्रशोधन हुने आशा छ ।’ रासस
म्याङुलुङमा छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो
म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य थिए । गाउँभन्दा टाढासम्म दूध बेच्न लैजाँदा समयमा पैसा नपाउने र कम मूल्यमा बेच्न किसान बाध्य थिए । यतिबेला किसान गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन् । छथर गाउँपालिकाको हमरजुङ, ओख्रे र सुदापबाट दैनिक तीन सयदेखि पाँच सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । यही दूधबाट दैनिक ५० किलोसम्म छुर्पी र ३० किलोसम्म घीउ उत्पादन हुने गरेको छ । यसले छुर्पी र घ्यू उत्पादन गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि घरखर्च चलाउन सजिलो भएको स्थानीय छत्रबहादुर खड्काले बताए । ‘दूध सबै डेरीमा लैजान्छौँ । अहिले त जीविकोपार्जन गर्न सहज भएको छ’, उनले भने, ‘यसकै आम्दानीले चार जनाको परिवार पाल्न सहज भएको छ ।’ गाउँमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुग्ध उत्पादक किसानलाई मात्र होइन उद्योगीसमेत खुसी भएका छन् । छुर्पीले राम्रो बजार पाएपछि उद्योगीले मनग्य आम्दानी गर्न थालेका छन् । जनकन्या किसान पशुपालन सहकारी संस्थाका सचिव रामबहादुर भट्टराईले थछरका धेरैजसो किसानले दूध बेच्न ल्याउने भएका कारण व्यापार बढेको बताए । भट्टराई जस्तै अर्का किसान तिला खुलाल भन्छन्, ‘पहिले दूधको भाउ नपाउँदा श्रीमान् विदेशिनु परेको थियो । अहिले गाउँमै फर्किएर पशुपालनमा लागेका छौँ । यसबाट राम्रै आम्दानी भएको छ । अहिले यही नै आम्दानीको मुख्य स्रोत बनेको छ ।’ गाउँपालिकाले स्थानीयलाई लक्षित गरी छुर्पी प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ । पालिकाले नै किसानलाई लक्षित गरी सहुलियत र अनुदान दिने कार्यक्रम ल्याएपछि उनीहरुको आयस्रोत बढेको छ । छथर गाउँपालिले केही वर्षयता लगातार रुपमा छुर्पी उद्योग र पशु विकासका लागि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘निजी उद्योग पनि सञ्चालनमा आएका छन् । उनीहरुलाई पालिकाले छुर्पी प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न सामग्री खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ’, प्रवक्ता राजन नेपालीले भन्नुभयो, ‘गत आवमा पनि दुग्धजन्य उद्योगका लागि १८ लाख रुपैयाँ खर्च गरेका थियौँ ।’ गाउँपालिकाले थप किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने स्थानीय उमेश ठकुरीको भनाइ छ । छुर्पी उद्योगसमेत सञ्चालन गर्दै आएका ठकुरीले सहरमा भन्दा पनि ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यहाँ पाँच उद्योगबाट छुर्पी उत्पादन भइरहेको छ । बिक्रीका लागि कुनै समस्या छैन । यहाँ उत्पादित छुर्पी तेह्रथुमका साथै धनकुटा, धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । स्थानीयस्तरमै उत्पादित छुर्पीको बजार प्रवद्र्धनमा ध्यान दिनसके छथरको छुर्पीलाई छुट्टै ब्राण्ड बनाउन सकिने तथा विदेशसमेत निर्यात गर्न सकिने स्थानीयवासी बताउँछन् । रासस
प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैकरलाई विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र दिएकाे छ । बाेर्डले प्रभु क्यापिटलसहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई अनुमती दर्ता प्रमाणपत्र दिएकाे हाे । आईतबारका दिन नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरलाई बाेर्डले अनुमतीपत्र हस्तातरण गरेकाे छ । एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसँगैं क्यापिटलहरुलाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । यसअघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।
नर्भिकमा छालामा समस्य भएकालाई ३ दिन फ्रि केमिकल पिल सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो । फ्रि केमिकल पील भदौ २२, २९ र असोज ५ गतेका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सेवा लिन सक्नेछन् । छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गरेपनि औषधिको भने शुल्क लाग्नने अस्पतालले जनाएको छ ।
महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन् । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् । बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे । बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरे । सांसद डा विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरिन् । रासस