विकासन्युज

हिमालयन बैंकले फेरि पायो ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस’ अवार्ड

काठमाडौं । हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनले आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । अन्य बैंकमध्ये हिमालयन बैंकले मात्रै विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गरेको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस तथा इ कमर्श गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ । बैंकले यहि महिना भित्र डिनर तथा डिस्कभर ब्राण्डको स्वीकार्य थप गरिने जानकारी गराएको छ । हाल बैंकले १५३ वटा एटिएम, ५५०० भन्दा बढि पीओएर तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

आर्जन बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित भएको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । चुक्ता पूँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९ मा १ करोड ४ लाख ३८ हजार ५सय ७ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार ६सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले बढी हो । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि ब्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जित कुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए । संस्थाले ०७९ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका ९ जना छोराछोरीलाई मायाको चिनो र नगद दिई सम्मान गरेको थियो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने दुईजना शेयरधनी र संस्थामा ५ बर्ष भन्दा बढी लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

निर्जीवन बीमा कम्पनीले उठाए साढे ४ अर्ब प्रिमियम, सबैभन्दा बढी आरबीसीएलको

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब साढे ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनमा मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । १९ कम्पनीहरुले साउन महिनामा मात्रै २ लाख २१ हजार ६४२ वटा बीमालेखबाट सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले ८४ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । कम्पनीले ३ हजार ११२ वटा बीमालेख बिक्री गरेको हो । शिखर इन्स्योरेन्स बढी बीमालेख संकलन गर्नेको दोश्रोमा परेको छ । कम्पनीले साउनमा मात्रै २० हजार ९१७ वटा बीमालेख बिक्री गरी ३५ करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सगरमाथाले ३२ करोड ६२ लाख र सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यी दुईले एक महिनामा क्रमशः १८ हजार ८३५ र १७ हजार ८८२ वटा बीमा पोलिसी बिक्री गरेका हुन् । यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा प्रभु इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा १० हजार ५७४ वटा बीमालेख बिक्री गरी १० करोड ३४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षण बढ्दो, एक महिनामै उठ्यो पौने ३ अर्ब प्रिमियम

काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो । एक महिनाको अवधिमा मात्रै कम्पनीहरुले विभिन्न बीमालेखमार्फत १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छन् । जसमध्ये सावधिक जीवन बीमाबाट सबैभन्दा बढी अर्थात ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । विभिन्न ७ वटा प्रदेशबाट संकलन भएको उक्त बीमाशुल्कमध्ये पनि बागमतीबाट सबैभन्दा बढी छ भने कर्णालीबाट सबैभन्दा कम रहेको छ । एक महिनामा मात्रै बागमतीबाट २ अर्ब ७३ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट उठेको छ । त्यस्तै, सोही बीमालेख अन्तर्गत कर्णालीबाट २१ करोड ०२ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । यससँगै सावधिक जीवन बीमा पश्चात सबैभन्दा बढी बिक्री हुने बीमालेखमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा रहेको छ । जसबाट ४ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमालेख बिक्रीबाटै साउन महिनामा मात्रै बागमतीबाट सबैभन्दा बढी र सूदूरपश्चिमबाट सबैभन्दा कम बीमाशुल्क संकलन भएको छ । साथै, रुपान्तरित सावधिक जीवन बीमालेख अन्तर्गत एक महिनामै २ अर्ब २४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । ७ वटै प्रदेशबाट उठेको उक्त रकममध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट रहेको छ भने सबैभन्दा कम सूदुरपश्चिमबाट रहेको छ । त्यसैगरी, कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख बिक्रीमार्फत २ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट र कम कर्णालीबाट उठेको छ । यता आजीवन जीवन बीमालेखबाट ५५ करोड ८५ लाख, बैदेशिक रोजगार म्यादि जीवन बीमाबाट २४ करोड ५४ लाख, लघु जीवन बीमाबाट १५ करोड २६ लाख, म्यादि जीवन बीमालेखबाट ८ करोड ४४ लाख र एकल बीमाशुल्क जीवन बीमालेखबाट ५ करोड रुपैयाँ उठेको छ । समितिका अनुसार कम्पनीहरुले एक महिनामा लघु जीवन बीमा व्यवसायबाट १५ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती जीवन बीमाबाट सर्वाधिक उठेको छ । उक्त प्रदेशबाट मात्रै १० करोड ४९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । सबैभन्दा कम भने मधेश प्रदेशबाट रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशबाट २५ लाख ८५ हजार रुपैयाँ मात्रै प्रिमियम उठेको छ । जीवन बीमा कम्पनीहरुको साउन महिनाको तथ्यांक हेर्दा लघु जीवन बीमा ग्रामिण भेगमाभन्दा बढी शहरमा केन्द्रित भएको देखिन्छ । अन्य प्रदेशमा भन्दा बागमतीमा ६८ प्रतिशत बढी लघु जीवन बीमालेखबाट प्रिमियम संकलन हुनुले कम्पनीहरु सहर केन्द्रित भएको बुझिन्छ । समग्रमा प्रदेश १ बाट २ अर्ब २ करोड, मधेशबाट १ अर्ब ३७ लाख, बागमतीबाट ६ अर्ब ५१ करोड, गण्डकीबाट १ अर्ब ५९ करोड, लुम्बिनीबाट २ अर्ब ११ करोड, कर्णालीबाट ६८ करोड ९२ लाख र सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको समितिले जानकारी गराएको छ ।

सार्वजनिक र सरकारी जग्गा खाली गर्न टोखा नगरपालिकाको निर्देशन

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई निर्देशन गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो ।

केन्टको प्रडक्ट किन्दा पक्का उपहार

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक इ‌ओएलले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । यो योजना अन्तर्गत केन्ट आरओको प्रत्येक खरिदमा ग्राहकले उपहार पाउनेछन् । इ‌ओएल सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको कम्पनीले हो । कम्पनीको अनुसार यो ग्राहक योजना भदौ १३ गतेदेखि लागु भइसकेको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

७ क्यासिनोले ५ वर्षदेखि तिरेनन् कर, कति छ बाँकी ?

काठमाडौं । काठमाडौं महानगरपालिकले ७ वटा क्यासिनोले करिब ५ वर्षदेखि कर नतिरेको बताएको छ । महानगरले काठटमाडौंमा सञ्चालित सात वटा क्यासिनोले ५ वर्षदेखि कर नतिरेको बताएको हो । आइतबार मात्रै महानगरले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न पत्र पठाएको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले सात वटा क्यासिनोले ५ वर्षदेखि कर नतिरेकोले पत्र पठाएको बताए । महानगरका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले कर तिर्न बाँकी छ । उक्त क्यासीनाले महानगरलाई लाखौं रुपैयाँ बराबर कर तिर्न बाँकी रहेको पनि अधिकारीले बताए । उनका अनुसार अहिले प्रत्येक वडामा गरेर जम्मा दिनको २ करोड रुपैयाँ रुपैयाँ आम्दानी हुन्छ । क्यासिनोमा एक जनाको ५० रुपैयाँ मनोरञ्जन कर तिर्नु पर्ने व्यवस्था छ । महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।

नबिल बैंकका ग्राहकलाई दराजमा सामान किन्दा २५ सय रुपैयाँसम्म छुट

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन् । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए । नबिल बैंकको देशभर २३३ शाखाहरु र २६९ एटिएम काउन्टरहरु रहेका छन् ।